झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ मंसिर । नेपाल प्रहरीले जातीय विभेद गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । मेचीनगर–१० निवासी ३६ वर्षीया रञ्जु विश्वकर्मा कडरियालाई जातीय विभेद गरेको आरोपमा उनकै छिमेकी ४७ वर्षीया मैया दाहाल र ४९ वर्षीया सीता दाहाललाई प्रहरीले पक्राउ गरेको हो । आफूमाथि जातीय विभेद भएको भन्दै करिव दुई महिना अघि उनले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएकी थिइन् । जातीय भेदभावसहित अपमान गरेको भन्दै विश्वकर्माले गत असोज २४ गते नै जाहेरी दिएकी थिइन् । विश्वकर्माले दिएको जाहेरी अनुसार छिमेकी सीताको घरबाट दूध किनेर खान थालेको दुई दिनपछि गतअसोज २२ गते अचानक उनलाई दूध दिन छाडिएको थियो । विश्वकर्माले…

Read More

कनकाई, २१ मंसिर । झापा कनकाई नगरपालिका–२ की ब्लड क्यान्सर पीडित बालिका पाँच वर्षीय मञ्जिला भुजेललाई आर्थिक सहयोग जुटाउने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ । अनुप्रस्थ फाउन्डेसन काठमाडौंको आयोजना र कन्काई मावि, कनकाई उद्योग वाणिज्य सङ्घ, ग्लोबल एडुकेयर एकाडेमी र शुरुवाती कोठा नेपालको सहआयोजनामा हुने कार्यक्रममा अनुप्रस्थ ब्याण्ड, नामग्याल लामा ब्याण्ड, विश्वास उप्रेती ब्याण्डको प्रस्तुतिका साथै भक्त विक, राजेश बस्नेत, अस्रफ डान्स सेन्टर लगायतका स्थानीय प्रस्तुति रहने गरी सांगीतिक कार्यक्रम हुन लागेको हो । महेन्द्र र चन्द्रकला भुजेलकी छोरी मञ्जिलाको उपचारका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । कन्काई माविको खेलमैदानमा आगामी मंसिर २३ गते शनिबार…

Read More

झापा, २१ मंसिर । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया…

Read More

झापा, २१ मंसिर । मुलुकमा लघुवित्तको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको चरम केन्द्रीकरण भएको देखिएको छ । लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको देखिएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत सङ्कलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्ना सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत सङ्कलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ तर नेपाल राष्ट्र…

Read More

झापा, २१ मंसिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर कारोबारका भएको घोटालाप्रति संसदीय समितिहरू तातिएका छन् । बुधबार प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति र अर्थ समितिको बैठकमा एनसेलको सेयर कारोबारबारे चासो राख्दै तातिएका हुन् । सार्वजनिक सञ्चार माध्यममा एनसेलको सेयर कारोबारमा ठूलो चलखेल भएको र राज्यलाई अर्बौं रुपियाँ नोक्सानी भएका समाचार सार्वजनिक भएपछि संसदीय समितिहरूले चासो राख्दै बुधबार दुई समितिको छुट्टाछुट्टै बैठक आह्वान गरिएको थियो । बैठकमा एनसेलको सेयर कारोबारमा देशको प्रचलित नियम कानुनको धज्जी उडाउनुका साथै ठूलो परिमाणमा राजस्व छली र नेपालमा लगानीको वातावरण नभएको जस्ता गम्भीर आरोप लगाइएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए । त्यस्तै,…

Read More

झापा, २१ मंसिर । नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि। विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा होमिन पनि पछि परेनन्। यसैक्रममा ६ नेपालीले ज्यान गुमाइसके। एक जना युक्रेनले बन्धक बनाएको पुष्टि सरकारले नै गरेको छ। यी तथ्यांक आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेका हुन्। पुष्टि नभएका अन्य तथ्यांकमा मृतक र बन्धकको संख्या बढी आइरहेका छन्। मृतक र बन्धकको संख्या बढ्न थालेपछि सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्‍याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन्। यसै क्रममा पूर्वसुरक्षाकर्मी, मेनपावर, शैक्षिक परामर्श दिने ‘कन्सल्टेन्सी’…

Read More

झापा, २१ मंसिर । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युुवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युुवाको रोजगारी युरोपतिर मोडिएको हो । चालुु आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालुु आवको पहिलो चार महिनामा दुुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।जब कि गत आव २०७९–८० मा सो अवधिमा क्रोएसिया, माल्टा र पोल्यान्डमा साढे सात हजार रोजगारीका लागि गएका थिए । चालुु आव र गत…

Read More

झापा, २० मंसिर । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई आज पक्राउ गरेको छ । मेचीनगर–६ पुरानो मेची पुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका–८ का ३५ वर्षीय चन्द्रबहादुर खड्कालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनको साथबाट ब्राउनसुगर २ ग्राम ५०० मिलिग्राम फेला परेकाले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, २० मंसिर । मोरङको विराटनगर–७ स्थित सातघुम्तीमा आज दिउँसो कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । शव नचिनिने अवस्थामा रहेको छ । यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर–६ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको थियो । न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको शरीरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको…

Read More

भद्रपुर, २० मंसिर । बिर्तामोड नगरपालिकाविरुद्ध शानदार खेल खेल्दै अर्जुनधारा नगरपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि निक्कै नै दबाब राख्दै फराकिलो जित दर्ता गरेको हो । खेलको अधिकांश समय अर्जुनधाराले गोल नियन्त्रणमा राखेको थियो । अर्जुनधाराले बिर्तामोडलाई ५–० गोल अन्तरले हराएको हो । खेलको १९ औँ र २८ औँ मिनेटमा निखिल तामाङले गोल गरे । त्यस्तै, ४२ औँ मिनेटमा सुवासचन्द्र लिम्बू, ४७ औँ मिनेटमा राजेश दाहाल र ७४ औँ मिनेटमा प्रतिक कन्दङवाले गरेका थिए ।खेलको प्लेयर अफ दि म्याच…

Read More