
झापा, ६ मंसिर । नेकपा (एमाले) ले निकट भविश्यमै हुने प्रतिनिधिसभा इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले इलाम जिल्ला कमिटीलाई आवश्यक कार्ययोजनासहित काममा लाग्न निर्देशन दिएको हो ।
गत वर्ष भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको गत भदौ २५ गते राति हृदयघात हुँदा निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो । तर, सरकारले उक्त स्थानमा कहिले चुनाव गर्ने भन्ने निर्णय गरिसकेको छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



