
राजेश ढुंगाना
आतंकको
उद्देश्यमात्रहोइन
हिंसाको
समयमात्रहोइन
कुनै देश
र सिमानापनिहुँदैन
बम पड्क्यो भने
उसले
आफ्नो र अर्कोचिन्दैन
बन्दुकको नालले
गोलीको
यात्रामात्र देख्छ
कुनै
गायत्रीमन्त्रजप्दैन
मलाईमार्ने तिम्रो गोलीले
स्वयम्
तिमीलाईपनिचिन्दैन
हिंसा र आतंकले
आफ्नै जननीपनिभन्दैन
आतंकको
उद्देश्यमात्रहोइन
कुनै लक्ष्यपनिहँुदैन
हिंसाको
समयमात्रहोइन
कुनै देश
र सिमानापनिहुँदैन !
(कवि परिचय : २०३५–३६ सालको ऐतिहासिकविद्यार्थी आन्दोलन देखि नेपालीप्रजातान्त्रिकआन्दोलनमा सक्रियरही त्यसै बखत देखि कविता लेखन प्रारम्भ गर्नु भएकाकवि ढुंगानाको चार दशकभन्दालामो पत्रकारिताको अनुभव छ । सिन्धुलीजिल्लाको तोश्रामखोलामाजन्मभई हालझापाको भद्रपुरमा बस्नु हुने उहाँको एक कविता संग्रह “ सुकिला मान्छेको सामूहिक मृत्यु” (२०७०) प्रकाशित छ ।)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


