
काठमाडौँ, ८ पुस ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोशिमा कार्कीले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । संसद्को शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा बोल्दै कार्कीले विधेयकमा संशोधन भन्दा पुनर्लेखन गर्नुपर्ने बताएकी हुन् ।
विधेयकमाथि संशोधनका लागि १ हजार ७५७ विवरणमा संशोधन प्रस्ताव पेस गरिएको छ। कुनै पनि विधेयकमा दुई तिहाइभन्दा बढी संशोधन प्रस्ताव पेस भएको खण्डमा त्यो विधेयक पुनर्लेखनै गर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताइन् ।
यो विधेयकमा संशोधनभन्दा पुनर्लेखनतर्फ विचार गर्न उनले आग्रह गरेकी हुन् । अहिले ब्रेन ड्रेनको समस्या बढ्दो रूपमा रहेको भन्दै शिक्षा विधेयक यो समस्या समाधान गर्नेगरी बनाउनुपर्ने उनले बताइन्
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



