झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुुद्धशान्ति, २० बैशाख । अन्तिम १० मिनेट बाँकी रहँदा ९ खेलाडीमा सिमित भएको भारतको मानेभन्ज्याङ एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेन्स कपको फाइनलमा प्रवेश गरेको छ । आयोजक आदर्श युवा क्लबलाई २–० गोल अन्तरले हराउँदै मानेभन्ज्याङ फाइनल प्रवेश गरेको हो । जितसँगै मानेभन्ज्याङले कम्तीमा एक लाख रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । मानेभन्ज्याङको जितका लागि सुरज रसाइली र सौरभ तामाङले एक–एक गोल गरे । खेलको १६ औ मिनेटमा बिकी सिंहले दिएको पासमा सुरज रसाइलीले गोल गर्दे मानेभन्ज्याङलाई अग्रता दिलाएका थिए । सिंहको प्रहार पेनाल्टी एरियाबाट आदर्शका खेलाडीले क्लियर गर्न नसकेको मौकामा रसाइलीले दोस्रो बार च्याप्दै गोल गरेका थिए । मानेभन्ज्याङका…

Read More

बिर्तामोड, २० बैशाख । झापाको बिर्तामोडमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुरहरुले बिविध कार्यक्रम गरेर मनाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ झापाको आयोजनामा नेकपा (माओवादी केन्द्र) अन्तरगतका दर्जनौ मजदुरका संघ संगठनका प्रमुख तथा प्रतिनिधिलसहित मजदुरहरुको बाक्लो उपस्थितिमा बुधवार विविध कार्यक्रम गरेर श्रमिक दिवस मनाइएको हो । बिर्तामोडस्थित अखिल नेपाल ढुवानी मजदुर संघको कार्यालयमा भेला भएका ६ सय वढी मजदुरहरुले विभिन्न नाराका प्लेकार्डसहित उक्त कार्यालयबाट इलाका प्रहरी कार्यालय, मुक्तिचोक, भगवान चोक हुँदै गौरीशंकर प्रतिष्ठानसम्म र्याली गरेका थिए । मजदुरहरुले १३५ औं मजदुर दिवस सफल पारौं, श्रम ऐन २०७४ का मजदुर विरोधी दफा खारेज गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू…

Read More

हल्दिबारी, १९ बैशाख । झापाको हल्दिबारीस्थित धनुष पोखरीमा भेटिएको कछुवा देखाउँदै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन । पोखरी सरसफाइपछि कछुवालाई पुनः पोखरीमै व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

Read More

झापा, १९ बैशाख । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो । निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर…

Read More

झापा, १९ बैशाख ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज…

Read More

झापा, १९ बैशाख । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा यो दिवस मनाइन्छ। यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ यो दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।…

Read More

झापा, १९ बैशाख । महिलाको अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक–पटक करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का ३६ वर्षीय सिद्धार्थ गुरुङलाई पक्राउ गरेको हो । एकल महिलालाई गुरुङले लगातार धम्की दिएर करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरले महिलाले दिएको उजुरीको आधारमा गुरुङलाई पक्राउ गरिएको बताए । गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक–पटक बलात्कार गरेको महिलाको आरोप छ । ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ ।

Read More

झापा, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए…

Read More

झापा, १९ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २८ औँ साधारणसभाको मंगलबार उद्घाटन गर्दै उनले विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच तालमेल हुनुपर्नेमा जोड दिए । मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उनले जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताए । “म महामन्त्रीको रूपमा कांग्रेस हुँ, तर सांसदको रूपमा सबै पार्टीमा आस्था राख्नेको साझा प्रतिनिधि हुँ”, आफैँलाई उदाहरण दिँदै उनले भने, “जनप्रतिनिधि भएर काम गर्दा राजनीतिक आस्थाको…

Read More

झापा, १८ बैशाख । झापामा सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद गरेको छ । आज बिहान मेचीनगर–७ सालघारी र गैरीगाँउ सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल (प्रस्ताबित) सीसु गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्‍ठको कमाण्डमा खटिएको २५ जनाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याएको सामानहरु नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र भन्सार कार्यालयको आवश्यक सहयोगमा करिब ३८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको हो ।

Read More