झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनलाई प्रभावकारी र नतिजामुखी बनाउनका लागि सांसदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आइतबार कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘मलाई लागेको थियो प्रश्न तिखा तिखा आउँछन् र म र्याखर्याख्ती हुन्छु । मलाई उत्तर दिनका लागि विज्ञ चाहिन्छ भनेर आशा गरेको थिएँ र आगामी दिनमा पनि आशा गर्दछु ।’ उहाँले सदनभित्र हुने गहन छलफलले उत्तर मात्रै नभई प्रतिफल पनि आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सरकार…

Read More

झापा, १० मंसिर । सहकारी अभियानको नेतृत्व गर्न चाहनेहरुको आचरण र ब्यवहार सँगसँगै तिनको प्रारम्भिक संस्थाको मूल्याङ्कन गरेर मात्र उम्मेदवार बन्न पाउने गरी नेकपा एमालेले नीति कार्यान्वयनमा ल्याउने भएको छ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले आज झापाको दमकमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका अधिकारीले भने, ‘हिजो के भयो म त्यता जान्न तर अबदेखि सहकारी संघ–महासंघ, विषयगत संघहरु, सहकारी बैंक आदिको नेतृत्वमा जान चाहनेहरु एमालेजनहरु सहकारी अभियान बुझेको, नेतृत्व गर्न सक्ने क्षमता भएको तथा आर्थिकरुपमा क्लिन हुन जरुरी छ ।’ नेपाल सरकारकोे गृहमन्त्री, स्वास्थ्य…

Read More

भद्रपुर, १० मंसिर । झापाको भद्रपुरमा जारी झापा लिग तथा नकआउट फुटबल प्रतियोगितामा बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले शानदार जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका आफ्नो समूहमा सशक्त टिम बनेको छ । त्यस्तै, आजको दोस्रो खेलमा मेचीनगर नगरपालिका विजयी भयो । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै बुद्धशान्ति र मेचीनगरले तीनतीन अंक जोडेका छन् । पहिलो खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए भने दोस्रो खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । झापाबाट…

Read More

विराटनगर, १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा उहाँले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको हो । बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको बताउनुभयो । ’प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । उहाँले भन्नुभयो, समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौँ ।’ मुख्यमन्त्री कार्कीले व्यक्तिगत स्वार्थका योजना तथा कार्यक्रम पेस नगर्न आग्रह समेत गर्नुभएको छ । ’यो पटक बाटै हामीले सुरुवात गरिसकेका छौँ । व्यक्तिगत…

Read More

झापा, १० मंसिर । नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्। एक महिनाभन्दा लामो समयदेखि २ हवल्दारसहित २६ प्रहरी एक महिना अघिदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। नक्सालस्थित प्रहरी महनिरीक्षकको सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सम्पर्कमा नरहेका २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवानलाई एक साताभित्र सम्पर्कमा आउन र उक्त अवधिमा समेत नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ ।

Read More

झापा, १० मंसिर । विश्व जलवायु सम्मेलनमा पुरानै मुद्दा उठाउने तयारी सरकारको छ। दुबईमा हुने यस वर्षको कोपमा नेपाल सरकारले विगतको झैं जलवायु वित्त, हानिनोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, न्यूनीकरण, कार्बन व्यापार, ग्लोबल स्टक टेक, पारदर्शिता, बालबालिका, युवा र लैंगिक मुद्दा अघि सारेको छ। तर, फरक के छ भने यसपल्ट आफ्ना मुद्दालाई स्थापित गर्ने र सशक्त रूपमा प्रस्तुत हुने दाबी सरकारले गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यसपल्ट पहिलाका जस्तै मुद्दाहरू उठाउने बताएका छन्। राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना मुद्दालाई १ सय ६० भन्दा बढी देशका राष्ट्र÷सरकार प्रमुखका अगाडि सशक्त ढंगले राख्ने तयारी भएको…

Read More

झापा, १० मंसिर । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ जना र सुरक्षा निकाय तथा संगठित संस्थातर्फ परीक्षा दिने ३२ जना रहेको लोकसेवा आयोगले जनाएको छ । परीक्षा दिएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता नभएका ३ जना, उत्तर पुस्तिका नबुझाई साथमा लिई गएका ३, अरूको उत्तर पुस्तिका लिई नक्कल गरेका १, अरूलाई…

Read More

काठामडौं, १० मंसिर । सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन् । बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ ।डेढ वर्षअघि विशेष अदालतले दोषी ठहऱ्याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे । यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा…

Read More

झापा, १० मंसिर । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो । आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । उनले भने– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’ शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा…

Read More

झापा, ९ मंसिर । झापाको बिर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले भव्य स्वागत गरेका छन् । बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए । पूर्वराजा शाहले बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

Read More