झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ माघ । हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी सरकारले खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी १ हजार ६सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन् । उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको उल्लेख गरिन् ।

Read More

बिर्तामोड, २५ माघ । झापाको बिर्तामोडमा खेलकूद महोत्सव हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा आगामी फागुनमा महोत्सव आयोजना गर्न लागिएको हो । खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकूद समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकूदसंग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नोकर लगायतका खेलहरु हुने नगर खेलकूद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा बिर्तामोडका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले प्रतियोगितामा प्रतिश्पर्धा गर्ने नगर खेलकूद विकास समितिका सचिव विसन लिम्बुले जानकारी…

Read More

मोरङ, २५ माघ । मोरङको रङगेली नगरपालिका–७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सरसमान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा चाँदीका समानहरुको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगाछी पञ्चायत–१३ का २२ वर्षीय मोहमत अलताफलाई चाँदीका समान सहित पक्राउ गरेको हो । अलताफको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ के।जी।५४८ ग्राम चाँदी बरामद गरेको हो । अबैध रुपमा लुकाई छिपाई बोकेको चाँदीका समान सहित पक्राउ परेका उनको सम्बन्धमा थप…

Read More

झापा, २५ माघ । शिवसताक्षी नगरपालिकाले १५ दिने नौमती बाजा बजाउने तालिम दिन थालेको छ । नगरपालिकाले माघ २४ गतेदखि यहाँका २० जना महिलालाई १५ दिने तालिम दिन थालेको हो । नौमती बाजाको संरक्षण र प्रवद्र्धनका लागि तालिम दिन थालिएको नगरपालिकाले जनाएको छ । तालिमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख मेगाहाङ्ग थोप्राले नेपाली बाजा र मौलिकता ओझेलमा परेकाले प्रशिक्षण मार्फत सांस्कृतिक जगेर्नाको कार्य थालनी गरिएको बताउनुभयो । महिलासँग उपमेयर कार्यक्रम अन्तरगत महिलालाई आवश्यक ज्ञान सीप र प्रविधि समेत प्रदान गरी नेपाली मौलिकताको जगेर्ना गर्न यो तालिम वार्षिक कार्यक्रममा समावेस गरिएको नगर उपप्रमुख नगरमाया कार्कीले जानकारी दिनुभयो । तालिमका लागि नगरको २…

Read More

भद्रपुर, २५ माघ । झापाको भद्रपुर नगरपालिका–८ स्थित क्याम्पसमोडमा लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । भद्रपुर–८ क्याम्पस मोड निवासी चिन्तामणि दाहालको घरमा चोरी भएको हो । घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर विभिन्न सुनका गरगहना करिब ११ तोला र नगद ५० हजार रुपैयाँ गरी लगभग १३ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, २५ माघ । जिल्लाको शिवसताक्षी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । स्थानीय तहस्तरीय यो प्रतियोगिता शिवसताक्षी–७ स्थित भगवती माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० पाँचौ संशोधन २०८० अनुसार शिवसताक्षीमा स्थानीयस्तरमा हुने प्रतियोगिता सञ्चालन र व्यवस्थापन समितिको संयोजकमा नगर प्रमुख श्री मेगाहाङ्ग थोप्रा रहेका छन् भने प्रतियोगिता सञ्चालन हुने भगवति माविका प्रधानाध्यापक रमेशकुमार दहाल सदस्य सचिव छन् । खेलको औपचारिक उद्घाटन सांसद एलपी साँवाको प्रमुख आतिथ्य र नगर प्रमुख मेगाहाङ थोप्राको अध्यक्षतामा भएको छ ।

Read More

झापा, २५ माघ । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन आगामी बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सोसहित केही महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले बताउनु भएको छ । हिजो मंगलबार शिवसताक्षीको झिलझिलेमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बैठकको उद्घाटन गर्नुभएको थियो । बैठकमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै उहाँले जिल्ला कमिटी र मातहतका सबै कमिटीहरु, जनसंगठन, जनवर्गीय संगठनहरु चुस्त दुरुस्त एवम् व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराउनु भएको थियो । आजको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले…

Read More

शिवसताक्षी, २५ माघ । शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम शुरु गरेको छ । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटनका क्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले आधुनिक बाजाको प्रभावले नेपाल र नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षण मार्फत सांस्कृतिक जगेर्नाको कार्य थालनी गरिएको बताए । पछिल्लो समय नौमती बाजा कुनै एउटा समुदायले मात्रै बजाउने प्रचलन हट्दै सबै समुदायले यसको संरक्षण र प्रयोग गर्न थालेको उनको भनाइ…

Read More

मोरङ, २४ माघ । मोरङको रंगेली नगरपालिका–७ स्थितबाट हरिणको सिंङ र लागुऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकि छिन् । हिजो दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली–७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो ६९७ ग्राम गाँजा वरामद गरेको हो । अवैधरुपमा हरिणको सिंङ र गाँजा वरामद भए संगै पक्राउ परेकी सागर देवी यादवको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

बिराटनगर, २४ माघ । झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका शिवसताक्षी नगरपालिका–५ का २३ बर्षीय शायद बोहोराको साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो छ । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले मोरङको बिराटनगर–१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका–२ का २१ बर्षीय बिजय दासलाई ४६ मिलिग्राम ब्राउन सुगर सहित र उदयपुरको प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले…

Read More