झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ कात्तिक । नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा तीव्र वृद्धि भएको छ । सरकारका सम्बिन्धत निकायहरूले प्रभावकारी काम र अनुगमन गर्न नसक्दा दाल, चामल, पिठोलगायत दैनिक उपभोग्य सामग्री अस्वाभाविक रूपले महंगिदा उपभोक्ताको चुलो बल्न कठिन देखिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकार तस्कर, कालोबजारी र बिचौलियाको हातमा बिकेको हुनाले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको आरोप लगाए । अहिलेको मुल्यवृद्धि अप्राकृतिक भएको दाबी गर्दै उनले सरकारले चाहने हो भने तत्काल मूल्य नियन्त्रण हुने धारणा राखे । अघिल्लो वर्ष एक किलोग्रामको १ सय ८० रुपियाँ पाइने रहरको दालको मूल्य २…

Read More

झापा, २२ कात्तिक । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् । कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाउनुभएको थियो । “डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए”, उहाँले भन्नुभयो, “अहिले खेतमा अरु प्रविधिबाट गरिएको खेतीले भन्दा बढी उत्पादन दिएको देखेपछि गाउँले हामीलाई पनि सिकाइदिनुपर्यो भन्दै धाउन थालेका छन् ।” ब्याडमा बेर्ना उमारेर रोप्ने परम्परागत प्रविधिमा नेपालमा धानखेती आधारित छ । तर छरुवा प्रविधिमा धानको बीउ ९बेर्ना० रोप्ने झन्झट नै गर्न पर्दैन ।…

Read More

झापा, २२ कात्तिक । नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने गरेको देखाएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको २०७९ फागुन १० गतेको बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठित सात सदस्यीय लघुवित्त–वित्तीय संस्थाको समस्या र समाधान गर्न गठित अध्ययन समितिले कुल ऋणीको १८ प्रतिशतले दुई वा दुईभन्दा धेरै वित्तीय संस्थाबाट ऋण लिने गरेको औंल्याएको छ। समितिले मंगलबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बहुसंस्थाबाट कर्जा लिएका ऋणीले एक खर्ब ४१ अर्ब (कुल कर्जाको ३७.९ प्रतिशत) कर्जा उपभोग…

Read More

झापा, २२ कात्तिक । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२र६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राजनीति गर्ने थलोका रूपमा विकास हुन पुगेका छन् । योग्य व्यक्ति नेतृत्वमा नरहँदा शैक्षिक क्यालेन्डर लागु हुन सकेको छैन । पछिल्लो समय विश्वविद्यालयहरूले विद्यार्थी पाउन छाडेका छन् । विश्वविद्यालयको खस्किँदो गुणस्तरका कारण नेपाली विद्यार्थीको आकर्षण विदेशी विश्वविद्यालय बन्न पुगेका छन् । नेपालको पुरानो तथा ठुलो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यावधि गत साता सकिएको छ ।…

Read More

सुनसरी, २२ कात्तिक । सुनसरीको दुहवी नगरपालिका–८ स्थितबाट लागुऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभूमी गाउँपालिका–७ धनकुटाका २१ बर्षीय अनिश तामाङ रहेका छन् । तामाङले चलाएको प्रदेश १–०२–०४२ प ३७५४ नम्बरको मोटरसाइकलमा रहेको झोलाबाट इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले ३१ किलोग्राम गाँजा बरामद गरेको हो । दुहबी–८ स्थित कोशी लोकमार्गमा को १ ह ८४७८ नम्वरको सिटी सफारी र तामाङले चलाएको मोटरसाइकल ठक्कर लागी दुर्घटना हुदाँ मोटरसाइकल चालक तामाङसहित सिटी सफारी चालक र सिटीमा सवार २ जना मानिस समेत घाइते भएका थिए । दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा मोटरसाइकलमा रहेको कालो रंगको भिर्ने…

Read More

झापा, २१ कात्तिक । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल ९ट्युवेल० र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरीएको छ ।नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज आयोजित एक कार्यक्रमका विच गरिब तथा विपन्न परिवारलाई १६ थान ट्युवेल र हात्ती प्रभावित क्षेत्रका ११ वटा टोलविकास संस्था र सशस्त्र प्रहरी वेस क्याम गोलधापलाई गरि १५५ थान टर्च लाईट वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको माग वमोजिम सभामुख देवराज घिमिरेको पहलमा वडा नम्बर ६ बुट्टाबारी देउनिया खोलाको पुलदेखि दक्षिण वडा नम्बर ७ हुँदै वडा नम्बर ८ देउनिया खोला पुल दक्षिण किसनभिट्टासम्मको…

Read More

भद्रपुर, २१ कात्तिक । राष्ट्रिय भूमि आयोगले भद्रपुर नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नाप नक्साको निस्सा वितरण शुरु गरेको छ । भद्रपुर नगरपालिका मार्फत संकलन गरिएको भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी मध्ये आयोगले आइतबार पहिलो चरणमा वडा नम्बर १ र २ का दुई सय ४५ जनालाई नाप नक्साको निस्सा वितरण गरेको हो । वडा कार्यालयहरूमा आयोजित कार्यक्रमका बीच वडा नम्बर १ का ४० जना भूमिहीन सुकुम्बासी, १४ जना भूमिहीन दलित र ४२ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ । त्यस्तै वडा नम्बर २ का १८ जना भूमिहीन सुकुम्बासी र एक सय ३१ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण…

Read More

भद्रपुर, २१ कात्तिक । भद्रपुर नगरपालिकाले विद्युतीय चुलो वितरण शुरु गरेको छ । सरकारले वैकल्पिक ऊर्जा शीर्षकमा पठाएको बजेटबाट नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई विद्युतीय चुलो वितरण शुरु गरेको हो । नगरपालिकाले १ नम्बर वडा कार्यालयबाट चुलो वितरणको शुभारम्भ गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच १६ जनालाई विद्युतीय चुलो वितरण गरिएको जनाइएको छ । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतले वितरण गरेका थिए । एकल महिला, सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने लगायतको नीति बनाएर वैकल्पिक ऊर्जा वापत यस पटक विद्युतीय चुलो वितरण शुरु गरिएको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले जानकारी…

Read More

झापा, २१ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ…

Read More

झापा, २१ कात्तिक । मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ । पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१–०७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको पाइएको हो। अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृहरु क्रमशः हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारीसहित कम्प्युटर…

Read More