
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इटहरी, २९ कात्तिक । सुनसरीको दुहबी नगरपालिका–३ सोनापुर स्थितमा रहेको प्रिमियम अग्र्यानिक बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर कामदारको मृत्यु भएको छ । सोमबार राति साढे ५ बजे स्थानीय १८ वर्षीय प्रमोद सरदारको काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २९ कात्तिक । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको…
उदयपुर, २८ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१६ धौरी की ५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् । गत २६ गते राती मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ वर्षीय जसबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । कुटपिटबाट घाइते भएकी सुनमायाको मंगलबार मृत्यु भएको उक्त कार्यालयले जनाएको छ भने घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।
झापा, २९ कात्तिक । झापाको कन्काई नगरपालिका–९ मन्त्रिबारी स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । सोमबार राति साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र २–०३–०१५ प ४०७८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४० वर्षीय संजय साह गम्भीरर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए । घटनाबारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भिटामिन सीयुक्त खाद्यपदार्थभिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसल शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ। जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त खाद्य पदार्थ खानामा समावेश गर्नु निकै आवश्यक हुन्छ। यो समयमा सुन्तला, निम्बु, किबि, पालुंगोको साग आदि जस्ता खाद्य पदार्थ समावेश गर्न सकिन्छ। पानीचिसोका कारण अधिकांशले पानी एकदमै कम प्रयोगमा ल्याउँछन्। जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन्। शरीरमा पानीको कमीबाट हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ। प्रोटिनको खपत बढाउनेशरीरमा क्यालोरी खपत गर्नका लागि प्रोटिन मुख्य माध्यमहरू हुन्। सामान्यतया चिसोका कारण दैनिक गतिविधिहरूमा कम सक्रिय भइने हुँदा शरीरमा…
झापा, २८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चेपाङ समुदायलाई ब्ल्याङकेट वितरण गरेका छन् । मन्त्री किरातीले चितवनको इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई दुई/दुई वटा ब्ल्याङकेट वितरण गरेका हुन् । सोमबार चेपाङ बस्तीमै पुगेर उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जनाएका छन् । मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन योगदान पु¥याएवापत भोटेबहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच÷पाँच हजार सहित सम्मान गरेका छन् । सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा, संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनले बताए । सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए ।
झापा, २८ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै जताततै यसैको चर्चा छ ।। राजनीतिक दलका चल्ता पूर्जाहरुले पनि यसको विरोध गरिरहेका छन् भने समर्थन गर्नेको कमी छैन । चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको यस एपमा प्रतिबन्ध लगाउने देशको संख्या २७ पुगेको छ । सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले यस्ता निर्णय लिएका सरकार तथा राज्यहरूको सूची नै सञ्चारमाध्यमलाई उपलब्ध गराएको छ। नेपालसँगै बेलायत, अमेरिका, न्युजिल्यान्ड, क्यानडा, ताइवान, बेल्जियम, डेनमार्क, पाकिस्तान, अफगानिस्तान, भारत, सोमालिया, अर्मेनिया, अजरबैजान, बंगलादेश, इन्डोनेसिया, इरान, जोर्डन,…
झापा, २८ कात्तिक । मोरङको उर्लाबारी आगलागीका १४ घाइतेलाई थप उपचार गर्न काठमाडौँ पठाइएको छ । उर्लाबारी–७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर २८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएकाहरूको थियो । तीमध्ये कोशी प्रदेश सरकारले समन्वयमा १४ जनालाई थप उपचारका लागि काठमाडौंँ पठाइएको हो । लक्ष्मीपूजाको राति स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका थिए । शरीर जलेर गम्भीर घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई नेपाली सेनाको स्काई ट्रकबाट थप उपचार गर्न काठमाडौँ पठाइएको हो । उनीहरूलाई बर्न अस्पतालमा भर्ना गरिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । घाइतेहरूको…
झापा, २८ कात्तिक । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।
झापा, २८ कात्तिक । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने । विसं…