
झापा, ७ मंसिर । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् ।
आज साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना गम्भीर घाइते भएको बताएका छन् । उनले घाइतेको सरकारले उपचार गर्न नपर्ने भन्दै सबै घाइतेको आफैले उपचार गर्ने बताए । उनीहरुलाई केएमसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



