झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ मंसिर । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्धाका ८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रक्राउ अभियान अनतर्गत जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पशुपंक्षी मुद्दामा जिल्ला अदालत झापाको मिति २०७८।०९।२२ गतेको फैसलाले ४ महिना ११ दिन कैद भई फरार रहेका दमक–३ का ३६ बर्षीय खगेन्द्र दुलाल, सोहि मुद्धामा मिति २०७९।१२।३० गतेको फैसलाले जनही ११ महिना १० दिन कैद फैसला भई फरार रहेको अर्जुनधारा–७ का ३० बर्षीय बिर बहादुर दनुवार र अर्जुनधारा–५ का २१ वर्षीय भोटे भन्ने इमोन तामाङ्लाई पक्राउ गरेको हो । त्यसैगरी, डाका मुद्धामा मोरङ जिल्ला…

Read More

बिर्तामोड, १९ मंसिर । बिर्तामोड नगर अस्पतालबाट निःशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा लिनेको संख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो । अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी ९प्रसूती० सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गरिदै आएको छ । झोेलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा ९म्याक्सी० एक एक थान उपलव्ध हुन्छ । नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य…

Read More

इटहरी, १९ मंसिर । सुनसरीको इटहरी उप–महानगरपालिका–२ शान्तझोडास्थितमा धारिलो हतियार प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे स्थानीय ६५ वर्षीय मधुमाया पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अवस्थामा सोही स्थान बस्ने ४० वर्षीय सन्तोष राईले अचानक पछाडिबाट आई धारिलो हतियार खुकुरी टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी पुरीलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई पक्राउ गरी घटना सम्बन्धमा थप…

Read More

झापा, १९ मंसिर । झापाको कमल गाउँपालिकाले सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै एक कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । गाउँपालिकाले श्री शेर्पा/ हेना/ सुनामी जेभी विदुर–७ नुवाकोटलाई एक वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको हो । त्यस्तै, पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनाल पाँचथरले भारत कन्ट्रक्सन/ मैनाचुली/ सिद्धिसाई जेभी काठमाडौंलाई तीन वर्ष र मैनाचुली/सिद्धिसाई जेभी काठमाडौंलाई दुई वर्षका लागि कालो सूचीमा राख्न सिफारिस गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा ९१० बमोजिम निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई…

Read More

झापा, १९ मंसिर । सुन तस्करीको छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गर्न बनाइएको सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा अघि बढेको छ । नेपाललाई मुख्य ट्रान्जिट बनाएर विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करीको छानबिन लक्षित उक्त आयोगलाई प्रतिवेदन बुझाउन दिइएको ३ महिनाको समयमा दुई महिनाभन्दा बढी समय बितिसकेको छ । यस बिचमा आयोगले सोचेअनुसार काम गर्न नसक्दा समयमै प्रतिवेदन बुझाउने कुरामा आयोगका पदाधिकारीहरू नै अलमलमा परेका हुन् । गत साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ किलो ७ सय ग्राम र गत वर्ष विद्युतीय चुरोट ९भेप०मा राखेर ल्याएको ९…

Read More

झापा, १९ मंसिर । सर्वोच्च अदालतका प्रस्तावित छ मध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ । एक उजुरी सैद्धान्तिक विषय केन्द्रित छ । समितिमा पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि समितिमा उजुरी परेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ११ उजुरी प्राप्त भएको जानकारी दिए । उनले प्राप्त उजुरीको अध्ययनपछि समितिले थप प्रव्रिmया अघि बढाउने बताए । समितिले उजुरी अध्ययनकै व्रmममा रहेकाले विषयवस्तु भने सार्वजनिक गरेको छैन । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशमध्ये शारङ्गा सुवेदी, टेकप्रसाद…

Read More

काठमाडौं, १९ मंसिर । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो तर दुवै कम्पनीले विभिन्न बहाना बनाएर सो चिनी नेपाल आयात नगर्दा अहिले समस्या बल्झिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले…

Read More

झापा, १९ मंसिर । मलेसियाली कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर अपारदर्शी ढंगले बिक्री गरेपछि यसको भित्री रहस्यको विषयमा विभिन्न टीकाटिप्पणी भएका छन्। एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको सेयर किनेको मूल्यभन्दा आजियाटाले ९५।३५ प्रतिशत कम मूल्यमा स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि किनबेच रहस्यमय देखिएको हो। किनबेच शंकास्पद देखिएपछि संसद्को लेखा समितिले प्रश्न उठाई छानबिन अघि बढाएको छ। आजियाटाले एनसेल नेपालबाट बाहिरिएको घोषणा गरेपछि कारोबारमा धेरै आशंका उब्जिएका छन्। वार्षिक ३५ अर्ब रूपैयाँमाथिको कारोबार गरिरहेको कम्पनी जम्मा ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री भएपछि शंकास्पद देखिएको हो। स्रोतका अनुसार नेपालको कानुनी व्यवस्थाअनुसार ६ वर्षपछि एनसेल स्वतः नेपाल सरकारको स्वामित्वमा…

Read More

राजेश ढुंगानाआतंककोउद्देश्यमात्रहोइनहिंसाकोसमयमात्रहोइनकुनै देशर सिमानापनिहुँदैनबम पड्क्यो भनेउसलेआफ्नो र अर्कोचिन्दैनबन्दुकको नाललेगोलीकोयात्रामात्र देख्छकुनैगायत्रीमन्त्रजप्दैनमलाईमार्ने तिम्रो गोलीलेस्वयम्तिमीलाईपनिचिन्दैनहिंसा र आतंकलेआफ्नै जननीपनिभन्दैनआतंककोउद्देश्यमात्रहोइनकुनै लक्ष्यपनिहँुदैनहिंसाकोसमयमात्रहोइनकुनै देशर सिमानापनिहुँदैन ! (कवि परिचय : २०३५–३६ सालको ऐतिहासिकविद्यार्थी आन्दोलन देखि नेपालीप्रजातान्त्रिकआन्दोलनमा सक्रियरही त्यसै बखत देखि कविता लेखन प्रारम्भ गर्नु भएकाकवि ढुंगानाको चार दशकभन्दालामो पत्रकारिताको अनुभव छ । सिन्धुलीजिल्लाको तोश्रामखोलामाजन्मभई हालझापाको भद्रपुरमा बस्नु हुने उहाँको एक कविता संग्रह “ सुकिला मान्छेको सामूहिक मृत्यु” (२०७०) प्रकाशित छ ।)

Read More

झापा, १८ मंसिर । झापा मेचिनगर नपा-७ दसगजा क्षेत्र स्थित रहेको नेपाल भारत सिमा स्तम्भ पिलरहरुको अनुगमन, रंगरोकन तथा मर्मत संभारको उदघाटन गरिएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमूख प्रनामनि राजेशनाथ वास्तोला, सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराहा बाहिनि मूख्यालय पकली सुनसरीका कार्यालय प्रमुख सप्रनामनि अंजनी कुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठ, ईप्रका काँकरभिट्टाको कार्यालय प्रमूख प्रनाउ दिपक भारतीलगायत स्थानीयबासीकाे उपस्थितिमा उक्त कार्यक्रम सुरू भएको हाे ।

Read More