झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चन्द्र बस्नेतकनकाई, ५ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजना हुने भएको छ । रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा आगामी फागुन १४ देखि १६ गते सम्म महोत्सव सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । समाजमा शैक्षिक चेतनाको स्तर बृद्धि, यहाँको कला, संस्कृति र साहित्यबाट मुखरित हुने र त्यसको प्रत्यक्ष प्रभाव शिक्षालयहरूमा पनि पर्ने भएकाले पल ह्यारिसद्वारा परिकल्पना र स्थापना भएको रोटरी इन्टरनेशनलको मूल उद्देश्यलाई आत्मसात गर्दै महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष कँडेलको भनाइ छ । महोत्सवमा पहिलो दिन स्थानीय साहित्यकार, दोस्रो दिन जिल्लाका विभिन्न भागमा…

Read More

इलाम, ४ फागुन । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पुर्याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबिकाले भनिन्, “यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफैँ बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।” सोही ठाउँका एल्बिन शङ्खरको जन्मदर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उनकी आमा वर्षाले बताइन्। सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घरघरमै पुर्याउन सुरुआत गरेको छ ।…

Read More

झापा, ४ फागुन । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् । आर्थिक वर्ष २०६९–७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुङ्गे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिए । झोलुङ्गे पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबाट स्थानीय पालिकामा बजेट आउने र निर्माणको प्राविधिक र सामाजिक सहयोग स्थानीय सहारा नेपालले गर्दै आएको नेपालले बताए । झापा जिल्लामा कनकाई, बिरिङ, निन्दा, मेची, हडिया, रतुवा, देउनिया, फुलबासा,…

Read More

झापा, ४ फागुन । निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए । संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ । महाशाखा प्रमुख भट्टराईले भने, “संविधान र ऐनको भावनाविपरीत दर्ता भएका दलहरूलाई नाम परिवर्तन गर्न जानकारी गराउने…

Read More

द्रोण अधिकारीभद्रपुर, ४ फागुन । भद्रपुर नगरपालिकाको आयोजनामा वन्यजन्तुका कारण उत्पन्न समस्या तथा निराकरणका लागि अपनाउन सकिने सजगताका विषयमा सरोकारवालासित अन्र्तरक्रिया सम्पन्न गरिएको छ । दक्षिणी झापामा हात्तीका कारण उत्पन्न समस्या र समाधानका लागि यस क्षेत्रका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि सामुदायिक वन, डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायका प्रतिनिधिसित छलफल गरिएको हो । नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य छविलाल चुडाल, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, हल्दिवारी गउँपालिकाका प्रमुख रविन्द्रप्रसाद लिङ्देन, भद्रपुर नगरउप–प्रमुख राधा कार्की, भद्रपुर नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायत डिभिजन वन कार्यालय, सामुदायिक वन, फरेष्ट एक्सन नेपाल,…

Read More

भद्रपुर, ३ फागुन । झापाको मेचीनगरबाट दुई लाख रुपैयाँ चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार मेचीनगर–९ लिलाबस्ति स्थित प्र १–०१–००१ च ९८०५ नं. को बोलेरो पिकअप गाडीमा खलासी काम गर्ने जिल्ला इलाम–९ गोलाबस्तीका २३ वर्षीय पासाङ तामाङ बम्जनले गामडीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गरी फरार भएको भनेर गाडी धनि इलाम सूर्योदय–८ का सुरेन जोशीले प्रहरीमा उजुरी गरेका थिए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले नगद चोरी गरी फरार रहेका बम्जनलाई काठमाडौँ जाँदै गरेको अवस्थामा आज दमक–९ पश्चिम बस स्टेनबाट नगद नेरु ६५ हजार १५ र भारु ८…

Read More

झापा, ३ फागुन । झापाको बिर्तामोडबाट आज लागुऔषध ब्राउनसुगरसहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ कृषिथोक बजार स्थितमा शंकास्पद अवस्थामा हिँडिरहेकी भारत प्रोफेसर कलोनी कटिहार वडा नम्बर २२ बिहार राज्य घर बताउने ३० वर्षीया शोभा दासलाई पक्राउ गरेको हो । प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा दासले बोकेको ब्यागबाट एक हजारको नेपाली नोट थान ३७, पाँच सयको नेपाली नोट थान १३, एक सयको नेपाली नोट थान ३, बीसको नेपाली नोट थान ६, दसको नेपाली नोट थान १ र पाँचको नेपाली नोट थान २ गरी जम्मा नेपाली ४३ हजार रुपैयाँ र सोही ब्याग…

Read More

झापा, ३ फागुन । झापाबाट मोटरसाइकल चोरी गरी पाँचथर पु¥याउनेलाई पक्राउ गरिएको छ । गत माघ २९ गते मेचीनगर–१३ का किरण दाहालको नाममा रहेको प्र १–०१–०१२ प ३५४७ नं. को बजाज कम्पनीको कालो रातो २२० सीसीको पल्सर पार्किङ गरिएको अवस्थामा हराएको थियो । चोरीको मोटरसाइकल खोजी गर्नेक्रममा बिर्तामोड–६ बुट्टाबरीका २७ को योगेश मगरले चोरी गरी लैजाँदै गरेको अवस्थामा पाँचथरमा पक्राउ गरिएको हो । हिलिहाङ–५ जोरपोखरी बजारमा ट्राफिक प्रहरी पोस्ट गणेशचोक पाँचथर र प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको संयुक्त चेकिङ टोलीले उक्त मोटरसाइकल फेला परेको हो । मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ भने मोटरसाइकलसहित…

Read More

बिर्तामोड, ३ फागुन । झापाको कचनकवल गाउँपालिकामा आज सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको छ । कचनकवल–१ की ६५ बर्षिया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारको लागि बिएण्डसी अस्पताल उपचारत दाहालको आजै दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, ३ फागुन । झापामा नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाएको छ । जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ दोस्रो स्थापना दिवस मनाइएको हो । यसैबीच, पार्टीका प्रदेश नं. १ अध्यक्ष धनबहादुर पङ्धाकको अगुवाइमा झापाको बिर्तामोडमा आज बेलुका दीप प्रज्वलन गरिएको छ । पार्टीलाई सशक्त र संगठित बनाउने शुभेच्छासहित दीप प्रज्वलन गरिएको पङ्धाकले बताउनुभयो । दीप प्रज्वलनसहित ‘नागरिक उन्मुक्ति पार्टी जिन्दावाद’ लगायतका नारा लगाइएको थियो । कार्यक्रममा केन्द्रीय पदाधिकारी सचिवालय सदस्य त्रिनारायण राजवंशी, केन्द्रिय सदस्य दुर्गादेवि लिम्बु, प्रदेश सचिव पदम चेन्जी माबो, प्रदेश सदस्य चन्द्रमाया लिम्बू, महाधिवेशन प्रतिनिधि श्याम राजवंशी (तेजनारायण), महाधिवेशन प्रतिनिधि विशाल साँबा लिम्बूलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति…

Read More