झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, १७ पुस । एभरेष्ट स्मार्ट बाल क्लबले अर्जुनधाराका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बिर्तामोड स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा रहेको बाल क्लबले अर्जुनधारा नगरपालिका–८ मा रहेको चन्द्रोदय प्राथमिक बिद्यालयका ७५ जना बालबालिकालाई स्विटर, कपि, पेन्सिल लगायतका सामग्री वितरण गरिएको प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए । एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको सहयोगमा बाल क्लबले ४५ हजार मूल्य बराबरको सामाग्री बितरण गरिएको क्लबकी अध्यक्ष कृषा दुलालले बताइन् । उनका अनुसार बिद्यालयका शिक्षक,विद्यार्थी र बालक्लबको सहयोग रहेको बताइन् । कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडिको अभिभावकिय साथ रहेको…

Read More

भद्रपुर, १७ पुस । झापाको भद्रपुर नगरपालिका–१० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता सदस्यहरुको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । आज भद्रपुरमा पत्रकार भेटघाटको आयोजना गरी संस्थाले त्यस्तो प्रतिबद्धता जनाएको हो । तरलता अभावका कारण बचतकर्ताको रकम फिर्ता गर्न समस्या भइरहेकाले हरसम्भव प्रयास गरेर बचतकर्ताको बचत फिर्ता गरिने संस्थाका उपाध्यक्ष सञ्जोक गिरीले बताउनुभयो । ‘बजारमा ठूलो रकम ऋण लगानी भएको छ’, उहाँले भन्नुभयो, ‘ऋण असुलीमा समस्या भएकाले बचत फिर्ता गर्न समस्या भइरहेको छ ।’ उहाँले सदस्यलाई केही समय धैर्य धारण गर्नुका साथै ऋण असुली गर्ने वातावरण सिर्जना गरिदिन अपील गर्नुभयो । बचत फिर्ताका लागि सदस्यको दबाब आइरहेको…

Read More

झापा, १७ पुस । सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाँउपालिका–१ लौकही स्थितमा खटिएको प्रहरी टोलीले सोमबार साँझ ७ बजे सोही स्थानका ३८ वर्षीय सत्य नारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर, विभिन्न ४ सय ७२ वटा ट्याब्लेट, मोबाइल ४ थान बरामद गरेसंगै लागुऔषध बेचबिखानमा संलग्न देश भारत बिहारका २० बर्षीय मो.अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी, उदयपुरको कटारी…

Read More

इलाम, १७ पुस । इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा मृत अवस्थामा फेला परेको छ । गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो । सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिति, प्रहरी चौकी तथा स्थानीयको रोहवरमा शव परीक्षणका लागि भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र इलाम पठाइएको छ । जौबारी भारत नजिक पर्दछ । खुला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको स्थानीय बताउँछन् । को सन्दकपुर गाउँपालिकाको जौबारी, जमुना, चोयाटारलगायत स्थानमा रेडपाण्डा पाइन्छन्…

Read More

इलाम, १७ पुस । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । “मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु”, चापागाईँले भने । सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री भएको सम्झँदै उनले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिदै गएकाले चापागाईँको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । “गत वर्ष रु चार लाखमा बिकेको यस बगानमा यस वर्ष उत्पादन राम्रो…

Read More

झापा, १७ पुस । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सांसदसमेत रहेका राष्ट्रिय जनमत पार्टीका अध्यक्षसहित सांसदहरूले तोडेका हुन् । हरेक वर्ष इस्वी संवत्को नयाँ वर्षको दिन आफ्नो पार्टीले धोती दिवस मनाउँदै आएको भन्दै धोती दिवस लेखिएको ब्यानर लिएर मन्त्री यादव र सांसद राउत सहभागी भएका थिए। धोती लगाएर माइतीघर निषेधित क्षेत्रमा गरेको र्यालीको अगुवाइ गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले प्रदर्शनकारीलाई…

Read More

झापा, १७ पुस । ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने क्रममा गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो। श्रममन्त्रीले समस्यालाई समयमै सुल्झाउन नसक्दा युवाहरू त्यसरी आन्दोलित हुनुपरेको थियो। दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) मा सिप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाले शुक्रबार इपिएस शाखा कार्यालय…

Read More

झापा, १७ पुस । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकहरूले पाउने तलब सुविधा लिन बोलाएको छ । साउदीको मोहमद अल मोजिल गु्रप कम्पनी पाँच वर्षपहिले टाट पल्टिएर श्रमिकको पारिश्रमिक नै नदिई नेपाल फर्काइएका ५ सय ७१ नेपालीलाई कम्पनीले बाँकी रहेको तलब लिन आउन अनुरोध गरेको हो । रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले अनुसार करिब पाँच वर्षअगाडि कम्पनी टाट पल्टिएर स्वदेश फर्किएका नेपाली कामदारले पाउनुपर्ने तलब सुविधा लिनका लागि दूतावासमा कम्पनीका तर्फबाट अनुरोध आएको र सोहीनुसार सूचना जारी गरिएको छ । दूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै मोहमद अल मोजिल गु्रप कम्पनीमा काम गरेबापत कम्पनीबाट…

Read More

इलाम, १६ पुस । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट छाँटकाटमा लागेका छन् । प्रायः बर्खायाममा उत्पादन हुने चिया मङ्सिर अन्तिमदेखि पूर्णरुपमा बन्द हुने गरेको छ । उत्पादन बन्द भएपछि कारखानाले यसअघि तयार गरेको चियालाई ग्रेडिङ र चिया निर्यातलाई प्राथमिकता दिन थालेका छन् । प्रशोधित चियालाई विभिन्न वर्गमा ग्रेडिङ गरेर बिक्रीका लागि तयार गरिन्छ । उत्पादन बन्द भएपछि किसान भने यतिबेला बोटको चिया काट्न व्यस्त छन् । यतिबेला काटिएको चियाबाट पुनःवैशाख महिनादेखि उत्पादन सुरु गरिन्छ ।…

Read More

गोपाल काफ्लेप्रधान सम्पादक साझामञ्च डटकम आज अंग्रेजी वर्ष सन् २०२४ को पहिलो दिन अर्थात् जनवरी १ तारिक । सन् २०१४ जनवरी १ तारिकमा साझामञ्च डटकम औपचारिकरुपमा सार्वजनिक गरेको दिन थियो । सोभन्दा करिब ६ महिना अघिदेखि समाचार अपलोड गर्ने सीप सिक्नका लागि अनौपचारिक रुपमा न्यूजपोर्टल सञ्चालनमा थियो । सम्भवतः तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा नै पहिलो न्यूजपोर्टल, साझामञ्च डटकम जुन आजसम्म अनवरत र निरन्तर सञ्चालनमा छ । र, आजदेखि सञ्चालनको एक दशक पूरागरी ११औं वर्ष प्रवेश गरेको छ । यो सुखद दिनमा साझामञ्च डटकमको मातृ संस्था साझामञ्च मिडिया प्रालिका सञ्चालकहरु, सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता एवम् शुभेच्छुक, शुभचिन्तक, समाचारदाता पत्रकार मित्रहरु र…

Read More