
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २० मंसिर । चुणामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार यस वर्ष वरिष्ट कवि राजेश ढुंगानालाई प्रदान गरिइने भएको छ । पूर्वका मोतीराम समेत भनेर चिनिइनु हुने नेपाली साहित्यका अथक साधक चुणामणि रेग्मीका नाममा २०७५ सालमा स्थापित यो सम्मान तथा पुरस्कार प्रत्येक वर्ष लेखनाथ पुस्तकालय चन्द्रगढीले प्रदान गर्दछ । जसमा रु २५००० को नगद राशिको पुरस्कार समेत रहेको छ । यस पटकको यो सम्मान ढुंगानालाई कवि शिरोमणि लेखनाथ जयन्तिको अवसर पारेर २०८० पुष २६ गते एक बिशेष समारोह विच प्रदान गरिने छ । बरिष्ट कवि ढुंगाना विगत साडे चार दशक देखि कविता लेखनमा सक्रिय हुनुहुँन्छ । उहाँका सयौँ फुटकर…
झापा, २० मंसिर । झापाको अर्जुनधाराको माटोमा अम्लीयपन बढी रहेको पाइएको छ । यहाँ हालै गरिएको माटो परीक्षण शिविरमा कृषकले परीक्षणका लागि ल्याएका अधिकांश माटोमा अम्लीयपन बढी र प्राङगारीक पदार्थ कम रहेको पाइएको हो । मोटो परीक्षण शिविरमा गरिएको १०९ वटा माटोको नमूना परीक्षणमध्ये १०३ वटामा अम्लीयपन, ३ वटामा क्षारीयपन र ३ वटामा तटस्थ रहेको पाइएको छ । त्यसैगरी, प्राङगारीक पदार्थको मात्रा ६२ वटामा कम, ३५ वटामा मध्यम र १२ वटामा उच्च रहेको छ । सुनसरीस्थित माटो तथा मल परीक्षण प्रयोगशाला र नगरपालिका अन्र्तगतको कृषि विकास शाखाको संयुक्त आयोजनामा दिवसलाई लक्षित गरी कृषकहरुको माटोको अवस्था बारे जानकारी लिने उद्देश्यले मंसीर…
झापा, २० मंसिर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । पछिल्लो समय रुस–युक्रेन…
झापा, २० मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए । उनले भने, “प्राधिकरणले पहिलो पटक विश्वका ठुला एयरलाइन्सले समेत भाग लिन पाउने गरी खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी गरेको छ । ग्राउन्ड ह्यान्डलिङमा दिँदा प्राविधिक र आर्थिक ढाँचा कस्तो हुने भन्नेबारे समितिले अध्ययन गर्ने छ ।” समितिले खुला प्रतिस्पर्धाका माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा…
झापा, २० मंसिर । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो । त्रिविले पुस २ गते दीक्षान्त समारोहको आयोजना गर्दैछ । संघका अध्यक्ष छत्रबहादुर कार्कीसहितको पदाधिकारीले सोमबार साँझ उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । संघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र लामाका अनुसार ज्ञापनपत्रमा त्रिवि सुधारदेखि कर्मचारी पदपूर्ति, सेवा सुविधालगायतका विषय उठान गरिएको छ । त्रिविका करिब ७ हजार कर्मचारीको छाता संगठन…
झापा, २० मंसिर । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् । अनिता पाइजा मगरलाई सात महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले इराक पु९याएर बिक्री गरेको पाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । सिर्जनालाई एजेन्ट प्रमोद गुरुङले, शर्मिलालाई आशा कुमालले, फूलमाया र पेम्बा तमुलाई एजेन्ट अजित श्रेष्ठले इराक पु¥याएर बिक्री गरेका हुन् भने सफिया र पासाङलाई पनि एजेन्टले त्यहाँ…
शरणामती, १९ मंसिर । झापाको झापा गाउँपालिका वडा नम्बर ६ शरणामतीमा राष्ट्रिय युवा संघ झापा गाउँपालिकाले क्लोथ बैंक स्थापना गरेको छ। शरणामती बजार चोकमा मंगलबारदेखि क्लोथ बैंक सुचारु गरिएको हो। हुनेले कपडा राख्दिने र आवश्यक पर्नेले क्लोथ बैंकबाट कपडा लिएर जान सक्नेछन् । जाडो मौसममा प्रयाप्त कपडाको आवश्यक पर्ने हुनाले पनि यो सोचको विकास भएको युवा संघ झापा गाउँपालिकाका उपाध्यक्ष जीवन पौडेलले बताउनु भयो। शरणामती बजारमा निस्शुल्क रुपमा संचालन गरिएको क्लोथ बैंक झापा गाउँपालिकाका प्रमुख बजारहरु झापा बजार, मदरगाछ बजार, पन्थापाडा बजार लगायत क्षेत्रमा समेत स्थापना गरिने बताइएको छ। नयाँ तथा पुराना कपडाहरु क्लोथ बैंकमा राखेर सुरुवात गरिएको र यस…
भद्रपुर, १९ मंसिर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा बुद्धशान्तिले शिवसताक्षीमाथि शानदार जित दर्ता गरेको हो । खेलको अधिकांश समय बुद्धशान्तिले शिवसताक्षीलाई दबाबमा राखेको थियो । शिवसताक्षीलाई ४–० गोल अन्तरले हराउँदा जारी प्रतियोगितामा बुद्धशान्तिका बोहोराको व्यक्तिगत ८ गोल भएको छ । खेलको ११ औँ, ४१ औँ, ६६ औँ र ७९ औँ मिनेटमा बबिनले बुद्धशान्तिका लागि गोल गरेका थिए । खेलको प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए । उनलाई…
मोरङ, १९ मंसिर । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट भ्रष्टचार मुद्धाका पाँच जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ छ । कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिंदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्धामा सम्मानित विशेष अदालत बबरमहल, काठमाण्डौको मिति २०७९–१२–०८ गतेको फैसला आदेशले ७ बर्ष ११ महिना २३ दिनकैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैया जरिवाना तोकिई फरार रहेका बिराटनगर महानगरपालिका(३ का मणिराज दाहाल, ६ बर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरिवाना तोकिएका कुमार बहादुर कटुवाल,…
झापा, १९ मङ्सिर । आज सुनको मूल्य घटेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य आज भने तोलामा दुई हजार चार सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनमा दुई हजार चार सय रुपियाँ घटेर प्रतितोला एक लाख १९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा दुई हजार ३५० रुपियाँ घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य पनि प्रतितोला…