
झापा, ९ मंसिर । झापाको बिर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले भव्य स्वागत गरेका छन् ।
बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए । पूर्वराजा शाहले बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



