
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक सुनाउने भएको छ । ब्यान्डका निम्ति सिलिगुडीको कन्सर्ट यो वर्ष (सन् २०२६) नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति पनि हुँदै छ । गत साता मुलुकका चार सहरमा शृङ्खलाबद्ध यात्रा गरेर फर्केको ब्यान्ड सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा जुटिसकेको छ । नेपथ्यले यसअघि सिलिगडी आसपासका सिक्किम र सिलोङमा आफूलाई उभ्याइसकेको छ । यस महानगरको उत्तरतर्फका पहाडी बस्तीमा नेपालीभाषी समुदायको ठुलो उपस्थिति छ । पछिल्लो समय भने सबैतिरबाट बसाइँ सरेर आएकाहरूको उल्लेख्य जनसङ्ख्याले यो बहुसांस्कृतिक सहर…
बागमती, १० फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । रासस
झापा, १० फागुन । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। शुक्रबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार तीन सय रूपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ७५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार…
झापा, १० झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताएका छन् । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । सरकारले त्यो आशङ्कालाई निवारण गर्नुपर्ने भन्दै ओलीले अब निर्वाचनलाई कुनै पनि बहानामा रोक्न नहुने धारणा ओलीको छ । उनले मानिसहरू निर्वाचनमा धाँधलीको आशङ्का गम्भीर रूपमा गरिरहेको बताए । त्यस प्रकारको आशङ्काको समेत सरकारले निवारण गर्नुपर्ने उनको भनाई थियो । शान्तिप्रति मानिसहरू ढुक्क नभएको बताउँदै अध्यक्ष ओलीले शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएका छन् । ‘निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष,…
काठमाडौँ, १० फागुन । नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो । इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै उहाँ भन्नुभयो, “यस विषयमा करिब २० वर्षदेखि अध्ययन र छलफल हुँदै आएको थियो । हालसम्म सबै…
झापा, १० फागुन । राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुँदैछ । मोफसलको प्रतियोगिताका कारण रोकिएको राष्ट्रिय लिग फुटबल आजदेखि फेरि शुरू हुन लागेको हो । आजको पहिलो खेलमा अहिले सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा एपीएफ एफसी र नव जन जागृति खेल्दैछन् । अङ्क तालिकामा एपीएफ तेस्रो र नव जन जागृति पुछारमा छ । यस्तै दिउँसो ४ बजे एन्फा कम्प्लेक्समै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी खेल्दैछन् । अङ्क तालिकामा एनआरटी चौथो र मनाङ आठौँ स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा…
भद्रपुर, १० फागुन । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा रु आठ अर्ब ६१ करोड २० लाख सात हजार बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१–८२ को सोही अवधिमा रु पाँच अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव…
राजकुमार भट्टराईखोटाङ, १० फागुन । खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका टेकबहादुर खत्री पक्राउ परेका हुन् । आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए । परिवारले घटनाको विषयमा जानकारी गराएपछि शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो…
झापा, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट १५ प्रतिशत पुर्याइएको घोषणा गरेका छन् । उनले शनिबार ट्रुथ सोसलको लेख्दै विश्वव्यापी भन्सार महसुल १५ प्रतिशतमा बढाइएको जानकारी दिएका हुन् । यसअघि ट्रम्पले शुक्रबार राति पत्रकार सम्मेलन गरी विश्वका सबै देशलाई १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए । शुक्रबार नै अमेरिकाको सर्वोच्च अदालतले विश्वभरका देशमा कर लगाउने ट्रम्पको निर्णय खारेज गरेको थियो । सर्वोच्च अदालतले ६–३ बहुमतका आधारमा ट्रम्पलाई आईईईपीए ऐन लागु गर्ने अधिकार नभएको फैसला सुनाएको थियो । यो अधिकार केवल संसद्लाई मात्र भएको बताएको थियो । तर यसबाट आक्रोशित हुँदै ट्रम्पले नयाँ कानुन (धारा…
झापा, १० फागुन । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ। जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित बसोबासी आठ लाख रहेका आयोगले जनाएको छ। आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले एकद्वार प्रणालीबाट लगत सङ्कलनका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको जानकारी दिए। आयोग मातहतका जिल्ला समिति, सम्बन्धित पालिका तथा वडा तहसँग समन्वय गरी सबैको प्रमाणीकरण गरिने उनले बताए । भूमिहीन सुकुम्वासीको व्यवस्थापन राज्यको दायित्व भएकाले लगत सङ्कलन थालिएको उनको भनाइ छ। भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सिफारिस गर्ने क्रममा स्थानीय तहले…