झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ माघ । निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । बैठकले उक्त निर्णयविरुद्ध संवैधानिक, राजनीतिक तथा कानुनी बाटो अपनाउने निष्कर्ष निकालेको छ । आवश्यक प्रक्रिया पूरा गरी सर्वोच्च अदालतमा रिट दायर गरिने प्रवक्ता डा. महतले बताउनुभएको छ । निर्वाचन आयोगको निर्णयले पार्टीभित्र विवाद थप चर्किएको देउवा पक्षको ठहर छ ।

Read More

बिर्तामोड, ३ माघ । सातौँ संस्करणको झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका लागि नयाँ सदस्यता लिनेको संख्या एक सय नाघेको छ । निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुने सातौँ संस्करणमा हिजोसम्म एक सयजना नयाँ सदस्य थप भएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । यही माघ २४ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गिरीले बताए । गोल्डकपले पुसबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत पुरुषले १५ हजार र महिलाले ११ हजार रुपैयाँ शुल्क तिरेर सदस्य बन्नेको संख्या एक सय नाघेको हो । गोल्डकपको सदस्य बन्न झापासहित देशभर र विदेशमा रहेका नेपालीले पनि इच्छा…

Read More

बिर्तामोड, ३ माघ । झापामा युथ भोलिन्टियर फोर्स घोषणा गरिएको छ । झापा बिर्तामोडका विकास गिरीको नेतृत्वमा ६२ सदस्यीय फोर्स घोषणा गरिएको हो । नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको जिल्ला फोर्स घोषणा गरेका हुन् । युथ भोलिन्टियर फोर्स झापाको जिल्ला कमाण्डरमा विकास गिरी, सहायक कमाण्डरहरुमा भानु सुब्बा र बाबु लिम्बुसहितको जिल्ला फोर्स घोषणा गरिएको हो । युथ भोलिन्टियर फोर्सले पहिलो जिल्ला नेतृत्व घोषणा गरेको हो । युथ भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर श्रेष्ठले उनीहरुलाई सपथग्रहण गराएका छन् । युथ भोलिन्टियर फोर्स झापा घोषणा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपाली जनताको सुरक्षाका…

Read More

झापा, ३ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा थियो । यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।…

Read More

झापा, ३ माघ । झापाको बिर्तामोड नगरपालिका–८ स्थित हर्चना टोलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ बजे शैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर–७ का ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पु¥याइएकोमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ३ माघ । निर्वाचन आयोगले सभापति गगनकुमार थापा नेतृत्वलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएसँगै पार्टी पंक्तिमा उत्साह छाएको छ । पुस अन्तिम साता काठमाडौको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको कांग्रेसलाई आयोगले शुक्रबार साँझ आधिकारिकता दिएपछि कांग्रेस नेता, कार्यकर्ताले देशका विभिन्न भागमा दीपप्रज्वलन र शुभकामना आदानप्रदान गरिएको छ । यसैक्रममा उपसभापति विश्वप्रकाश शर्माको गृहनगर धुलाबारीमा दीपप्रज्वलन गरिएको छ । दीपप्रज्वलन पछि आयोजित कोणसभामा नेपाली कांग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले आयोगको निर्णयको स्वागत गर्दै विधिको पक्षमा आयोग उभिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस विधि, प्रक्रिया र पद्धतिबाट चल्ने पार्टीले हो, यो मान्यता आयोगको निर्णयले…

Read More

झापा, २ माघ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ । निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च…

Read More

निशान निरौलाइलाम, २ माघ । मोरङकी निकिता राई पछिल्लो एक वर्षदेखि मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय रहेकी छन् । छोटो समयमै दर्शकको ध्यान खिच्न सफल निकिताले ७–८ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनी गायक चन्दन किशोर लिम्बूको चर्चित गीत ‘१६ वर्षे अल्लारे जोवन’ बाट विशेष चर्चामा आएकी हुन् । यसका साथै ‘मुटु रेटि’, ‘भुलेर टाढा’, ‘आधा बाटो’ जस्ता धेरै गीतहरूमा समेत उनले अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोसँगै निकिता विभिन्न टेलिभिजन सिरियलहरूमा पनि देखिँदै आएकी छन् । आकर्षक प्रस्तुति, आत्मविश्वास र निरन्तर मेहनतका कारण निकिता मोडलिङ र अभिनय दुवै क्षेत्रमा सम्भावनायुक्त प्रतिभाका रूपमा उभिँदै गएकी छन् । भविष्यमा…

Read More

झापा, २ माघ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकका मार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोकिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । गएराती बिर्तामोड–५ सिटी सेन्टर नजिकै ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मगर र उनकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी…

Read More

झापा, २ माघ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा महँगिएका छन्। तर युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। …

Read More