झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३० वैशाख । सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा प्रहरीले ‘दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकलका यात्रु हुने गरेकाले दुईपाङ्ग्रेका चालकलाई लक्षित गरी अभियान शुरु गरिएको बताए । यही वैशाख १२ गते शिवसताक्षीको झिलझिलेबाट कनकाई नदीमा नुहाउन एकाबिहानै गएका तीन युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । युवाहरु सवार मोटरसाइकल विपरीत दिशाबाट आइरहेको बोलेरो जिपसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा परी कमल–४का २५ वर्षीय मौसम राई, २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको थियो । चालू…

Read More

इलाम, ३० बैशाख । इलाम इलाम नगरपालिका दोस्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माईजोगमाई गाउँपालिकालाई २–१ गोल अन्तरले हराउँदै इलामले अन्तिम २ मा स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेश गरेसंगै इलामले कम्तीमा १ लाख २१ हजार १ सय ११ रुपैयाँ सुरक्षित गरेको छ । इलामको जितमा प्रिन्स शेर्पा र कप्तान प्रदिप बिष्टले गोल गरे । माईजोगमाईका लवकुश राईले एक गोल फर्काए । खेलको २५ औ मिनेटमा प्रिन्सले इलामलाई अग्रता दिलाए । ३८ औ मिनेटमा लवकुशले खेल बराबरीमा ल्याए । ४० औ मिनेटमा कप्तान प्रदिपले हेडर मार्फत गोल गर्दै इलामलाई फाइनलमा प्रवेश…

Read More

झााप, ३० बैशाख । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने…

Read More

दमक, २९ बैशाख । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको हो । प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच दुई दशमलव चार मिटरको दूरी ९उचाइ० हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी,…

Read More

बिर्तामोड, २९ बैशाख । झापाको बिर्तामोडबाट आज लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–४ का २५ वर्षीय विकु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–४ आदर्श बैक्वीट अगाडि उत्तर दक्षीण सडक खण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शंका लागेर राजवंशीको शरीर खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजीबाट शिखर चुरोटको खोल भित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने सेतो प्लास्टिकको स–साना पोका नौ थान फेला परेको थियो । उक्त वस्तु डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहितको तौल २ ग्राम २५० मिलिग्राम फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा…

Read More

भद्रपुर, २९ बैशाख । झापाको भद्रपुर नगरपालिका–८ स्थित चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । अवैधानिक रुपमा चाँदी लिएर चन्द्रगढी झापाबाट शुक्रबार बेलका काठमाडौँ जाँदै गरेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ः३० बजे विमानस्थल कार्यालय परिसरबाट भारत उत्तराखण्ड राज्य देहरादुनस्थित तिब्बतीयन कोलोनीकी ३१ वर्षीया तेंजिन पलडालाई २.५ केजी चाँदी र २८ हजार ५ सय भारुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

भद्रपुर, २९ बैशाख । झापाको भद्रपुरमा नमूना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२४) हुने भएको छ । भद्रपुर नगरपालिका युवा परिषद्को आयोजनामा बैशाख ३० गतेदेखि जेठ २ गतेसम्म नमूना संयुक्त राष्ट्र संघको अभ्यास हुन लागेको हो । आज नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नमूना संयुक्त राष्ट्र संघको अभ्यास बारे जानकारी दिइयो । युवाहरुको नेतृत्व विकास टेवा पु¥याउने उद्देश्यले ‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’को आयोजना हुन लागेको नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘हामीले मेची बहुमुखी क्याम्ससँगको सहकार्यमा कार्यक्रम गर्न लागेका छौं’, उहाँले भन्नुभयो, ‘यो चार दिनसम्म सञ्चालन हुन्छ ।’ बिहान रजिष्ट्रेशन र ओरेन्टेशन पछि दिउँसो…

Read More

झापा, २९ बैशाख । झापाको भद्रपुर नगरपालिकाबाट अवैध कपडा बरामद गरिएको छ । शुक्रबार दिउँसो भद्रपुर–४ आपगाछीस्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट प्रहरी निरिक्षक संजिब बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सार्वजनिक यात्रुबाहक बसमा लुकाई छिपाई भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको ७८ हजार ८ सय रुपैयाँ बराबरको कपडा बरामद गरेको हो । प्रहरीले १६ पिस साडी करिब मूल्य २४ हजार, ८४ पिस सेन्डो करिब १६ हजार ८ सय र गम्छा ३८ पिस करिब ३८ हजार गरी करिब ७८ हजार ८ सय बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २९ बैशाख । झापाको अर्जुनधारा–१० नं. वडा कार्यालयले पूर्व जनप्रतिनिधि, जग्गादाता र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमको बीच वडामा रहेका तत्कालिन शनिश्चरे गाँउ पञ्चायत, साविक शनिश्चरे गाँउ विकास समिति र हाल स्थानीय तहका गरी जम्मा १० जना पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालिन् प्रधानपञ्च दुर्गालाल श्रेष्ठ, पूर्व गाविस उपाध्यक्षद्वय टंक बराल र तिलविक्रम ढकाल, वडाध्यक्षहरु देवुसिंह गोम्देन तामाङ, महालाल पौडेल, रामचन्द्र खरेल र हरिप्रसाद अधिकारी, वडा सदस्यहरु फिपराज लिम्बू, भोलानाथ गौतम र सकुन्तला बराल रहेका छन् । वडा कार्यालयको भवन, स्वास्थ्य इकाई निर्माण गर्न निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुमध्ये टंकनाथ पोखरेल, योगनाथ पोखरेल, प्रेमसागर…

Read More

झापा, २९ बैशाख । झापाको झापा गाउँपालिकामा सम्बन्धविच्छेदको घटना बृद्धि भएको छ । गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत गजेन्द्र थपलियाले यो वर्षमा सम्बन्धविच्छेद गर्नेको संख्या अघिल्लो बर्षको तुलनामा बढेको बताए । उनका अनुसार अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्न वडाबाट सम्बन्धविच्छेदको प्रमाण पत्र लिनेको संख्या २७ रहेको छ । त्यसैगरी, एक वर्षमा ४४१ जोडीले विवाह दर्ता प्रमाणपत्र लिएका छ्न् भने १४२ पुरुष र १४२ पुरुष गरी २८४ जनाको मृत्यु दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिए । त्यस्तै, सोही अवधिमा ६१९ बालक र ६३८ बालिका गरी १२५७ जनाको जन्म दर्ता भएको छ । सोही अवधिमा १०१ परिवारका ३२७ जना अन्यत्रबाट बसाइँसराइ गरी…

Read More