
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १५ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको ५ औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा आज वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि इक्यानका केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले ५ औं वार्षिक साधारणसभा उद्घाटन गरेका थिए । स्वागत इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा इक्यान केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष…
शिवसताक्षी, १५ पुस । झापाको शिवसताक्षीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध प्रदर्शन गरिएको छ । शिवसताक्षीको दूधेमा राष्ट्रिय स्वतन्त्र पार्टी शिवसताक्षीले सरकारले दुई जना युवाको हत्या गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गर्दै राजीनामा मागेका हुन् । सरकारले ग्वार्को बालकुमारीमा इपिएस परीक्षाका लागि पुगेका विरेन्द्र शाह र सुजन राउतलाई सरकारले गोली हानी हत्या गरेको भन्दै त्यसको विरोध गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक तुलसी खनालले बताए । भष्ट्रचारीलाई जोगाउन सरकार उद्धत देखिएकाले प्रधानमन्त्री र गृह मन्त्रीले राजीनामा दिएर बाटो खाली गरिदनु पर्ने संयोजक खनालको भनाइ छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१…
झापा, १५ पुस । झापाको बिर्तामोड नगरपालिका–२ भगवान चोकमा ‘स्पाइन एक्स सुपरश्पेस्यालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आउने भएको छ । भोलि सोमबारदेखि औपचारिक रुपमा हस्पिटल सञ्चालनमा आउने भएको हो । हस्पिटलको एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. विनोद बिजुक्छे उद्घाटन गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष एवम् स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । ‘सडक दुर्घटनामा हुने मृत्यु घटाउने उद्देश्यले हस्पिटल सञ्चालन ल्याउन लागिएको हो’, उहाँले भन्नुभयो, ‘सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने हाम्रो प्रयास रहनेछ ।’ हाल १५ बेडमा शुरु गरिने अस्पताल १०० बेडको पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । कोशी प्रदेशकै…
कचनकवल, १५ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सहाकारीले सामाजिक उत्तरदायित्व अन्तरगत कचनकवल–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको प्रागंणमा आजदेखि स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविर भोलि सोमबारसम्म चल्नेछ । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राजंवशीले स्वास्थ्य सेवा महँगो भइरहेको बेला सहकारीले स्वास्थ्य शिविर आयोजना गर्नु खुसीको कुरा भएको बताउनुभयो । उहाँले स्वास्थ्य विशिरबाट विपन्न समुदायका नागरिक लाभान्वित हुने बताउँदै शिविरबाट…
भद्रपुर, १५ पुस । समाजसेवी दीनबन्धु गोयलले भद्रपुर– ६ स्थित स्व.ओमप्रकाश गोयल कोलोनीमा बसोबास गर्ने परिवारलाई कम्बल प्रदान गरेका छन्। समाजसेवी दीनबन्धुद्वारा नै नवनिर्मित घरमा गत बैशाख १० गतेदेखि बसोबास गरिरहेका १४ घर–परिवार र निम्न आय भएको थप एक परिवारका लागि पूस १४ गते १५ थान कम्बल वितरण गरिएको हो। कम्बल लाभग्राही परिवारका सदस्यमा राजो माझी, श्याम माझी, रमेश माझी, शर्मिला माझी, प्रमिला माझी, शान्ति माझी, धन राजवंशी, निर्मला राजवंशी, भेलासरी राजवंशी, बिमला माझी, सुमित्रा माझी, लखन माझी, सेवानन्द माझी, रवीन माझी र सलबहादुर दास रहेको दाताका प्रतिनिधि सजल कुण्डूले बताए । भद्रपुर नगरपालिका, वडा नं– ६ का अध्यक्ष रतिया…
फिक्कल, १५ पुस । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्यारापेट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए । सदरमुकामको खेलमैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण…
जाजरकोट, १५ पुस । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो। आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नुपर्यो। मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन्। ‘भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थियौं’, श्रीमान् गोपे सुनारले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र जीउ सुन्निएको थियो। ठीक भइहाल्ला नि १ भनेर गाउँघरकै ओखतीमूलो गर्न तिर लाग्यौं। एक्कासि यसरी प्राण जाला भन्ने ठानेका थिएनौं।’ स्वास्थ्य संस्थाहरू नाम मात्रैका भएको र त्यहाँ लगे पनि…
झापा, १५ पुस । कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यसडीएन बिएचडी र पिन्टारमास यसडीएन बिएचडीमा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिक काम गर्दै आएकोमा कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, कम्पनीले उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो । तलव भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीले मलेसियास्थित नेपाली दूतावासलाई समन्वयका लागि अनुरोध गरेको थियो…
चारपाने, १५ पुस । दशनामीहरुको बाहुल्यता रहेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संस्थाले शनिवार चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु) ले गरेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्दबिक्रम गिरी, नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजकी झापा महिला अध्यक्ष तथा संस्थाकी सल्लाहकार पार्वता गिरी, शहिद राजन गिरीका पिता केदार शम्शेर गिरीलगायतले शुभकामना मन्तव्य राखेका…
बिर्तामोड, १५ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने हुनु भएको छ । निर्बाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नु भएको हो । व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्यमा उम्मेदवारी दिने बताउनु भयो । आफु बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै उहांले यस क्षेत्रको प्रतिनिधित्व हुने गरि वाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिनुभयो । सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरि काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गर्नु भयो । यस अघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा…