झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मञ्जु खतिवडालोभ र महत्वकाँक्षाका कारण नेपाली समाजमा हरेक वर्ष भ्रष्ट आचरण भएका व्यक्तिको संख्या बढ्दै छ । यस आचरणले देशको नेतृत्व गर्ने व्यक्तिलाई छिटोभन्दा छिटो प्रभाव पार्दा भ्रष्टाचारले देशको सिङ्गै अवयवलाई नियन्त्रणमा लिएर बन्धक बनाइसकेको अवस्था छ । तर, देशको कार्यकारी अधिकार सहित नेतृत्व गरिरहेका प्रधानमंत्री, उनका सहकर्मी र हरेक दलको नेतृत्वमा रहेका नेताहरू सुशासन र समृद्धिका भाषण गाइरहेकै छन् । यो श्रृङ्खला स्थानीय तह, प्रदेश तहमा पनि निरन्तर अनुयायीका रूपमा बढिरहेको अवस्था छ । तीन तहकै सरकार आफ्नै मादल, आफ्नै ढोलकका तालमा आफ्नै छन्द र लयका भाषण छाटेर भ्रष्टाचारको बिरोधमा आवाज ओकले जस्तो गरे पनि वास्तवमा भ्रष्टचारीको संरक्षण भने…

Read More

शिवसताक्षी, १ फागुन । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–३ मा शिवसताक्षीमा सविन दाहाल प्रतिस्पर्धीको रुपमा देखिने भएका छन् । शिवसताक्षी–७ व्याङ्गडाँडाका सविन दाहाल हाल कमेडी च्याम्यिनको ३० जना भित्र परेको बताइएको छ । स्कुलदेखि नै अतिरिक्त क्रियाकलापमा सक्रिय सविन सानैदेखि मेहेनती रहेको उनका काका तारानाथ दाहाले बताए । हाल कमेटी च्यापियनको प्रोमो सविन दाहाल देखिन थालेका छन् । कमेडी च्याम्पियनमा झापा उनी एक मात्र प्रतिश्पर्धी हुन् । अडिसनबाट ३० जना प्रतिस्पर्धी छानिएको जनाइएको छ । कुल ३३ एपिसोडको यो शो कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । विशाल भण्डारीले निर्देशन गर्ने शोलाई थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो । केकी अधिकारी,…

Read More

बिर्तामोड, १ फागुन । फागुन १ गते २९औँ जनयुद्ध दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ । अखिल क्रान्तिकारी, वाइसीएल नेपाल र नेकपा माओवादी केन्द्रले विभिन्न स्थानमा फरक फरक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तकारी) ले झापाका आठ वटा क्याम्पस तथा विद्यालयमा रक्तदान, चकलेट तथा डटपेन वितरण, भलिबल प्रतियोगिता, सरसफाई आदि गरेको जिल्ला अध्यक्ष रञ्जन धमलाले जानकारी दिए । अखिल क्रान्तिकारीले दमक बहुमुखी क्याम्पसमा रक्तदान, गौरादह कृषि क्याम्पसमा भलिबल प्रतियोगिता, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, जानकी आधारभुत विद्यालय सुकेडाँगी (मेचीनगर), इन्द्रचन्द्र क्याम्पस, कनकाई क्याम्पस बिर्तामोड र त्रिदेव क्याम्पस चारआलीमा डटपेन तथा चकलेट वितरण गरेको…

Read More

भद्रपुर, १ फागुन । १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता झापाको अर्जुनधारा नगरपालिकामा हुने भएको छ । यही फागुन ५ गते अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा प्रतियोगिताको उद्घाटनसँगै ७ गतेसम्म शनिश्चरे माविलगायत अर्जूुनधारकै विभिन्न विद्यालयका मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहमा यसअघि छनोट प्रतियोगिता सम्पन्न भइसकेको र ती प्रतियोगिताबाट छनोट भउका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लाको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय तहहरुलाई पनि खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले पनि यस वर्षको…

