झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३ मंसिर । झापाको भद्रपुर–५ स्थित मेची नदीमा भव्यताका साथ यस वर्षको छठ पर्व मनाइँर्दै छ । मेची नदीमा नेपाल र भारत दुवै तर्फका भक्तजनले धुमधामका साथ छठ पर्व मनाउने गरेका छन् । आज बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व समापन हुनेछ ।

Read More

झापा, ३ मंसिर । आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ति जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ । आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने बताए । उनले जुत्तामा राखिएको आचार्यहरूको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुने गरी…

Read More

झापा, ३ मंसिर । झापाको कमल गाउँपालिका–३ कमल पुलस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार राति प्रदेश १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्ण बहादुर गिरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ भने मोटरसाइकल चालक दमक–३ का ३० वर्षीय रोशन धिमाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

Read More

भद्रपुर, ३ मंसिर । झापाको मेचीनगर नगरपालिका–१३ चारआली स्थित खाजा पसलमा आगलागी भएको छ । आज बिहान १ः५० बजे मेचीनगर–१३ चारआलीस्थित सोही स्थानकी अनिता शर्मा न्यौपाने टिन र काठबाट बनेको खाजा पसल (गुम्ती)मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । विद्युत् सर्ट भई आगलागी हुँदा गुम्तीमा रहेको ग्याँच, चुल्हो, टेबल लगायतका करिब रू दुई लाख ५० हजार मूल्य बराबरको सामान चलेर नष्ट भएको छ । आगलागी इलाका प्रहरी कार्यालय चारआलीको प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा बिहान २ः२० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ३ मंसिर । हालसम्म आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा तीनवटा राष्ट्रले मात्र एक खेल पनि नहारी उपाधि जित्ने कीर्तिमान बनाएका छन् । वेस्ट इन्डिजले दुई, अस्ट्रेलियाले दुई र श्रीलंकाले एकपटक अपराजित रहँदै विश्वकपको उपाधि चुमेका छन् । आफूले खेलेका सबै खेल जितेर विश्वकपको उपाधि चुम्ने राष्ट्र भने वेस्ट इन्डिज र अस्ट्रेलियामात्र हुन् । वेस्ट इन्डिजले सन् १९७५ मा अपराजित रहँदै एकदिवसीय विश्वकप जितेको थियो । त्यतिबेला वेस्ट इन्डिजले समूहगत चरणको तीनवटै खेल जितेको थियो । वेस्ट इन्डिजले सेमिफाइनलमा न्युजिल्यान्ड र फाइनलमा अस्ट्रेलियालाई हराएको थियो । यसैगरी वेस्ट इन्डिजले सन् १९७९ मा आयोजित दोस्रो विश्वकपको उपाधि पनि एक खेल पनि नहारी…

Read More

झापा, ३ मंसिर । प्रहरीले कपालमा लुकाएर ब्राउनसुगर ल्याउँदै गरेको अवस्थामा एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार शिवसताक्षी नगरपालिका–१ का २९ वर्षीया कमला राउतलाई कपालमा लुकाएर भारतबाट नेपाल तर्फ ब्राउनसुगर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । झापा गाउँपालिका–४ स्थित सुकुम्बासी टोल जाने बाटोमा प्रहरी चौकी टाघनडुब्बा र बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी राउतलाई शंका लागी चेकजाँच गर्दा कपालभित्र राखी लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम ७७० मिलि ग्राम फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै, शनिबार…

Read More

झापा, ३ मंसिर । साउनदेखि कात्तिकसम्मको चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । उक्त अवधिमा सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य लिएको पनि लक्ष्यको ६९.०३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । असोज महिनाको अन्तिमसम्ममा १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य तय भएको थियो । तर, १ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजश्व संकलन भएको थियो । जुन, लक्ष्यको ७४ प्रतिशत हो ।

Read More

दमक, ३ मंसिर । छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल ९घाट० निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए । छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यस वर्ष नेपालीको साझा चाडका रुपमा लिएर घाट सङ्ख्या पनि बढाइएको मैथिली सेवा समिति, दमकका अध्यक्ष कृष्ण साहले बताए । उनले भने, “अब यो सबै नेपालीको साझा पर्व हो ।” दमक–७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको…

Read More

झापा, ३ मंसिर । बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० ले कात्तिक २३ गते विभिन्न बैङ्क, वित्तीय संस्था तथा सहकारीका खातामा एकमुस्ट रकम पठाइदिएको थियो । तर, कात्तिक २४ गते शुक्रबार बैङ्क खुलेदेखि ३० गतेसम्म तिहार बिदा भयो । मङ्सिर १ गते शुक्रबार बैङ्क खुले पनि अधिकांश बैङ्कले किसानको खातामा पैसा पठाएका छैनन् । चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दसैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए…

Read More

झापा, ३ मंसिर । झापाको गौरीगञ्ज गाउँपालिकाबाट प्रहरी अवैध कपडा बरामद गरेको छ । शनिबार बेलुका ७ः३० बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका–१ देबिगडा हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको जाडोमा प्रयोग गर्ने करिब १ लाख १० हजार रुपैयाँ बराबरको ५३ थान ज्याकेट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More