झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ पुस । काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप ९इ–सिगरेट० को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्वादका लागि तानेको थिएँ, अहिले बानी नै प¥यो,’ उनले भने। त्यस्तै काठमाडौं बानेश्वरका २३ वर्षीय सविन थापा ९नाम परिवर्तन० ले कलेजमा पढ्दा लागेको चुरोटको लत छाड्न भेपको सहारा लिए। पछि उनी पनि त्यसकै लतमा परे। उनी अहिले चुरोट र भेप दुवै प्रयोग गर्छन्। सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको छ। ‘अनलाइनबाटै बिक्री गरेर दैनिक अढाई लाख नाफा हुन्छ,’ काठमाडौंका…

Read More

झापा, १२ पुस । नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् लाइन काट्नु गलत रहेको भन्दै एकथरी विरोधमा उत्रिएका छन् । त्यस्तै, अर्कोथरीले देशभर लोडसेडिङ उत्सर्गमा पुगेका बेला निर्वाध बिजुली प्रयोग गर्ने तर महसुल तिर्न आनाकानी गर्दै राज्यलाई अब रुपियाँ नोक्सानीमा पुण्याउन खाजेको भनाइ छ । झण्डै एक दशकदेखि अल्भिएर बसेको यो विवाद विद्युत् आपूर्ति बन्द भएसँगै वारपार हुने स्थितिमा छ । प्राधिकरणले गत शुक्रबार र शनिबार गरी ९ वटा उद्योगको विद्युत् आपूर्ति बन्द गरिदिएको छ । विद्युत् आपूर्ति बन्द भएपछि…

Read More

द्रोण अधिकारीभद्रपुर, ११ पुस । भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरी खेतीमा अनुदान कार्यक्रम लागुगरेपछि किसानको तोरी खेतीप्रति आकर्षण बढ्दै गएको छ । अनुदानका लागि कार्यपालिकाले तय गरेको नीति अनुसार न्युनतम १० कठ्ठा खेती गर्ने किशानले प्रतिकठ्ठा ६ सय अनुदान पाउन थालेपछि हरेक वर्ष तोरी खेती बढ्दै गएको हो । हरेक वर्ष अनुदानका कारण तोरी खेती बढे पनि उपभोक्ताले भद्रपुरको तोरी भन्दा बाहिरबाट आयात गरिएको तोरी सहुलियत दरमा किन्न पाइरहेको गुनासो भने घटेको छैन । तेलहन बाली प्रर्वधन कार्यक्रम अन्र्तगत गत वर्ष भद्रपुरमा २०० हेक्टर क्षेत्रफलमा तोरी खेती लगाइएको थियो भने यस आर्थिक वर्षमा पनि तेलहन बाली…

Read More

झापा, ११ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधबार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवातगर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठूलो सानो नहुने बताएका हुन् । ‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा को ठूलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी छ ।’ मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्वपूर्ण साबित हुने उल्लेख गरेका छन् । ‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने भएको छ’, उनले…

Read More

झापा, ११ पुस । कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विद्येक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताएका छन् । मुख्यमन्त्री केदार कार्कीले हृदय रोग उपचार केन्द्र तत्काल सञ्चालनका लागि कार्यविधि बनाएर काम अघि बढाएको बताएका हुन् । बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय…

Read More

बिर्तामोड, ११ पुस । झापाको बिर्तामोडस्थित सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा पछाडि परेका समुदायका लागि स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । फेयरमेड फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित विश्वास परियोजनाले बुधबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेर हालसम्म गरेको कामको जानकारी दिएको हो । दुई वर्षअघि शुरु भएको परियोजनाले तीन वटा जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । चेतनाको कमीले अझै पनि रोगहरु लुकाउने प्रचलन रहिरहेकाले रोगीको संख्या न्यूनीकरण हुन नसकेको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरी बताए । उनले सञ्चारकर्मीले सचेतना अभिबृद्धि गर्ने खालको काम गर्नुपर्नेमा जोड दिए । परियोजनाले सञ्चारकर्र्मीहरुलाई पनि…

Read More

ताप्लेजुङ, ११ पुस । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी वनबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् । विशेष सूचनाको आधारमा मंगलबार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त बनबाट भरुवा बन्दुक–२ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामग्रीहरु, खुकुरी–१ थान, गेटिस (गुलेली)– १ थान, मारेको कालिज–१ वटा र मोबाइल १ थानसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

मोरङ, ११ पुस । मोरङको विराटनगर महानगरपालिका–१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ खोटाङका २५ वर्षीय मिलन राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थपअनुसन्धान भईरहेको छ ।

Read More

झापा, ११ पुस । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए । “झापा इनर्जीको यो परीक्षण उत्पादन हो”, उनले भने, “केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ ।” उक्त विद्युत् उत्पादन सबस्टेशनमा जोडिँदा विर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा, प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईलगायतको उपस्थिति थियो । झापा इनर्जीका प्रबन्ध निर्देशक भट्टराईले आगामी…

Read More

बिर्तामोड, ११ पुस । मनमोहन अस्पताल बिर्तामोडको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उत्पन्न तनाव साम्य भएको छ । दोषीलाई कारवाही र मृतकका छोराछोरीलाई शिक्षादीक्षा दिने सहमति जुटेपछि तनाव साम्य भएको हो । अस्पतालले मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छनविन समिति बनाउने अस्पताल प्रशासन र पीडितपक्षबीच सहमति भएपछि समस्या समाधान भएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने सहमति जुटेपछि मृतकको शव आफन्तले बुझेको मृतकका भाञ्जा भवानीप्रसाद दंगालले बताए । अस्पताल प्रशासन र मृतकका आफन्तबीच इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार भएको छलफलमा उक्त सहमति…

Read More