
झापा, २२ असार । आज पनि देशका विभिन्न स्थानमा वर्षा र हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणमा दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा रहिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान, मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको सम्भावना छ।
राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षार हिमपातको सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थान, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।


