झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

द्रोण अधिकारी (गुयेली)काव्य सिर्जना सामान्य विषय होइन । सर्जक भित्र विचित्र सिर्जनशीलता नभइ स्तरीय सिर्जना जनमन सक्दैन । फुटकर कविता रचनामा चार दशक पार गरिसकेका कवि राजेश ढुंगानाले पुस्तकार रूपमा जम्मा दुइ वटा पुस्तक एउटै नाम दिएर प्रकाशन गरिसकेका छन् । सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि ढुंगानाले आफ्ना फुटकर कविता मार्फत पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल वि सं २०३६सालदेखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दा समेत निरन्तर विद्रोहका भाव ओकलिरहेका छन् । झापा भद्रपुर ८ निवासी कवि ढुंगाना कविता लेख्नकै लागि जन्मिएका व्यक्ति हुन् जस्तो भान उनका कविताहरूले दिलाउँछन्…

Read More

सरोज भट्टराईशिवसताक्षी, १६ पुस । पछिल्लो समय शिवसताक्षीका किसानहरुमा तोरीको आकर्षण बढ्दै गएको छ । सरकारले तोरी खेतीमा अनुदान दिएको छ । अनुदान प्राप्त हुने भएपछि कृषकहरुले तोरी खेतीलाई प्रमुख प्राथमिकतामा राखेका छन् । तोरी खेतीलाई प्रवद्र्धन एवं प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन भने संघीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । शिवसताक्षी नगरपालिकाले तोरी खेतीका लागि १० लाख अनुदान दिइएको छ । शिवसताक्षी नगरपालिकाले गएको कार्तिक महिना मै तोरी खेतीमा अनुदान दिने सूचना प्रकाशित गरेको थियो । नगरपालिकाले १० विगाह क्षेत्रफलमा तोरी लगाउने कृषकलाई ७५ प्रतिशत अनुदान दिने जनाएको छ । हाल नगरपालिकामा…

Read More

झापा, १६ पुस । श्रीमती हत्या गरेको अभियोगमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । आफ्नै श्रीमती ६० वर्षीया इन्द्रकुमारी बिश्वकर्माको हत्या आरोपमा इलाम माङ्सेबुङ गाउँपालिका–४ घर भई झापा दमक नगरपालिका–२ बगर मखमली टोल बस्ने ६० वर्षीय धनबहादुर बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा धनबहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा इन्द्रकुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

झापा, १६ पुस । खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन् । भिडियो पोष्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो । सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उमालाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ । पक्राउ परेकी उमाले १० पुसमा वनझाँक्री बस्ने गुफा र ११ पुसमा चारधाम सिक्किम घुमफिरबारे भिडियो सामग्री पोस्ट गरेकी थिइन् । साथै उनले सिक्किममा साकेला मनाउनका लागि भिडियोमार्फत आव्हान गरेकी थिइन् । त्यसैलाई आधार बनाएर पक्राउ गरिएको…

Read More

झापा, १६ पुस । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। ईस्वी संवत्‌को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन्। पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ।विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि घुमघाम गर्ने, पिकनिक खान जाने क्रम बढ्दै गएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् ९सन्० सुरुवात भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष…

Read More

झापा, १० पुस । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आङ्कलन गरिएको थियो । एक महिनाको अवधिमा भुईँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार वर्षाका लागि सक्रिय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको हो । एक महिनामा जति पनि पश्चिमी वायु नेपाल नभित्रिएर मौसम राम्रो नभएको उहाँ औँल्याउँछन् । उनले भने, “राम्रो प्रणाली आइदिएको भए आकाशमा जमेका प्रदूषित वायु तथा तुवाँलो हटेर वर्षाका लागि…

Read More

झापा, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात् सहमति गर्ने जनाइसकेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन् । मन्त्रिपरिषद् हेरफेर हुँदा…

Read More

बिर्तामोड, १६ पुस । झापाको बिर्तामोडमा तमु ल्होसार पर्व भव्य रुपमा मनाइएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नगर इकाई समितिको आयोजनामा ‘तमु ल्होसार मव्यताका साथ मनाइएको हो । तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर इकाई समितिका अध्यक्ष सलबहादुर गुरुङले अध्यक्षता बिर्तामोड–१० सैनिकस्थित धर्म चक्र बैद्ध गुम्बा परिसरमा आयोजित समारोहको कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईले उद्घाटन गर्नुभएको थियो । हरेक पुस महिनाको १५ गते गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने…

Read More

झापा, १६ पुस । उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुव्रmबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएपछि आइतबार पुनः आवेदन खुुला गरेको हो । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागीले पुस १६ देखि १८ सम्म आवेदन दिन सक्ने छन् । शाखाका अनुसार सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७०८ वटा आवेदन परेका…

Read More

झापा, १६ पुस । आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ । यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ । समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन । विजया दशमी २६ गते परेको छ । असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले…

Read More