
शिवसताक्षी, १७ पुस । झापा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् ।
आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका संघ शिवसताक्षी नगर कमिटीले आयोजना गरेको नगर भेलामा सहभागी अधिकांश महिला स्वयमसेवीहरुले आफुहरु अन्यायमा परेको बताए ।
महिला स्वास्थ्य स्वयमसेवीहरु नागरिकको घर घरमा गई स्वास्थ्यको पहिलो खुड्किलोको रुपमा काम गर्ने पर्नु तर सरकारले न्युन भत्ताको भरमा काम लगाएको आरोप लगाए ।
कार्यक्रममा नेपाल महिला स्वास्थ्य स्वयसेवी संघका केन्द्रिय अध्यक्ष गीता थिंङले आफ्नो हक अधिकारका लागि सम्पूर्ण स्वयसेवी महिलाहरु एक जुट हुनु पर्ने बताइन् । सरकारले महिला स्वयसेवीहरुलाई पोशाक भत्ता वार्षिक १० हजार र यातायात खर्च भनेर १२ हजार मात्र दिने गरेको गुनासो गरिन ।
अन्य स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले मासिक तलब, संचयकोष, उपदान लगायतका सुविधाहरु पाएका छन् । तर हामी महिला स्वयसेवकहरुले भत्ताको भरमा काम गर्नु पर्ने बाध्यता रहेको उनको भनाई थियो । उनले सरकारले स्वास्थ्य सेवीकाहरु विदाई गर्दा २० हजार तोकेकोमा आक्रोस पोखिन । सरकारले ६० वर्ष उमेर सम्म सेवागरे बापत विदाई हुँदा कम्तिमा पनि एक लाख तोक्ने पर्ने माग गरिन् ।
शिवसताक्षी नगरपालिकामा महिला स्वयमसेविकाहरुको संख्या ४१ जना रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनीहरुले हाल विदाई हुँदा ३० हजार पाउँछन् ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरभित्र काम गर्ने महिला स्वयमसेवीकाहरुले न्यनतम रकममा काम गर्दै आएको बताए । उनले महिला स्वयसेवीकाहरुले बेला बेलामा नगरपालिकामा आएर आफ्ना समस्याहरु जानकारी गराउनु पर्ने बताए ।
नगरपालिकाकाले महिला स्वयसेवीकाहरुले विदाई गर्दा ३० हजारलाई बढाएर ६० हजार बनाउनु पर्ने प्रस्ताव म आफैले पनि गरेको उनले जानकारी गराए । नगरपालिकाले योजना बनाउँदा महिला स्वयसेवीकाहरु आफु अन्तर्गतको शाखामा सम्पर्क गरी आफ्ना कुराहरु राख्न बुझाब दिए ।
नगरपालिकाले स्थानीय आयश्रोत हेरीकन महिला स्वयसेवीकाहरुलाई सम्वोधन हुने खालका कार्यक्रमहरु ल्याउने उनको भनाई थियो ।
त्यस्तै गरी उपप्रमुख नरमाया कार्कीले आफुले पनि लामो समयसम्म स्वयमसेवीका भएर काम गरेको बताइन् । महिला स्वयमसेवीहरुले घरको काम सम्हाल्दै सामाजिक रुपमा पनि काम गर्ने पर्ने भएकाले कम्तिमा आफ्नो गुजारा चल्ने सम्मको वातावरण निर्माण गर्नु पर्ने बताइन् ।
उनले प्रदेश सरकारसँग पनि महिला स्वयसेविकाहरुलाई वर्षको ५ हजार प्रोत्साहन भत्ता दिनु पर्ने अडान राखेको जानकारी गराइन् । झापाका अन्य पालिकाकाहरुसँग पनि महिला स्व्यसेविका हरुको बारेमा एक रुपता ल्याउन छलफल गरिरेको उपप्रमुख कार्कीको भनाई थियो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन । सन १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् ।
नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।
कार्यक्रममा नेपाल महिला स्वयमसेविका संघकी पूर्व केन्द्रिय अध्यक्ष टोटलाल देवी दाहाल, शिवसताक्षी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि विमली, दूधे आयुर्वेदका प्रमुख कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महिला स्वयसेविका मन्दिरा भट्टराईले गरेकी थिइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



