झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, ६ फागुन । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र सहित ३९ जना उमेरद्वारले मनोनयन दर्ता गरेका छ्न् । आज भएको मनोनयन दर्तामा स्टिल तथा आलमुनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै दर्जनौँ संघसंस्थामा आवद्ध उनी बिर्तामोडका ऊर्जाशील युवा व्यवसायी हुन् । आगामी फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलले सबै पदमा उम्मेदवारी दिएका हुन । स्वतन्त्रबाट उम्मेदवारी दिने राई भने एक मात्र उम्मेदवार हुन् । अध्यक्षमा न्यौपाने र मैनालीबीच को भिडन्तअबको एक हप्ता मात्रै बाँकी निर्वाचनमा अर्जुनकुमार मैनाली र राजु न्यौपाने नेतृत्वबीच कडा…

Read More

खोटाङ, ६ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको हो । बैकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान सुरु गरिएको महिनादिनमै सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन् । “पीडितले दिएको जाहेरीको आधारमा आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । उनीहरुले पीडितबाट रु एक लाख २५ हजारदेखि रु ३५ लाख २५…

Read More

शिवसताक्षी, ६ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले दादुरा र रुबेला खोप अभियानका लागि पूर्व तयारी सुरु गरेको छ । आज शिवसताक्षी नगरपालिका स्वास्थ शाखा आयोजनमा खोप सम्बन्धी जनप्रतिनिधि र महिला स्वास्थ्य सेविकाहरुलाई अभिमूखीकरण गराएको छ । अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र चालु वर्षमा संक्रमण अवस्थामा र यसको नियन्त्रणका लागि अबलम्बन गर्नु पर्ने उपायहरुको बारेमा जानकारी गराइएको हो । आगामी फागुन २० गतेदेखि २९ गतेसम्म ९ वर्षदेखि ५ वर्ष मुनीका उमेर समूहका बालबालिकालाई दादुरा र रुविला विरुद्धको खोप देशका १५ जिल्ला र ९ वर्षदेखि १५ वर्ष मुनीका उमेर समूहका बालबालिहरुलाई २४ जिल्लामा खोप अभियान सञ्चालने हुने जानकारी गराइएको थियो…

Read More

बिर्तामोड, ६ फागुन । बिर्तामोडमा रहेका वाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनुपर्नेमा जोड दिएका छन् । छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा आज आयोजित छलफल कार्यक्रममा सहभागी बैंकका शाखा प्रबन्धहरुले बैंकिङ क्षेत्रको पनि सहभागिता रहने प्रतिबद्धता समेत जनाएका छन् । अघिल्ला संस्करणभन्दा यो प्रतियोगितालाई थप रचनात्मक र आकर्षण बनाउन उनीहरुले सुझाव समेत दिए । छलफलमा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले सामाजिक उत्तरदायित्व निर्वाह गर्न बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरेका थिए । महासचिव गजेन्द्रबहादुर पौडेलको स्वागत मन्तव्य रहेको छलफलमा सिद्धार्थ बैंकका प्रबन्धक सुवास श्रेष्ठ, नबिल बैंकका गुरुराज रेग्मी, प्राइम कमर्सियल बैंकका सञ्जीव खनाल, गुडविल फाइनान्सका सुमन पौडेल,…

Read More

बिर्तामोड, ६ फागुन । राजवंशी समाज विकास समिति बिर्तामोड नगर अधिवेशन शनिबार साँझ सम्पन्न भएको छ । नगर अधिवेशनले स्थानीय युवा देवीप्रसाद राजवंशीको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको छ । नवगठित नगर समितिको उपाध्यक्षहरुमा रमेश राजवंशी र जमुना राजवंशी, सचिवमा राजेश राजवंशी, सहसचिवमा सुवास राजवंशी र कोषाध्यक्षमा निलम राजवंशी चयन भएका छन् । नगर समितिको सदस्यहरुमा पञ्चानन राजवंशी, डिल्ली राजवंशी, मुक्ति राजवंशी, किरणदेवी राजवंशी, हरि राजवंशी, हँश राजवंशी, बिकी राजवंशी, दिलिप राजवंशी, करण राजवंशी र जयप्रसाद राजवंशी चयन भएका छन् । नगर अधिवेशनमा बिर्तामोड नगरपालिकाको साविकका तीन वटा गाविसहरु अनारमनी, चारपाने र गरामनी गाविसका राजवंशी जग्गा दाता परिवारलाई…

Read More

झापा, ६ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…

Read More

झापा, ६ फागुन । फिल्म ‘घर ज्वाइँ’ को सुटिङ सुरु भएको छ । फिल्ममा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको छ । निर्माता जनक घर्ती मगरले शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालिएको बताउनुभयो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटन लगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, शिसिर वाङ्देल, पुस्कर गुरुङ,भोला सापकोटा, राज थापा काउचा, कविता आले,शिला आले,अनु थापा,बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् । जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक…

Read More

दमक, ५ फागुन । रोजगारीको सिलसिलामा हङकङ बस्दै आएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् । उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएका परिवारले रु २५ लाख ५० हजार सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले बताए । वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिनेछ नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिनेछ । एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दै आएका उर्लाबारी–९ का याम सेम्बुले एक्लैले रु पाँच लाख ३० हजार एकसय ७६ र अन्य दाताले…

Read More

झापा, ५ फागुन । १४ औं राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता आजदेखि झापाको अर्जुनधारा नगरपालिकामा सुरु भएको छ । अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा आयोजित एक समारोहका बीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शम्शेर राईले गरे । उनले निर्णयकलाई भलिबल र कराते ग्लोब्स हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतिायेगिता उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि राईले खेलकुदको माध्यमबाट मात्र देशलाई विश्व सामु चिनाउन सकिने उल्लेख गर्दै खेलकुदको क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार तयार रहेको बताए । आयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आायजित उद्घाटन समारोहमा जिल्लाका १५ वटै पालिकाबाट सहभागिता…

Read More

भद्रपुर, ५ फागुन । २८६० औं मञ्जुश्री सम्वत् तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक नुत्य प्रस्तुत तथा ल्होसारको बारेमा विविध प्रवचन कार्यक्रम सम्पन्न गरेको हो । घेदुङका नगर अध्यक्ष बसन्तकुमार तामाङको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष नरबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, घेदुङका झापा जिल्लाका पूर्व अध्यक्ष कृष्ण गोले, १ नम्वर इलाका संयोजक विशाल थिङ लगायतले मन्तव्य राख्दै नेपालको मौलिक पहिचान बोकेको मञ्जुश्री संवत रहेको धारणा…

Read More