झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १९ फागुन । प्रतिनिधिसभाका सभामख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रंगशालाको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा आजदेखि शुरु भएको छैटौं झापा गोल्डकप उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र भएकाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । दाताले दिएको झण्डै १४ बिघा जग्गामा चलखेल र षड्यन्त्र हुँदा बिर्तामोडको मध्य भागमा रहेको रंगशालामा पूर्वाधार विकास गर्न नसकिएको उहाँको भनाइ थियो । “बर्सेनि अस्थायी प्यारापिट निर्माणमै लाखौं खर्च भइरहेको छ, सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रंगशालाको संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राम्रो रंगशाला बनाउन म पनि लागि पर्छु ।” झापालाई खेलकुदको…

Read More

बिर्तामोड, १९ फागुन । छैटौं झापा गोल्डकप अन्तरगत आज उद्घाटन खेल एपीफ विजयी भएको छ । गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा परिणत भएको थियो । संकटाका खेलाडीको लगातार दुई प्रहार विफल भएपछि एपीएफले ४–२ को अन्तरले जीत हासिल गरेको हो । खेलको म्यान अफ द म्याच एपीएफका गोल किपर एञ्जल श्रेष्ठ घोषित भए । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । भोलिको खेल नेपाल पुलिस र चर्च ब्वाइज बीच हुनेछ । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । झापा गोल्डकपको…

Read More

कनकाई, १९ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ्ग अङ्ग्रेजी माध्यमिक विद्यालयमा स्काउटको वान नाइट क्याम्प फायरिङ सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख आशा शर्मा शिवाकोटीले शुक्रबार साँझ उद्घाटन गर्नुभएको हो । विद्यालयमा क्याम्प फायरिङ पुर्व स्काउट दलको मेमोरी रेस, विना भाडा खाना पकाउने, वाटर ब्यालेन्सिङ्ग, नटिङ्गजस्ता विधामा प्रतियोगिता सञ्चालन गरिएको थियो । त्यस्तै, विद्यार्थीहरु मङ्की कर्लिङ्ग, टच द तार्गेट, टायर टनल, टार्जन जम्प, कर्लिङ्ग, बिम ब्याङ्मिङ्ग, ब्यालेन्सिङ्ग वक जस्ता कृयाकलापमा सहभागी भएका थिए । साझमा क्याम फायरिङ्गसँगै नृय प्रतियोगिता गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको…

Read More

बिर्तामोड, १९ फागुन । आजदेखि छैटौँ झापा गोल्ड कप हुने भएको छ । गोल्डकपको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने छन् । आजको उद्घाटन खेल संकटा र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । टिकट शुल्क २००, ३०० र ४०० रुपैयाँ लाग्ने छ । सेमिफाइनल र फाइनलमा सोही टिकटमा १४० रुपैयाँको जुस उपलब्ध हुने आयोजकको भनाइ छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित ट्रफी पाउनेछ । झापा…

Read More

शिवसताक्षी, १८ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ । नगरसभामा नगरपालिकाले २०८०÷०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्च तर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको थियो । त्यस्तै पुँजीगत खर्च तर्फ ३० करोड, २५ लाख ८६ हजार विनियोजन गरिएको थियो । जस मध्ये चालु २१ करोड, साठी लाख ५० हजार तथा पुँजीगत तर्फ ५८ करोड…

Read More

झापा, १८ फागुन । हरेक क्षेत्रमा अब्बल र विद्यार्थी संख्याका दृष्टिले कोशी प्रदेशकै दोस्रो ठूलो धुलाबारी माध्यमिक विद्यालयले आफ्नो ७२ औँ स्थापना दिवस शुक्रबार सिर्जनात्मक रूपमा सम्पन्न गरेको छ। गणित, बिज्ञान , पशुस्वास्थ्य, चित्रकला तथा विद्यार्थीले सिर्जना र निर्माण गरेका बहुसामग्री प्रदर्शन गरिएको कार्यक्रममा विद्यालयको विगत, वर्तमान र आगामी कार्ययोजना साथै शैक्षिक रणनीतिका बारेमा प्राध्यानाध्यापक महेन्द्रविलाश लुइँटेलले लिखित अवधारणा प्रस्तुत गरे। सोही अवसरमा दाताले दुईवटा अक्षयकोष स्थापना गरेर विद्यालयको शैक्षिक उन्नयनका लागि समुदायको जिम्मेवारीमा इँटा थपेका छन् । सो विद्यालयमा यसअघिदेखि नै नौवटा अक्षयकोष सञ्चालित छन् । लक्ष्मीविलाश लुइँटेलले आफू जीवितै रहदा श्रीमती र आफ्नो नाममा लक्ष्मी ( इन्दीरा र…

Read More

झापा, १८ फागुन । मोरङको बेलवारी नगरपालिका–१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाइते भएका थिए । घाइतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक झापा बिर्तामोड नगरपालिका–२ का ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा…

Read More

बिर्तामोड, १८ फागुन । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित शिक्षा शिकोप निकेतन मन्टेश्वरी विद्यालयको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । बिर्तामोड–२ स्थित रामचोकमा रहेको विद्यालयले आज शुक्रबार विद्यालय परिसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । विद्यार्थीलाई किताबी ज्ञानको बोझ भन्दा पनि व्यावहारिक ज्ञान सिप सिकाउनुपर्नेमा उनले जोड दिए । शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेले सहकारी मोडल अनुसार विद्यालय सञ्चालन गरी गुणस्तरीय र सर्वसुलभ शिक्षा दिने काम भइरहेको बताए । प्रविधि र समयसापेक्ष…

Read More

झापा, १८ फागुन । झापाको मेचीनगरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बेलुका मेचीनगर–६ बसपार्क अगाडि सडकमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–४ का २१ वर्षीय रबिन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो । यादवमाथि शंका लागेर शरीर तलासी लिँदा जिन्स पेन्टको पछाडि बाँया गोजीभित्र लुकाई राखेको अवस्थामा लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगद २२ हजार ६ सय पक्राउ गरिएको हो । गोजीबाट प्लाष्टिकसहित २ ग्राम २८० मिलिग्राम र प्लाष्टिक बाहेक २ ग्राम भएको लागुऔषध बरामद भएको थियो ।

Read More

भद्रपुर, १८ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाको पाँचौ अधिवेशनले पुनः दुर्गाप्रसाद पाठकको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । बिहीबार चन्द्रगढीमा सम्पन्न सभाले उपाध्यक्षमा बाबुराम कार्की, महिला उपाध्यक्षमा मिरा सञ्जेल, सचिवमा खड्गबहादुर बुढाथोकी, सह–सचिवमा निर्मला बाँस्तोला र कोषाध्यक्षमा ज्योति न्यौपानेलाई सर्वसम्मत चयन गरिएको हो । यसैगरी, सदस्यहरुमा क्रमशः कृष्णप्रसाद पाठक, लालबहादुर चाहार, गंगा लिम्बू , कमला दाहाल पाठक, अनिता बिमली, दुर्गा निरौला, महेश न्यौपाने, शिला साह र सुशीला दाहाललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । यसअघि, सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले प्रहरीबाट अपराध मुक्त समाज…

Read More