झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २४ चैत । चुडाल बन्धु आमाबुबा कोषले बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलासहित एक सय ५० जना चुडाल बन्धुलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमद्वारा संस्थाको गतिविधीलाई प्रचारप्रसार संस्थाको गरिमालाई उच्च राखेको भन्दै चुडाल बन्धु आमाबुबा कोषले सम्पादक निरौलालाई सम्मान गरेको हो । चुडाल बन्धु कल्याण समिति केन्द्रीय कार्यालय कनकाई –८ लक्ष्मीपूरको सभाहलमाआयोजित कार्यक्रममा सम्पादक निरौलालाई चुडाल बन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाल, कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीलगायतले नगद र सम्मानपत्र प्रदान गरेका थिए । चुडाल वन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडालको अध्यक्षता तथा कनकाई नगरपालिकाकी उपमेयर आशा…

Read More

भद्रपुर, २४ चैत । झापाको शिवसताक्षी नगरपालिकाले यहाँका कृषकलाई व्यावसायिक बनाउन कृषि उपकरण वितरण गरेको छ । शिवसताक्षी–४ को विश्वडुबा बहुउद्देश्यीय युवा कृषक समूहलाई नगरपालिकाले मकै रोप्ने मेसिन र मकै–धान कुटानी–पिसानी गर्ने एक वटा कम्बाइन मेसिन प्रदान गरेको हो । करिब १८ देखि २० हजार रुपैयाँ पर्ने ५ वटा मकै रोप्ने मेसिन र एक वटा कुटानी–पिसानी गर्ने मेसिन प्रदान गरिएको नगरपालिकाका कृषि अधिकृत रविन भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृत राई लगायतले आज एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ । प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै बालीको पकेट विकास कार्यक्रम अन्तरगत यहाँका कृषकलाई…

Read More

भद्रपुर, २४ चैत । भद्रपुर झापा गोल्ड कपले प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज मेची रंगशालाको कवर्ड हलमा विशेष कार्यक्रमका बीच गोल्ड कपको साधारण सभा सम्पन्न भएको हो । साधारणसभाको कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा मन्तव्य राख्दै उहाँले खेल क्षेत्रको पूर्वाधार एवम् वृत्ति विकासका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो । भद्रपुर झापा गोल्डकपका लागि बजेट छुट्याएर थप बजेटका लागि संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा अग्रज फूटबल प्रशिक्षक भागिरथ आले ‘मामा’लाई सम्मान समेत गरिएको थियो । सोही अवसरमा सौर्य एयरलाइन्सका प्रबन्ध–निर्देशक दीपक पोखरेलले आउँदो वर्ष दोस्रो…

Read More

काठमाडौं, २४ चैत । २०६९ र २०७१ सालमा गरी दुईपटक मण्डला थिएटरमा मञ्चन भएको नाटक थियो, ‘डिग्री माइला’ । त्यसबेला सर्वाधिक रुचाइएको यो नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । अब यही नाटकको नाम र विषयवस्तुमाथि फिल्म बनेको छ, ‘डिग्री माइला’ । फिल्ममा भने दयाहाङ कलाकारको रुपमा मात्र छन् । ‘कबड्डी’ श्रृंखलाका रामबाबु गुरुङले फिल्म निर्देशन गरेका हुन् । तर, ‘डिग्री माइला’को आइडिया नाटक बन्नुभन्दा धेरै अगाडि जन्मिएको दयाहाङको तर्क छ । उनी भन्छन्, ‘यो फिल्म नाटकमाथि बनेको होइन । नाटक बन्नुभन्दा अगाडि नै यसको कथामा हामीले काम गरेका थियौं । त्यसबेलाको समय, हाम्रो भोगाई र देखेको कुराहरु विश्लेषण…

Read More

एजेन्सी, २४ चैत । एक अध्यय्नले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ । कुनैपनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै समस्याबाट मुक्ति मिल्ने तथा फिट रहने अध्ययनले देखाएको छ । कार्यालयसमा लामो समयसम्म लगातार कुर्चीमा बसेर काम गर्नेहरुमा स्वास्थ्य समस्या आउने बताइएको छ । अध्ययनले कम्तीमा पनि दुई घण्टा र यो समय विस्तारै बढाएर ३ देखी ४ घण्टासम्म पुरयाउनुपर्ने सुझाव दिएको छ । उभिने कार्यलाई सघाउने गरी कार्यलयको बनावट मिलाउनुपर्ने अध्ययनले सुझाव दिएको छ । अध्ययन अनुसार कार्यालयको कुल समयभर करीब ७० देखी ८० प्रतिशत मानिसहरु बसी बसी काम…

Read More

इलाम, २४ चैत । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए ।

Read More

सुनसरी, २४ चैत । सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो ।इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्युलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए । स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यु जारी भएपश्चात जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकामय प्रमुख जिल्ला अधिकारी फुयाँलले बताए । जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई…

Read More

भद्रपुर, २४ चैत । झापाको सीमावर्ती गाउँपालिका झापा झापा गाउँपालिका–४ लसुनाबाट ६३.५९ ग्राम ब्राउनसुगरसहित दुइई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गापा–७ का २५ वर्षीय सुनिराम हेमरन र २१ वर्षीय हिरण राजवंशी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए । झापा–४ लसुना सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गौरीप्रसाद थापाको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले शुक्रबार राति पैदल आउदै गरेका उनीहरुलाई शंका लागि चेकजाँच गर्दा सुनिराम हेम्रनले किराना सामान बोकेको झोलामा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो…

Read More