झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ मंसिर । कृषि जग्गामा पुरुषको स्वामित्व बढी रहे पनि कृषि कार्य तथा खेतीपातीमा महिलाको सहभागिता बढी रहेको तथ्याङ्कले देखाएको छ । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । नेपालको जनसङ्ख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जना (महिला–पुरुष) को नाममा जमिनको स्वामित्व रहेका छन् तर यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाका छन् । कृषिगणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व रहेका छन् भने वयस्क महिलाको हकमा यो प्रतिशत २०.८…

Read More

झापा, १५ मंसिर । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ। चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको…

Read More

बिर्तामोड, १५ मंसिर । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आज बिहीबार एक कार्यक्रमको आयोजना गर्दै बिहीवार नगर क्षेत्रका तीन जना शिक्षकलाई पुरस्कार प्रदान गरेको हो । उत्कष्ट शिक्षक प्राप्त गर्नेहरुमा मावि तर्फको दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूत तर्फ मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिक तर्फ जनता प्राविका डिल्लीरमण भट्टराई रहेका छन् । उत्कृष्ट शिक्षकहरुलाई नगद ५०र५० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । नगरले दोस्रो पटक यस प्रकारको पुरस्कार वितरण गरेको छ । नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका…

Read More

झापा, १४ मंसिर । आज राति १२ बजेदेखि लागु हने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो । एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Read More

भद्रपुर, १४ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा आज बेलुका मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँड्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल पठाएकोमा ७ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो । मृतकको हाल पहिचान खुल्न नसकेको र मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल चाकल कमल गाउँपालिका–१ का २० वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

Read More

कनकाई, १४ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले नगरपालिकाको सभाहलमा दुई दिवसीय कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी कानूनी शिक्षा प्रदान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख टीका खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा कनकाई–१ का १६ वटा महिला समूह र १६ वटा टोल विकास समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुई दिवसीय प्रशिक्षण कार्यक्रमको पहिलो दिनको प्रशिक्षण इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्की र दोस्रो दिनको प्रशिक्षण अधिवक्ता तारा बारकोटीले दिनुभएको…

Read More

भद्रपुर, १४ मंंसिर । झापाको भद्रपुरमा जारी प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेको छ । आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै टिमले अब एकएक खेल खेल्न बाँकी छ । कचनकवलले अन्तिम खेल ६ अंक रहेको शीर्ष स्थानको मेचीनगरसँग खेल्नेछ भने १ अंक मात्र रहेको भद्रपुरले १ अंक रहेको अन्तिम स्थानको बाह्रदशीको सामना गर्नेछ । बाह्रदशी गोलअन्तरले भद्रपुरभन्दा एक स्थान तल रहेको छ । आजको पहिलो खेलको सुरुवाती अग्रता भद्रपुरले लिए पनि…

Read More

काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको हो ।। कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली…

Read More

रिकेश निरौलाहजारौं नेपाली जनताहरुको बलिदानबाट २४० वर्ष लामो इतिहास बोकेको एकात्मक राजतन्त्रको विधिवत् रुपमा अन्त्य गर्दै मुलुकमा सङ्‌घीय लोकतान्त्रिक गणतन्त्रामक शासनको व्यवस्था लागुभएको आज १५ वर्ष पुरा भएर १६ बर्ष लागिसकेको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते शाहवंशीय राजतन्त्र‌को विधिवत् रुपमा अन्त्य गर्दै नेपालमा सङ्‌घीय लोकतान्त्रिक गणतत्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक संविधान सभाको बैठकबाट घोषणा भएको थियो । रिकेश निरौला राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी ल्याएको गणतन्त्रमा हरेक नेपाली नागरिकहरुले सरकारप्रति निकै ठूलो आशा राखेका थिए । तर, आजको दिनसम्म आइपुग्दा उक्त जनताहरूको आशा निराशामा परिणत हुँदै आएको छ । देशले समृद्धि र…

Read More

झापा, १४ मंसिर । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले झापामा सुपारी खेती तथा उद्योगको अनुगमन गरेको छ । समितिका सभापति अब्दुल खानको नेतृत्वको संसदीय टोलीले बुद्धशान्ति र अर्जुनधारामा सुपारी बगान तथा दुना टपरी उद्योगको अनुगमनसहित आज सरोकारवालासँग छलफल गरेको हो । झापा, इलाम, मोरङ, सुनसरीलगायत जिल्लामा हाल पर्याप्त सुपारी खेती हुँदै आएको छ । तर विगत तीन वर्षदेखि उत्पादित सुपारीलाई सरकारले विदेश निकासी गर्ने अनुमति नदिँदा उत्पादन गर्नेहरू मारमा परेको भन्दै निवेदन परेपछि वास्तविकता बुझ्न समितिको टोली स्थलगत अनुगमनमा आएको सभापति खानले बताए । “निर्यात बढाउने सरकारको नीति रहेको हुँदा स्वदेशमा उत्पादित सुपारीको विदेश निकासी…

Read More