झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० पुस । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युव्रmेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रव्रिmया अघि बढ्ने छ । सरकारले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग…

Read More

झापा, १० पुस । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ । गत डिसेम्बर १४ देखि २० गतेसम्मको साता राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार ८ सय ५६, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ९ सय ३४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६ सय…

Read More

झापा, १० पुस । जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढ्दा लामखुट्टेको संख्या पनि बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ। तातो वातावरणमा लामुखुट्टेका लार्भा सिकार गर्ने किरालाई कठिनाइ हुँदा लामखुट्टे नियन्त्रण गर्न समस्या हुने अनुसन्धानकर्ताको ठहर छ। यसैगरी तातो वातावरणमा लामखुट्टेका लार्भाको विकास द्रुत गतिमा हुने र यसलाई सिकार गर्ने गाइने किरालगायत अन्य सिकारी किरालाई लार्भा खाने अवसर सीमित हुने अध्ययनको निष्कर्ष छ। अनुसन्धानकर्ताले यस्तो अवस्थामा लार्भाबाट वयस्क लामखुट्टेमा विकास हुने दर दुई गुणाले बढ्ने आकलन गरेका छन्। अनुसन्धानका क्रममा रिचमन्डस्थित जेम्स नदी र सो नदीको वरपर चट्टाननजिकका पोखरीछेउछाउ बस्ने लामखुट्टेको अध्ययन गरिएको थियो। ‘यस्तो अवस्थामा सबैले मन नपराउने यो किराको…

Read More

बिर्तामोड, ९ पुस । प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानामगरले पत्रकारहरुले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ झापाको ३५ औं स्थापना दिवसको अवसरमा आज आयोजित संस्थापकहरुलाई सम्मान तथा पत्रकार सहारा उपचार कोषमा रकम हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले मुलुक समृद्धिका लागि पत्रकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा कलम चलाउनुपर्ने जोड दिनुभयो । विकसित मुलुकहरुमा भ्रष्टाचार न्यून हुनुमा पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण भएको उहाँको भनाइ थियो । “हरेक क्षेत्रमा सुशासन कायम गर्न आँट र विश्वासका साथ पत्रकारहरुलाई अघि बढ्न म आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “लोकतन्त्र आउनुमा पत्रकारको भूमिका महत्वपूर्ण छ ।” उहाँले कानून मात्र बनाएर सुशासन नआउने भन्दै…

Read More

शिवसताक्षी, ९ पुस । जन्मदिन साथी भाइलाई भोज खुवाएर तडकभडकका साथ मनाउने प्रचलन चलिरहेका बेला झापा शिवसताक्षी–१० की वडा सदस्य तथा नगर कार्यापालिका सदस्य कोपिला चिमरिया मैनालीले रचनात्मक काम गरेर जन्म दिन मनाएकी छिन् । उनले आज आफ्नो जन्म शिवसताक्षी नगरपालिका वडा नं. १० को दिपेन्द्र आधारभूत विद्यालयमा मनाइन् । जन्म दिनको अवसरमा मैनालीले दिपेन्द्र आ.वि. का ८० जना बालबालिकाहरुलाई स्कुल व्याग वितरण गरेकी छिन् । उनले जन्म दिन मनाउने खर्चलाई रचनात्मक काममा लगाउँदै विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका विपन्न समुदायका छोराछोरीहरुलाई स्कुल व्याग वितरण गरेकी हुन् । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, कार्यापालिका सदस्य कोपिला मैनाली र उनका श्रीमान्…

Read More

झापा, ९ पुस । गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।ठुली परि भिर गीतको लोकप्रियता सँगै चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विकले संगीत संयोजन गरेका हुन् । सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन ।

Read More

बिर्तामोड, ९ पुस । नेपाल पत्रकार महासंघ झापाले तीनजना संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । महासंघको ३५ औँ स्थापना दिवसको अवसरमा सोमबार उनीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा संस्थापक सचिव तारा बराल, अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री र मोहन ढुंगाना रहेका छन् । उनीहरूलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सम्मान पत्र प्रदान गरेकी छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Read More

विराटनगर, ९ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको बताएका छन् । मुख्यमन्त्री निवासमा भेटघाटका लागि पुगेका नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले प्रदेशभरिका पत्रकार महासंघको भौतिक संरचना विकासमा योगदान गरिरहेकोले पत्रकार महासंघलाई पनि प्रदेशको अधिकार प्राप्तीका लागि बहस चलाउन आग्रह गरेका हुन् । ‘प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेको र कानून, नियम बनिसकेको प्रहरी समायोजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ । उनले भने, प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक…

Read More

झापा, ९ पुस । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए । सडक क्षेत्रबाट ३५…

Read More

झापा, ९ पुस । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३, फटकशिलाका कुलप्रसाद तिवारीको गाई मरेपछि किलो रित्तो भएको चार महिना पूरा भएको छ । आर्थिक रूपमा विपन्न उनी सरकारले उपलब्ध गराउने भनिएको क्षतिपूर्ति बापतको रकम पर्खिएर बसेका छन् । उनले धेरै स्थानमा स्थानीय तहले राहत दिएको सुने पनि आफ्नो गाउँमा कहीँकतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे । धुलिखेल नगरपालिका–१२, शङ्खुपाटीचौरका गायत्री आचार्यको पनि लैनो गाई ‘लम्पी स्किन’का कारण मरेको थियो । एक लाख रुपियाँ पर्ने गाई मरेपछि राहत पाउने आसमा रहनुभएकी उनले हालसम्म स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै पनि राहत नपाएको गुनासो गरे  । आफ्नै नगरका अरू वडाले पीडित किसानलाई राहत वितरण गरेको सुने पनि…

Read More