झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ कात्तिक । बैंकिङ कसुरमा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–२ का ३१ को शम्सेर कन्दंवा र मेचीनगर–१० की ३७ वर्षीय जुनु तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । कन्दंवालाई उच्च अदालत विराटनगर, इलाम इजलासको २०७९ असोज ५ गतेको फैसला अनुसार ७ दिन कैद, ७ लाख ५० जरिवाना र ३०,०००।– पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका तेह्रथुम साबिक चुहानडाँडा गाविस–१ स्थायी घर भई हाल झापाको बिर्तामोड–२ मा बस्दै आएका कन्दंवालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोली र…

Read More

बिर्तामोड, २४ कात्तिक । नेकपा एमाले झापा जिल्ला कमिटीको आयोजनामा आज पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न भएको छ । झापाका स्थानीय तहमा नेकपा एमालेको तर्फबाट निर्वाचित प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षसहित पार्टीको तर्फबाट पालिका अध्यक्ष र इन्चार्जसहित स्थानीय विकास विभागका पदाधिकारी सदस्यहरुको सहभागितामा पालिका समन्वय संयन्त्रको समीक्षा बैठक सम्पन्न गरिएको हो । नेकपा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा पार्टीका पोलिटब्युरो सदस्य तथा स्थानीय विकास केन्द्रीय विभागका प्रमुख देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा समीक्षा बैठक गरिएको हो । समन्वय संयन्त्रको समीक्षा बैठकको सहजीकरण स्थानीय विकास केन्द्रीय विभागका सचिव हर्कराज राईले गरेका थिए । समीक्षा बैठकमा झापाका सबै १५ वटै पालिकाहरुको…

Read More

बिर्तामोड, २४ कात्तिक । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको तदर्थ समिति गठन भएको छ । बिर्तामोडमा आज भएको भेलाले रमेश तिवारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । संघको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सह–सचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन भएका छन् । त्यस्तै, सदस्यमा सन्तोष शर्मा, सन्तोष न्यौपाने, उद्धव पुरी, निराजन निरौला, सुनिता तामाङ, अस्मिता साखी, दिपेन भेटवाल, रविकिरण वान्तवा, अभिषेक धमला र नगेन्द्र नेपाल सर्वसम्मत् चयन भएका छन् । संघका कोशी प्रदेश समितिका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलामा संघको केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत रमेश तिवारीले…

Read More

भद्रपुर, २४ कात्तिक । स्वास्थ्य कार्यालय झापा प्रदेश प्रथम भएको छ । कार्यालयले सम्पादन गरेको कामको मूल्यांकनको आधारमा कोशी प्रदेशका १४ जिल्लामध्ये स्वास्थ्य कार्यालय झापा प्रथम घोषित भएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले कार्यालयको कामको मूल्यांकन गर्दै प्रथम पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेको छ । कात्तिक २१ देखि २३ गतेसम्म सञ्चालित प्रदेश स्तरीय एकीकृत वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा स्वास्थ्य सचिव डा. सुधा देवकोटाले स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यालयका साथै झापाका सबै पालिकाका स्वास्थ्य शाखा, स्वयम्सेविका लगायत सरोकारवाला सबै निकायको सहयोग र सहकार्यका कारण प्रदेश प्रथम हुन सफल भएको प्रमुख बराकोटीले बताउनुभयो ।…

Read More

झापा, २४ कात्तिक । झापा जिल्लाको बुद्धशान्ती गाउँपालिका-५ का ४५ बर्षिय धन बहादुर कट्वालको हत्यामा संलग्न रहेका उनकै सालोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ३५ बर्षिय रोशन अधिकारी रहेका छन् । कार्तिक २२ गते राती ११ बजे सालो भिनाजुको बिचमा घरायसी बिषयमा बादबिबाद हुँदा अधिकारीले कट्वाललाई खुकुरी र बाँसले टाउको र शरीरको बिभिन्न भागमा प्रहार गर्दा गम्भिर घाईते भएका कट्वाललाई उपचारकोलागी प्रादेशिक अस्पताल भद्रपुर लगीएकोमा उनको उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको हो । घटनाबारे जनाकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने रोशन अधिकारीलाई तत्काल पक्राउ गरेको हो । घटना…

Read More

झापा, २४ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका- १० स्थित आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे स्थानिय ७३ बर्षीय शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा निजको श्रीमती ७५ बर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीको खबर प्राप्त भएसगै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटिगई स्थानीयवासीहरुको समेत सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो । आगलागीमा परेर घाईते भएका शिव कुमार राईको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

बिर्तामोड, २४ कात्तिक । झापाको बिर्तामोड २ स्थित चारपोनमा आज शुक्रबार बिहान ५:४५ बजेको समयमा गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जांदै गरेको प्रदेश ०१ –०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नबराज न्यौपानेले जानकारी दिए । ठक्कर दिने गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । मृत्यु भएका राजवंशीको शव पोष्टमाटमकालागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

Read More

झापा, २४ कात्तिक । मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेटबाट स्रोत नखुलेको तीन लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय ५ सय दरका नोट ५ सय थान, २ सय दरका नोटको २ सय थान र १ सय दरका नोट ३ सय थान गरी जम्मा उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । उनलाई उक्त भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय टहरीमा बुझाइएको छ ।

Read More

झापा, २४ कात्तिक । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९÷८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी…

Read More

काठमाडौं, २४ कात्तिक । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थिए । बिहीबार बसेको न्यापरिषद् सदस्यहरूको छलफलमा शुक्रबारसम्म न्यायाधीशको नाम टुंग्याउने सहमतिनजिक पुगेको परिषद्का एक सदस्यले बताए । कानुनमन्त्री धनराज गुरुङले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रियामा सत्ता गठबन्धन दलको भागबन्डामा पर्नेगरी न्यायाधीश नियुक्ति हुनुपर्नेमा घुमाउरो रूपमा जोड दिएको न्याय परिषद्का एक सदस्यले बताए । हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीसहित २१ जनाको दरबन्दीमा सात जना न्यायाधीश रिक्त छन् । तीमध्ये हाल न्यायाधीश नियुक्तिको सिफारिस…

Read More