
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ पुस । पछिल्लो पटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ । यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्राउ परेको थियो । गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन गरी तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो । विमानस्थल भन्सार कार्यालय अधिकृत एवं छानबिनसमितिका संयोजक भन्सार अधिकृत मणिराम पौडेलले प्रमुख…
द्रोण अधिकारीयो पृथ्वी सवै प्राणी र जीवको साझा घर हो । हरेकले आफ्नो अस्तित्व गर्वका साथ यही पृथ्वीमा जमाउन पाउनु प्रकृतिसिद्ध अधिकार पनि हो । तर सवै जीवको अधिकारमाथि चेतनशील भनिएको मानवले अतिक्रमण गर्ने क्रम बढ्दो छ । मानवका कारण उत्पन्न अतिक्रमित विचार नै जंगली जनवारसितको द्वन्द्वको उदय हो । प्राकृतिक सम्पदाको विनास बढेसंगै प्रकृतिबाट सिर्जित वस्तु बीचमा द्वन्द्व बढेर नयाँ विनासको अध्याय सुरू हुन्छ भन्ने प्रकृति प्रद्धत्त सिद्धान्त छ । यस सत्य भावलाई मात्र स्वीकार गर्ने हो भने जंगली जनवार र मानव बीचको द्वन्द्व किन र केका लागि हो भन्ने प्रश्नको उत्तर सजिलै पाउन सकिन्छ । तर, मानिसले प्रकृतिको…
बिर्तामोड, ९ पुस । झापाको बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन सञ्चालन गरेको शिबिरमा नगरक्षेत्रभरीबाट संकलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरेको हो । बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यस अघि नै २ हजार १ सय भन्दा बढी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरीसकेको छ । सामुदायिक कुकुरको संख्या बढेसंगै कुकुरबाट सर्ने रेबिज लगायतका रोगहरुको जोखिम पनि बढ्दै गएपछि यसको प्रजनन्दर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरीएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । कुकुरलाई…
शिवसताक्षी, ८ पुस । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आ।व। २०८०÷०८१ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै पालिकामा न्युनतम पारिश्रमिकमा कामको थालनी गर्दै काममा दक्षता हासिल गर्न सहभागीहरुलाई सुझाएका थिए । कम्तिमा पनि सरकारले विपन्न परिवारलाई आफ्नो घर खर्च चलाउन सहयोगी बन्ने उद्देश्यले सरकारले प्रधानमन्त्री कार्यक्रमको सुरुवात गरेकोे बताए । सहभागीहरुले कामलाई ठुलो सानो नठानी नगरको विकास हातेमालो गर्न अग्रसर हुन जोड दिएका थिए। श्रमिकले एक सय दिनको कामका लागि ६७ हजार बढी रकम प्राप्त गर्नेछन् । यो…
भद्रपुर, ८ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई माविमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमका बीच प्रतिष्ठानले कनकाई–३ स्थित कनकाई माविमा कक्षा–१ देखि ८ कक्षासम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा ५० जना विद्यार्थीलाई जुत्ता, मोजा र स्वीटर वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि, जनप्रतिनिधि एवम् दाता संस्थाका प्रतिनिधि लगायतले बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि…
लक्ष्मीपुर, ८ पुस । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बिहीवारे बजारस्थित श्री नवदुर्गा पञ्चायनतन मन्दिरमा श्रीमद् स्कन्ध महापुराणको तयारी गरिएको छ । मन्दिरमा १९ औ अनुष्ठान तथा १८ औं महापुराणको आयोजना गर्न लागिएको हो । आगामी पुस १० देखि १८ गतेसम्म मन्दिरमा १८ औं महापुराण आयोजना गरिने मुल आयोजक समितिले आइतवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो । महापुराण सम्पन्न गर्न बिभिन्न १२ वटा उपसमिति निर्माण गरेको मुल आयोजक समितिका संयोजक छबिलाल लम्सालले जानकारी दिए । महापुराण सम्पन्न गर्न बिमल ढुङ्गेलको संयोजकत्वमा सोभायात्रा ब्यवस्थापन उप–समिति, बिन्दा रेग्मीको संयोजकत्वमा लाखबत्ती ब्यवस्थापन उपसमिति, देबीचरण गिरीको संयोजकत्वमा मण्डप ब्यवस्थापन उपसमिति, पवित्रा…
काठमाडौं, ८ पुस। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ ।आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ । आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो । आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए । क्रिकेटर सन्दीप लामिछानेमाथि गत वर्ष एक किशोरीलाई होटलमा लगी बलात्कार गरेको अभियोग छ ।
काठमाण्डौ, ८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उहाँले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यस पटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ । यस पटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस् ।’…
काठमाण्डौ, ८ पुस । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । आज आइतवार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ८१ रनको फराकिलो अन्तरले हरायो । सुदूरपश्चिमले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७० रनमात्रै बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनौजिया र जानकी थापाले समान ३ विकेट लिइन् । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले ५० बलमा नट…
काठमाडौँ, ८ पुस ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोशिमा कार्कीले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । संसद्को शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा बोल्दै कार्कीले विधेयकमा संशोधन भन्दा पुनर्लेखन गर्नुपर्ने बताएकी हुन् । विधेयकमाथि संशोधनका लागि १ हजार ७५७ विवरणमा संशोधन प्रस्ताव पेस गरिएको छ। कुनै पनि विधेयकमा दुई तिहाइभन्दा बढी संशोधन प्रस्ताव पेस भएको खण्डमा त्यो विधेयक पुनर्लेखनै गर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताइन् । यो विधेयकमा संशोधनभन्दा पुनर्लेखनतर्फ विचार गर्न उनले आग्रह गरेकी हुन् । अहिले ब्रेन ड्रेनको समस्या बढ्दो रूपमा रहेको भन्दै शिक्षा विधेयक यो समस्या समाधान गर्नेगरी बनाउनुपर्ने उनले बताइन्