Read More

झापा, १ फागुन । रोजगारीका लागि बेलायतमा ४२ जना नर्सहरू जाने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ । उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइनेछ । त्यसका लागि भैसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ । प्रतिष्ठानबाट तालिमको कार्य सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ । विभागमा सूचना अधिकारी कविराज उप्रेतीले तालिमको काम सकिएपछि विभागले श्रम स्वीकृति उपलब्ध गराउने र त्यसपछि…

Read More

बिर्तामोड, १ फागुन । झापा गोल्ड कपको छैटौँ संस्करणको मिति नजिकिँदै जाँदा उच्च पदस्थ व्यक्तित्वहरुले प्रतियोगिताको सफलताका लागि सहयोगको आश्वासन दिएका छन् । सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री केपी शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उद्योगमन्त्री रमेश रिजाल, काठमाडौँ नगरप्रमुख बालेन्द्र शाह लगायतले प्रतियोगिताको शुभेच्छा व्यक्त गरेका छन् । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, महासचिव गजेन्द्र पौडेलसहितका पदाधिकारीहरुले सभामुख घिमिरे, पूर्वप्रधानमन्त्री शर्मा, महानगरप्रमुख शाह, मन्त्री किराती, मन्त्री रिजाल लगायतलाई भेटेर गोल्ड कपको प्रस्तावनापत्र समेत प्रदान गरेका छन् । मोफसलको प्रतिष्ठित प्रतियोगिताका रुपमा हेरिने झापा गोल्ड कप सञ्चालनका लागि आवश्यक सहयोगका लागि सहजीकरण गरिदिन नेताहरुले आश्वासन दिएको अध्यक्ष बस्नेतले…

Read More

बिर्तामोड, १ फागुन । बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि लोकतान्त्रिक व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ । आगामी फागुन १४ गते हुने निर्वाचनका लागि २१ बुँदे प्रतिबद्धता सहित उम्मेद्वारी घोषणा गरिएको हो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँगको सहकार्यमा आज बिर्तामोडमा उम्मेद्वार घोषणा गरियो । मुल चुनाव प्रचारप्रसार समितिका संयोजक भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उम्मेद्वारको घोषणा प्रचारप्रसार समितिका संयोजक बलराम कार्कीले उम्मेद्वार घोषणा गरेका थिए । लोकतान्त्रिक व्यावसायिक प्यानलको तर्फबाट अध्यक्षमा राजु न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सञ्जिव घिमिरे, उद्योग उपाध्यक्षमा बिशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागांई, महासचिवमा कुशल खतिवाडा, उद्योग…

Read More

झापा, १ फागुन । भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसकेका छन् । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो । मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उनलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शैयामा गहभरि आँसु पार्दै भने, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।” उनको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उनी सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना भएका हुन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ…

Read More

झापा, १ फागुन । इराकमा कार्यरत रही राहदानीको म्याद सकिएर समस्यामा परेका ५ सय ४८ जनाको राहदानी नवीकरण गरिएको छ । नेपाली दूतावास कुवेतको आयोजनामा पहिलोपटक इराकमा रहेका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न गरिएको हो । सो शिविरमा इराकको अर्बिल र सुलेमानिया क्षेत्रमा रहेका ५ सय ४८ जना सेवाग्राहीले विद्युतीय राहदानी नवीकरण सेवा लिएको नेपाली दूतावास कुवेतले जनाएको छ । सो शिविरमा समस्यामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमतिपत्रसमेत निःशुल्क रूपमा जारी गरिएको थियो । शिविर सञ्चालनका लागि गैरआवासीय नेपाली संघ, इराकका पदाधिकारीहरूले समन्वय गरेका थिए भने शिविरमा नेपाली दूतावास…

Read More

झापा, १ फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेकपा ९माओवादी० ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताए । जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष दाहालले शुभकामना सन्देशमा…

Read More