झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए । उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’ लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानून परिमार्जन गरेको उनले उल्लेख गरे । उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए)…

Read More

नयाँ दिल्ली, १६ वैशाख । मुम्बई प्रहरीले फिल्म अभिनेता साहिल खानलाई पक्राउ गरेको छ । छत्तीसगढको चर्चित अनलाइन सटटा एप महादेवको मामिलामा बस्तरबाट उनलाई पक्राउ गरेको हो । साहिल खानमाथि अनलाइन बेटिंग एपको वेबसाइट चलाएको र यसको प्रचार–प्रसार गरेको आरोप छ । बस्तर प्रहरीले यसको पुष्टि गरेको छ । पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए । तर अदालतले जमानत याचिका खारेज गरिदिएपछि साहिल बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए । पक्राउ परेपछि साहिल खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ । ‘मलाई भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास छ ।’ समाचार एजेन्सी एएनआईसँग…

Read More

काठमाण्डौ, १६ वैशााख । वेस्ट इण्डिजविरुद्धको दोस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले पाँच खेलाडी परिवर्तन गरेका छन् । अघिल्लो खेलमा टोलीम रहेका प्रतिश जिसी, अविनास बोहोरा, विवेक यादव, कमल सिंह ऐरि र ललित राजवंशी आजको खेलमा बेन्चमा छन्। उनीहरुको स्थानमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल सुरुवाती ११ मा अटाएका छन्। वेष्ट इण्डिजले भने आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। नेपालको सुरुवाती११लोकेश बहादुर वम, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख,…

Read More

बिर्तामोड, १६ बैशाख । बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोगविरुद्दको औषधी खुवाउने अभियान सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी खाएर अभियानको शुभारम्भ गर्नुभयो । संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरवासी सबैलाई औषधी अनिवार्य सेवन गर्न आग्रह गर्नु भयो । उहाँले घर घरमा आउने स्वास्थ्यकर्मी वा पायक पर्ने केन्द्रमा पुगेर औषधी सेवन गर्न र यसबाट हुने संक्रमणबाट बच्न सबैलाई आव्हानसमेत गर्नुभयो । कार्यक्रममा उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य लगायत विभिन्न शाखाका कर्मचारीहरुले औषधी सेवन गरेका छन् । बिर्तामोडमा औषधी खुवाउने अभियानका लागि स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयंसेविका गरि १ सय ३०…

Read More

कनकाई, १६ बैशाख । झापाको कनकाई नगरपालिकामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । कनकाई ३ स्थित सुरुंगा बजार आयोजित औषधि सेवन अभियान शुभारम्भ कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले औषधि सेवन गरेर अभियानको उद्घाटन गर्नुभयो । हात्तीपाइले रोगविरुद्धको औषधि अन्य समयमा बिरामी पर्दा पनि खाने गरिएको बताउँदै कुनै पनि भ्रममा नपरी औषधि सेवन गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो । हरेक क्षेत्रमा अब्बल कानकाई नगरपालिकालाई हात्तीपाइले रोगविरुद्धको अभियानमा समेत शतप्रतिशत औषधि सेवन गरेर अब्बल र उदाहरणीय बनाउन उहाँले आग्रह गर्नुभयो । कनकाईमा अभियान सफल बनाउन कार्ड प्रणाली लागू गरिएकाले औषधि सेवन गर्ने नगरबासीलाई नगरले उपलब्ध गराउने सेवा सुविधाबाट…

Read More

गुल्मी, १६ वैशाख । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी,…

Read More

झापा, १६ वैशाख । प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले झापा गाउँपालिका वडा नम्बर–५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकल चालक बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई नियन्त्रणमा लिएको हो । शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १६ ग्राम र नगद रु ११ हजार फेला परेकोले निजलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

Read More

भद्रपुर, १६ बैशाख । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानबारे शुरु हुँदैछ । ‘एक पटक खाऔ, यो वर्ष अन्तिम बनाऔ’ भन्ने नाराका साथ झापामा आजदेखि गतेदेखि ३० गतेसम्म १३ औं चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ। जिल्लाका १५ वटा पालिकाका नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ। अभियान सफल बनाउन ८० प्रतिशत बढी मानिसलाई औषधि सेवन गराउनु पर्नेछ । जिल्लामा औषधि सेवनका लागि छ सय छ जना स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । हात्तीपाइले…

Read More

झापा, १५ बैशाख । वीरता लेडी जेसीजले शनिबार झापाको अर्जुनधारा–६ स्थित गरमकाली मन्दिरमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो । आँखा शिविरमा ३९० जनाले आँखा जाँच गराएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । अध्यक्ष ओलीका अनुसार नौ जनामा मोतिया बिन्दुको सङ्क्रमण भेटिएको छ । मोतिया बिन्दु देखिएका ती बिरामीको मेची आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष ओलीले जानकारी दिइन् । आँखा जाँच गराएकाहरूलाई अस्पतालकै व्यवस्थापनमा औषधि र चश्मा निःशुल्क वितरण गरिएको छ । अर्जुनधारा वडा नम्बर(६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा आयोजित…

Read More

द्रोण अधिकारीनेपालका सचेत नागरिक बस्ने जिल्लाहरूको नाम आउँदा झापा अग्रणी जिल्ला भनेर चिनिन्छ । तर, केही रोग तथा उपचारको रोकथामको प्रयासमा झापाली नागरिकले गति छोड्दा पिछडिएको जंगली बस्तीको परिचय बनाउन बाध्य हुने अवस्था छ । हात्ती पाइले र कुष्ट रोगको संक्रमणको वर्तमान दृष्य हेर्ने हो भने झापा जंगली सोच पाल्ने मानिसहरूको भीड भएको पिछडिएको जिल्लाकै रूपमा चिनिन्छ । रोग नियन्त्रणका लागि औषधी खुवाउने अभियानमा यहाँका नागरिकले सहभागिता कमजोर बनाएकै कारण संक्रमण रोकिएको छैन । यसै कारण कोशी प्रदेशमा झापा कुष्ट रोग र हात्ती पाइले रोगको संक्रमितको संख्यामा पहिलो जिल्लाको रूपमा रहेको छ । हात्तीपाईले (फाईलेरिया) तथा कुष्ट रोग मानिसलाई शारिरीक…

Read More