झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मेचीनगर, १८ पुस । झापाको मेचीनगरबाट मंगलबार दिउँसो प्रहरीले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९ मागुरमाडीका २८ वर्षीय भूपाल विक रहेका छन् । विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

भद्रपुर, १८ पुस । झापाको हल्दिबारीमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला परेको छ । हिजो बेलुका ८ बजे हल्दिबारी–१ स्थित गोलधापमा बेवारिसे अवस्थामा मे ३ प ९१४९ नं. को, इन्जिन नं. KC12EBBGB11514 र चेचिस नं. MBLKC12ECBGB11513 भएको CBZ रातो कालो रंगको बेवारिसे मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल फेला पारेर कार्यालयमा ल्याएर राखेको छ भने मोटरसाइकल धनीलाई आवश्यक कागज पत्र लिई प्रचौ गोलधापमा सम्पर्क राख्न अनुरोध समेत गरिएको छ ।

Read More

झापा, १८ पुस । झापाको बुद्धशान्तिमा हात्तीले उपद्रो मच्चाएको छ । पुस १७ गते मध्यरातमा आएको हात्तीले कच्ची घरको टाटी बेरा भत्काउनुका साथै धान र तरकारी बाली खाएर नष्ट गरेको छ । बुद्धशान्ति गाउँपालिका–५ आयाबारीस्थित थारु गाउँमा जंगली हात्तीले चार जनाको धान र तरकारीबाली नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लुदा दनुवारको करिब १० मन धान, घरको टाटीबेरा भत्काउँदा ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, दिप नारायण दनुवारको करिब १० मन धान, घरको टाटीबेरा भत्काउँदा ३० हजार, महेन्द्र दनुवारको १० मन धान, घरको टाटीबेरा भत्काउँदा ३० हजार र नागिनप्रसाद चौधरीको २…

Read More

झापा, १८ पुस । रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन् २०२२ सेप्टेम्बर अन्तिम साता रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित ग¥यो । त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए । त्यससँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै मुलुकका युवासँगै उनीहरूका श्रीमान्श्रीमती वा परिवारका सदस्यले सहज रूपमा रुसी नागरिकता…

Read More

झापा, १८ पुस । ‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड वटा अन्डा र दुई लाख ५० हजार मेट्रिक टन कुखुराको मासु उत्पादन हुँदै आएको छ तर त्यस अनुसार खपत नभएको गुनासो पोल्ट्री उद्योगीको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा अन्डा र मासुको खपत निकै कम रहेको जनाएको छ । दक्षिण एसियाका केही देशले सरदर…

Read More

इलाम, १८ पुस । इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गरेका उनले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उनले भने । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो रु…

Read More

झापा, १८ पुस । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्याउँदै उनी कोठाबाट बाहिर निस्किइन् । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन् । हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो । भुइँमा ढलेका दम्पती बेहोस भए । हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए । “आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती उभिइरहेको रहेछ,” सङ्गीताले दुई साताअघिको घटनाबारे जानकारी दिँदै भनिन्, “सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि…

Read More

शिवसताक्षी, १८ पुस । झापा शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् स्व. इमानसिह चेम्जोङको शालिक अनावरण गरिएको छ । इतिहासविद् स्व. चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले एक भव्य कार्यक्रमका बीच उक्त शालिक अनावरण गरेका हुन् । अनवरणका क्रममा नगरप्रमुख थोप्राले इतिहासकार चेम्जोङले आफ्नो समुदाय तथा राष्ट्रलाई पु¥याएको योगदान लगायतका विषयमा चर्चा गरेका थिए । शालिक र शालिक निर्माण स्थलको संरचनामा १५ लाख ६० हजार ९सय ६६ रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । शालिक निर्माण लागि समितिले विभिन्न सहयोगी दाताहरुबाट २१ लाख ५२ हजार २ सय ५६ रुपैयाँँ…

Read More

शिवसताक्षी, १७ पुस । झापा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् । आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका संघ शिवसताक्षी नगर कमिटीले आयोजना गरेको नगर भेलामा सहभागी अधिकांश महिला स्वयमसेवीहरुले आफुहरु अन्यायमा परेको बताए । महिला स्वास्थ्य स्वयमसेवीहरु नागरिकको घर घरमा गई स्वास्थ्यको पहिलो खुड्किलोको रुपमा काम गर्ने पर्नु तर सरकारले न्युन भत्ताको भरमा काम लगाएको आरोप लगाए । कार्यक्रममा नेपाल महिला स्वास्थ्य स्वयसेवी संघका केन्द्रिय अध्यक्ष गीता थिंङले आफ्नो हक अधिकारका लागि सम्पूर्ण स्वयसेवी महिलाहरु एक जुट हुनु पर्ने बताइन् । सरकारले महिला स्वयसेवीहरुलाई पोशाक…

Read More

बिर्तामोड, १७ पुस । देवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । धुलाबारी मोडबाट आज मंगलबार सुरु भएको मिनि म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, भद्रपुर २ की राईले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् । उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै, पुरुषतर्फ धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हाँसिल गरे । शिवसताक्षी ३ का समिर कन्दङवाले…

Read More