
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, ७ मंसिर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्माण थालिएको आठ वर्षमा पनि गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी स्मृति सभागृह) पूरा नभएपछि बाँकी काम तत्काल सम्पन्न गर्न आग्रह गरेका छन्। सभागृहको काम अघि बढाउन तथा त्यसलाई पूरा गर्न भद्रपुर नगरपालिका र जिल्ला समन्वय समितिलाई उनले आग्रहसमेत गरेका हुन् । मेची रङ्गशालामा आजदेखि सुरु भएको ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेता सिटौलाले त्यस्तो आग्रह गरेका हुन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका थिए । दुई वर्षमा…
झापा, ७ मंसिर । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् । आज साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना गम्भीर घाइते भएको बताएका छन् । उनले घाइतेको सरकारले उपचार गर्न नपर्ने भन्दै सबै घाइतेको आफैले उपचार गर्ने बताए । उनीहरुलाई केएमसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।
भद्रपुर, ७ मंसिर । झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका छन् । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एकएक अंक भएको छ । खेलको २८ औँ मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ३१ औँ मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काएका थिए । त्यस्तै, खेलको ६२ औँ मिनेटमा बिर्तामोडका रोमन भूजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका…
बिर्तामोड, ७ मंसिर । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) मा सहभागी हुने खेलाडीहरुलाई बिर्तामोडबाट बिदाइ गरिएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा भएको एक संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले खादा लगाएर विदाइ गर्नु भयो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतियोगिताको टाइटल जितेर आउन शुभकामना दिनुभयो । नगरपालिकाले खेलाडीहरुलाई सिमित स्रोत साधनमा भएपनि सहयोग तथा प्रोत्साहन गरिरहेको बताउनु भयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले प्रतियोगिता प्रतिष्ठाको विषय भएकोले जितेर आउन खेलाडीहरुलाइ शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा टिम क्याप्टेन विक्की चौधरी र प्रशिक्षक योगेश…
ताप्लेजुङ, ७ मंसिर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँ तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दसैँ तिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । नवरात्रका समयमा देवीको पुजाआरधना गर्न उपयुक्त मानिने र चाडवाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका उनको भनाइ थियो । यहाँ आउने दर्शनार्थीको गणनाका लागि अहिले गणना गर्ने प्रविधि सहितको सिसी क्यामेरा जडान…
भद्रपुर, ७ मंसिर । झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ३६ वर्षीय सुवास लिम्बूले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । उनले श्रीमती ३५ वर्षीया जुनिता लिम्बूको हत्या गरी आत्महत्या गरेका हुन् । घरदेखि करिब २० मिटर पर चप्पलमा श्रीमतीको फोटो राखेर झुण्डिएको अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेको झगडाको क्रममा जुनिताको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लिम्बू दम्पत्तिका तीन जना नाबालक छोराछोरी रहेका छन् भने शव पोष्टमार्टमका लागि पठाइएको छ । शव मृतकका दाजुले बुझ्ने प्रहरीले जनाएको छ ।
झापा, ७ मंसिर । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर…
झापा, ७ मंसिर । राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’ खोजेर सरुवा गर्ने प्रवृत्ति अत्यधिक बढाउन थालेपछि निजामती प्रशासनको कामकाज प्रभावहीन देखिन थालेको छ । विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्वको रूपमा आएका मन्त्रीहरूले मातहतका विभाग तथा संवेदनशील निकायमा पठाउने प्रशासनिक नेतृत्वको ‘ट्रयाक’ रेकर्डलगायतका उपलब्धिहरू केही पनि नहेर्ने र स्वार्थका आधारमा पठाउने क्रम बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अधिकारीहरूको ठम्याइ छ । पछिल्लो सयम यस्तै प्रवृत्तिका कारण मन्त्रिपरिषद्बाट सरुवा स्वीकृत भएको ५८ सहसचिवको सूची नै गायब पारिएको छ । सरुवामा मन्त्रीहरूबीच विवादका कारण सो सूची गायब भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साह र अर्थमन्त्री…
झापा, ७ मंसिर । गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो । यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो । तर, त्यो सम्भव भएन । तत्पश्चात् शवलाई नेपाल पठाउन मध्यपूर्वस्थित नेपालीबाट प्रयास सुरु भयो । बग्दाद क्षेत्रमा नेपालीको भरपर्दो सञ्जाल नभएको कारण स्थिति जटिल बन्यो । यसैबीच इराकको बग्दादबाट भर्खरै बनेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० सदस्य टीका विश्वकर्मा सम्पर्कमा आइन् । एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्,…
झापा, ७ मंसिर । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मेची पुलबाट तीन जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ बुधवार एउटै साइकलमा आउँदै गरेका मेचीनगर–९ का २८ वर्षीय अरुण दर्जी र मेचीनगर–१० का ४६ वर्षीय भोजबहादुर सार्की शंका लागेर चेकजाँच गर्दा साइकलको बायाँ तर्फको हेण्डलको प्वालमा लुकाएर ल्याउदै गरेको १ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, बुधबार नै भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–३ का २२ वर्षीय युवराज गिरीलाई प्रहरीले ५ ग्राम १०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको…