झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रोम । इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुषलाई रिहा गरिएको छ । जेलमा कैदीहरुलाई दिइने खानेकुराले तौल घटाउने अवस्था नभएपछि डिमिट्री फ्रिकानो नामक ती पुरुषलाई रिहा गरिएको समाचारमा उल्लेख छ । सन् २०१७ मा डिमिट्री फ्रिकानो र उनकी प्रेमिका एरिका सार्दिनिया घुम्न गएको बेलामा दुई जनाबीच झगडा भयो । झगडाले ठूलै रुप लिएपछि उनले एरिकाको हत्या गरे । शुरुमा भने डिमिट्रीले लुटेराहरुले लुटपाटका क्रममा प्रेमिकालाई मारेको प्रहरीलाई बताएका थिए । अनुसन्धानका क्रममा उनले नै ५७ पटक चक्कु घोपेर प्रेमिकालाई मारेको थाहा भयो । झगडाको बिउ भने खाने बेलामा पाउरोटीको टुक्रा ओछ्यानभरि छरिनु थियो । २…

Read More

झापा, ६ मंसिर । नेकपा (एमाले) ले निकट भविश्यमै हुने प्रतिनिधिसभा इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले इलाम जिल्ला कमिटीलाई आवश्यक कार्ययोजनासहित काममा लाग्न निर्देशन दिएको हो । गत वर्ष भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको गत भदौ २५ गते राति हृदयघात हुँदा निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो । तर, सरकारले उक्त स्थानमा कहिले चुनाव गर्ने भन्ने निर्णय गरिसकेको…

Read More

धनकुटा, ६ मंसिर । धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका कोषाध्यक्षसमेत रहेका प्रेस चौतारीका अध्यक्ष रविन कटेलको अगुवाइमा जिल्लामा क्रियाशील पत्रकारहरूले चारदिन देउसीभैलो खेलेका थिए । सोही रकमबाट पुनस्थापना केन्द्रका १३ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको देउसीभैलो कार्यक्रमका समन्वयकर्ता रमेशचन्द्र अधिकारीले जानकारी दिए । उनीहरूलाई कपी, कलम, पेन्सिल, इरेजर, ड्रोइङ पेपर लगायत शैक्षिक सामग्री प्रदान गरिएको हो । पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, पूर्व केन्द्रिय सदस्य गोपाल बराइली, महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई,…

Read More

मेचीनगर, ६ मंसीर । झापाको मेचीनगरस्थित इष्ट होराइजन माध्यमिक विद्यालयले भारतको आन्द्र प्रदेशको एक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको छ । आउँदो डिसेम्बर १, २, र ३ तारिखमा भारतको आन्द्र प्रदेशमा कृतज्ञता यात्रा हुन गइरहेको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट इष्ट होराइजनले आफ्नो साँस्कृतिक कला तथा ब्याक्पाइपर व्याण्ड देखाउने दुर्लभ अवसर पाएको हो । भारतको आन्द्र प्रदेश पुटापर्तीमा हुने कार्यक्रममा भाग लिन इष्ट होराइन स्कूलका कक्षा–१ देखि १२ सम्मका ३५ विद्यार्थी र ७ जनाको शिक्षकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । उक्त कार्यक्रममा नेपालबाट करिब ५ हजार मानिस सहभागी हुँदैछन् । कला संस्कृतिलाई संरक्षण तथा उजागर गर्न…

Read More

बिर्तामोड, ६ मंसिर । बिर्तामोड नगरअस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो । शनिबार बाहेक हरेक दिन दिउँसो १ बजे देखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँले स्त्री तथा प्रसुती रोग सम्बन्धीका सबै रोगहरु विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने बताउनु भयो । नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा। अधिकारीले जानकारी दिनु भयो । नगरपालिकाले आवश्यक पूर्वाधार थप गरि क्रमश सेवा विस्तार…

Read More

बिर्तांमोड, ६ मंसिर । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको शालीक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र झापाको बिर्तामोड आउने भएका छन् । बिर्तामोड–१ स्थित देवी पञ्चकन्यामा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (इकम) को हाताभित्र निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्न पूर्वराजा शाह बिर्तामोड आउन लागेका हुन् । नेपालको एकीकरणकर्ता एवम् राष्ट्रिय विभूति शाहको शालीक अवनावरणका लागि उहाँकै वशंजबाट गराउँदा ओजपूर्ण हुने भएकाले सोही अनुरुप पूर्वराजा शाहलाई आमन्त्रण गरिएको कलेका संस्थापक सञ्चालक आलोक कार्कीले जानकारी दिनुभयो । कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालीक । पूर्वराज आउने सन्दर्भमा अनेक प्रचारबाजी भए पनि विशुद्ध कजेलसँग सम्बन्धित कार्यक्रम रहेको उहाँको भनाइ छ…

Read More

शिवसताक्षी, ६ मंसिर । झापाको शिवसताक्षी नगरपालिकाले नगरबाट छनोट भएका खेलाडीहरुलाई खेल सामग्री वितरण गरेको छ । झापा जिल्ला स्तरीय अन्तरपालिका खुल्ला फुटबल प्रतियोगिताका लागि नगरबाट छनौट भएको २३ जना खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । उनीहरुलाई नरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, लेखा अधिकृत प्रकाश योङ्गहाङ र शिक्षा शाखा प्रमुख छवि ढकालले उक्त सामाग्री प्रदान गरेका हुन् । खेल सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले अन्य पालिका भन्दा खेल क्षेत्रमा अगाडी रहेको जानकारी दिए । हाम्रो नगरमा खेलका लागि प्राथमिकता दिइएको छ । उनले भने, शिवसताक्षीले खेलाडी उत्पादन गर्न विशेष जोड दिएको छ । नगरका खेलाडीहरुलाई…

Read More

बिर्तामोड, ६ मंसिर । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीस्थित बौद्ध गुम्बामा जंगली हात्तीले आज क्षति पुर्याएको छ । हात्तीले गुम्बाको टीनको छाना, गुम्बामा रहेको बुद्धको मूर्ति, सोही गुम्बाको दक्षिणमा रहेको गुम्बाको पुजारी बस्ने घर र भान्सा घरमा आंशिक रुपमा क्षति प्र्याउँदा करिब तीन लाख ८४ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि दमकस्थित हम्से दुम्से सामुदायिक वन हाताभित्र दाउरा लिन गएका बृद्धलाई किचेर मारेको थियो भने मेचीनगरकै एक वटा घरको पर्खाल भत्काएर धान–चामल नष्ट गरेको छ ।

Read More

झापा, ६ मंसिर । बुद्धशान्ति गाउँपालिका–६ मा मंगलबारदेखि ठुटेबर मेला सुरु भएको छ । झापा र इलामको सङ्गमस्थल ठुटेबरमा ठुटेबर संरक्षण तथा विकास समितिद्वारा आयोजित मेलाको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन् । मेला मङ्सिर ११ गतेसम्म जारी रहनेछ । हरेक वर्ष वैशाख पूर्णिमा र कात्तिक पूर्णिमा आयोजना हुँदै आएको मेला भर्न मोरङ, सुनसरी र भारतको दार्जिलिङबाट सर्वसाधारण आउने गरेका छन् । मेला उद्घाटन गर्दै महामन्त्री एवम् झापा क्षेत्र नं. १ का सांसद शर्माले छ करोडको लागतमा बुद्धशान्ति गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बताउनुभयो । उहाँले धुलाबारीदेखि ठुटेबरसम्मको सडक कालोपत्र गर्न सरकारले चार करोड…

Read More

लन्डन । लन्डनमा गएको शनिबार सदबीजको लिलामीमा एक बोतल दुर्लभ ह्विस्की २७ लाख डलर अर्थात् ३६ करोड नेपाली रुपैयाँमा विक्री भयो । म्याकालन १९२६ सिंगल माल्ट विश्वभर सबैभन्दा धेरै खोजिने स्कच ह्विस्कीमध्येमा पर्दछ । म्याकलान १९२६ म्याकालनको उत्पादन गरेको सबैभन्दा पुरानो ह्विस्की हो । ह्विस्कीले अपेक्षा गरिएको भन्दा दोब्बर मूल्य पायो । यो लिलामीमा सदबीले म्याकलानको सो बोतल ९ लाख ३४ हजार डलरदेखि १४ लाख डलरसम्म बिक्ने आशा गरेको थियो । तर लिलाम बढाबढमा सो बोतलको मूल्य बढेर २७ लाख २४ हजार ९६७ डलरसम्म पुग्यो । लिलामीमा कुनै पनि स्पिरिट वा वाइनको बोतलले यति धेरै मूल्य पाएको यो पहिलो पटक…

Read More