
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ४ जेठ । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक निलो उपाधिनजिक पुगेको हो । खेलको ४८ औँ मिनेटमा पूर्वेलीका चन्द्रकुमार गिरीले चन्द्रगढीका गोलकिप्पर डिबक्सभित्र अलमलिएको मौकामा बलले जाली चुमाएका थिए ।प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेनन् । गिरीको गोल नै जितका लागि पर्याप्त भयो । प्रतियोगिताको प्लेयर अफ दि म्याच पूर्वेलीका चन्द्रकुमार गिरी भए । उनले नगद…
शिवसताक्षी, ४ जेठ । झापा शिवसताक्षीमा जारी मेयर कपको फुटबल तर्फ वडा नं. ११ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमी फाइलमा मिनी भेट्रान क्लबलाई ५–१ गोल अन्तरले हराउँदै वडा नं. ११ फाइलनमा प्रवेश गरेको हो । वडा नं. ११ को तर्फबाट निकेश श्रेष्ठले २ गोल, देव मल्लिक, आकास पौडेल र सुरज मगरले १÷१ गोल गरेका थिए । यता मिनी भेट्रानको तर्फबाट लक्ष्मण अधिकारीले एक गोल गरेका थिए । खेलको म्यान अफदी म्याच वडा नं. ११ खेलाडी निकेश श्रेष्ठ घोषित भए । त्यस्तै दोश्रो सेमी फाइनल खेलबाट वडा नं. ८ फाइलनमा प्रवेश गरेको छ । ट्राइबेकरमा वडा नं. ९…
बिर्तामोड, ४ जेठ । झापाको बिर्तामोडमा चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो । कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव हुन लागेको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिइएको हो । स्थानीय व्यवस्थापक नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अनुसार महोत्सव यही जेठ ६ गतेदेखि ११ गतेसम्म हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा उद्घाटन गर्ने महोत्सवमा विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने अध्यक्ष केवल तामाङले जानकारी दिए । कोशी प्रदेशमा चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने…
शिवसताक्षी, ४ जेठ । झापाको शिवसताक्षीमा जारी मेयर कपको भलिबल तर्फको उपाधि शिवसताक्षी नगरपालिका वडा नं. ०७ ले उचालेको छ । शिवसताक्षी ११ लाई ३– ० सोझो सेटमा हराउँदै वडा नं. ७ ले उपाधि हात पारेको हो । मेयर कपको कराँते विधा तर्फ वडा नं. १० ले फाइनलमा जित हासिल गरेको छ । वडा १० ले ८ गोल्ड, ३ शिल्भर र १० कास्य पदक सहित फाइनल खेलमा जीत हासिल गरेको हो । त्यस्तै कराँतेतर्फ वडा नं. ८ले द्वितीय स्थान हासिल गरेको छ । वडा नं. ८ ले ७ गोल्ड, १० शिल्भर,७ रजत पदक हासिल गरेको छ । त्यस्तै तृतीय हुने…
सुनसरी, ४ जेठ । सुनसरीको रामधुनी नगरपालिका ६ इचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी ६ स्थितमा संकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका ५ सप्तरीका ३५ वर्षीय श्याम सुन्दर खंग र ईटहरी उप महानगरपालिका ५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि…
झापा, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएका थिए । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
झापा, ४ जेठ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी र मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस र बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको…
झापा, ४ जेठ । यातायात सेवालाई विश्वस्तरीय बनाई देशको सामाजिक र आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले सरकारले मेची–महाकाली विद्युतीय रेलवेको परिकल्पना गरेको छ । रेल्वेको पहिलो खण्डअन्तर्गत झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्म १ सय ६ किलोमिटर दूरी पर्दछ । रेलवे ट्रयाकमा ४ हजार घरधुरी र ५ हजारभन्दा बढी जग्गा कित्ता पर्छ । सरकारले ती घरजग्गा रोक्का गरेको ३ वर्ष नाघिसक्यो । तर मुआब्जा वितरण त के, मुआब्जा निर्धारण समेत हुन सकेको छैन । चार हजार घरधुरी तथा ५ हजार ४ सयभन्दा बढी कित्ताको पाँचसय १२ हेक्टर जमिन अधिग्रहणमा परेका छन् । सरकारले आफूहरुलाई ३ वर्षदेखि बन्धक बनाएको प्रभावितको आरोप छ ।…
झापा, ४ जेठ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन…
झापा, ४ जेठ । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डका तर्फबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।