
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २ फागुन । सूर्योदय नगरपालिका–१ सिमधाप स्थित चन्द्रकला आधारभूत विद्यालयले सरस्वती पूजाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर लिम्बूको अध्यक्षतामा सरस्वती पुजा तथा सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा पूर्व शिक्षक तथा विव्यस अध्यक्ष नीर कुमार खड्का र विद्यालयमा शैक्षिक एवम् भौतिक सुधारको निमित्त सहयोग गर्नुहुने विभिन्न महानुभावलाई सम्मान गरेको छ । विद्यालयको विकासका सन्दर्भमा स्थानीय सरकारले बेवास्ता गरेको भन्दै कार्यक्रमका वक्ताहरुले गुनासो गरेका थिए । उनीहरुले विद्यालयको समग्र विकासमा जनप्रतिनिधिहरुले विशेष पहल र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कनकाई, २ फागुन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले विद्यालय तहमा पाठ्यपुस्तक र शैक्षिक सामग्री बिक्री वितरण गर्ने व्यवसायीलाई आर्थिक रुपमा दण्डीत गर्ने निर्णय गरको छ । कनकाई नगरपालिकास्थित सुस्त मनस्थिति सरोकार समाजको कार्यालयमा ११ औं राष्ट्रिय पुस्तक दिवसको अवसरमा आयोजना गरिएको विविध कार्यक्रम पछि बसेको जिल्ला समितिको बैठकले व्यवसायी वा गैह्र व्यवसायी मार्फत विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरेको पाइए पहिलो पटक १० हजार र त्यसपछि पटकै पिच्छे साविकको जरिवानामा दोब्बर जरिवाना गर्ने नियम बनेको महासङ्घ झापाका बरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए । विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाउने कानूनी प्रावधान छ । विद्यालय हातामा…
बिर्तामोड, २ फागुन । वीरता लेडी जेसीजले बुधबार बालकल्याण आधारभूत विद्यालय अर्जुनधारा(६ का नानीबाबुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालय प्रवेश गरेका नानीबाबुका लागि लेडी जेसीजले शैक्षिक सामग्री वितरण गरेको हो । नयाँ भर्ना हुन आएका विद्यार्थीका लागि प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो । लेडी जेसीजको टोली विद्यालय पुगेर प्रधानाध्यापक डम्बरप्रसाद यादवलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । नयाँ भर्ना हुन आएका विद्यार्थीले लेडी जेसीजका तर्फबाट ब्याग, कपी, पेन्सिल लगायतका सामग्री प्राप्त गरेका छन् । शैक्षिक सामग्री वितरण कार्यक्रममा सहारा नेपाल…
झापा, २ फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनान महाशाखाको अनुरोध छ। भोलि बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी…
भद्रपुर, २ फागुन । झापाको भद्रपुर र मेचीनगरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार मेचीनगर–६ स्थित नकलबन्दाको चर्चएरिया हुँदै भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको करिब ७० हजार बराबरको ७० पिस (पैजामा) कपडा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी, भद्रपुर नगरपालिका–५ मेचीखोला किनार हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको करिब ५० हजार बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रीनर र प्राइमर वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २ फागुन । नयाँ प्रहरी प्रमुख आउँदै नेपाल प्रहरीको प्रधान कार्यालयले प्रहरी सरुवा गरेपछि झापामा प्रहरी प्रमुखका रुपमा मिलन केसी आउने भएका छन् । यसअघि झापा प्रहरी प्रमुख दुर्गाराज रेग्मी थिए । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेसँगै झापामा पनि प्रखरी प्रमुख फेरिएको हो । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् ।
झापा, २ फागुन । चालुु आर्थिक वर्षको सात महिनामा ९पुस–माघ० घरजग्गाको कारोबारबाट झन्डै चार अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ । गत पुस महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो । पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको…
झापा, २ फागुन । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
झापा, २ फागुन । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको हो । १७ जना घाइते भएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुनेमा तिनाउ–६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिलकुमारी सुनार र देवदह नगरपालिका–५…
चन्द्र बस्नेतकनकाई, १ फागुन । इलामको माङ्सेबुङमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि बुधबार झापाको कनकाई र भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच प्रतिस्पर्धा हुने भएको छ। इलामको माङ्सेबुङमा जारी प्रस्तावित आत्मानन्द रंगशालामा चौधौं संस्करणको पवित्रा हाङ्मा कप महिला गोल्डकप फुटबल प्रतियोगितामा झापाको कनकाईले दिपेन्द्रसिंह इलामलाई १–०गोल अन्त्तरले पराजित गर्दै कनकाई नगरपालिका फाइनलमा प्रवेश गरेको हो भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले भने आयोजक माङ्सेबुङ फुटबल क्लबलाई २–१ गोल अन्त्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको विजेताले ३ लाख १ सय ६८ रुपैयाँ ट्रफी ,मेडल प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २ लाख १ सय ६८ रुपैयाँ ट्रफी ,मेडल…