
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माझापा, ६ माघ । झापाको माटो अस्वस्थ्य हुँदै गएको छ । अर्थात्, यहाँको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरु सन्तुलित मात्रामा हुनुपर्छ । तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ति शिविरबाट आएको नतिजामा अधिकांश नमूनामा यी तत्वहरु न्यून मात्रमा छन् । जसले माटोको स्वास्थ्य बिगिँदै गएको देखिन्छ । दमकमा ५२ र बुद्धशान्तिमा ५२ वटा गरी १०४ माटोको नमूना परीक्षण गर्दा करिब ६० प्रतिशत नतिजामा माटो अम्लीय रहेको पाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “माटोमा कम्तिमा दुई प्रतिशत प्राङ्गारिक…
झापा, ६ माघ । भद्रपुरको हल्दीबारी–४ जलथल क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायका एक सय २० परिवार मासिक रूपमा नियमित बचतमा आबद्ध छन् । सन्थाल सुधार समाज जलथलको अगुवाइमा सुरु भएको यो अभ्यास अहिले समुदायको दैनिकीको अभिन्न हिस्सा बनेको छ । समाजका अध्यक्ष कमल मुर्मुका अनुसार हरेक महिनाको पहिलो शनिबार सदस्यहरू भेला भएर बचत सङ्कलन गरिन्छ । “न्यूनतम दुई सय रुपैयाँदेखि सदस्यले आफूले सक्नेजति बचत गर्नुहुन्छ”, उनले भने, “सानो रकम भए पनि नियमितता नै हाम्रो मुख्य शक्ति हो ।” तीन वर्षअघि सुरु गरिएको यो बचत अभियानले हालसम्म रु १३ लाखभन्दा बढी रकम सङ्कलन गरिसकेको छ । ज्याला मजदुरीमा निर्भर समुदायका लागि…
झापा, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१…
भद्रपुर, ६ माघ । पूर्वीनाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको छ महिनाको अवधिमा २५ अर्ब बढीको सामान आयात भएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्ममा २५ अर्ब ३ करोड ६६ लाख मूल्य बराबरका सामान आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आव २०८१–८२ को सोही अवधिको तुलनामा आठ दशमलव ३९ प्रतिशतले आयात बढेको छ । गत आवको पहिलो छ महिनामा २३ अर्ब नौ करोड ८८ लाख बराबरको सामान आयात भएको थियो । चालु आवको पहिलो छ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । अवधिमा १३ अर्ब ६७ करोड ३७ लाख मूल्य…
झापा, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको आज उम्मेदवार मनोनयन दर्ता हुँदैछ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको छ । यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी छ । उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त…
झापा, ६ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च…
भद्रपुर, ५ माघ । झापाको भद्रपुर नगरपालिका–१० सुकुम्वासी बस्ती स्थित देउनिया खोलामा एक जना पुरुष मृत फेला परेका छन् । आज बिहान भद्रपुर–७ का वर्ष ३६ को ताला मर्डी मृत फेला परेका हुन् । थप अनुसन्धान तथा कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गइ शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । पोष्टमार्टमपछि शव दिउँसो मृतकका श्रीमती उर्मिला टुडुले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ५ माघ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन् । मेडिकल व्यवसायी प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका हुन् । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए । प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । राजावादी अभियन्ता प्रसाईंले केही समयअघि विभिन्न माग राखी निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका थिए । तर, माघ २ गते ९बिहीबार० उनको समूह र सरकारबीच सहमति भएको थियो । सिंहदरबारमा…
बिर्तामोड, ५ माघ । नेपाली कम्युनिष्ट पार्टीले झापा क्षेत्र नम्बर ४ मा युवा नेता पुरुषोत्तम चुडाल (राजु) लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तीन दशकदेखि राजनीतिमा सक्रिय चुडाललाई पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको हो । को हुन् उनी ?ताप्लेजुङको साविक फूलबारी गाविस वडा नम्बर ५ मा ४३ वर्ष अघि जन्मिएका चुडाल २०५८ सालदेखि झापाको कनकाईमा बसोबास गर्दै आएका छन् । २०५० सालदेखि विद्यार्थी राजनीतिमा संलग्न भएका उनी २०५४ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै अखिल क्रान्तिकारीमा आवद्ध भएका थिए । चुडाल २०५५ साल फागुन २९ गते माओवादीको एरिया सदस्य भएसगै पार्टीको पूर्णकालीन कार्यकर्ता भएका थिए। २०६० सालमा तत्कालीन…
झापा, ५ माघ । झापामा पछिल्लो ६ महिनामा २९ जनाको मृत्यु भएका छ । चालू आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि पुस मसान्तसम्ममा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । सो अवधिमा जिल्लामा छ सय पाँच वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५५ जना गम्भीर घाइते भएका छन् भने एक हजार ४२ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा संलग्न कूल ८७४ वटा सवारी साधानमध्ये अधिकांश दुईपांग्रे अर्थात् ५९६ वटा दुईपांग्रे रहेका छन् । त्यस्तै, चारपांग्रे साना १३५ वटा, मझौला ७३ वटा, ठूला ५१ र नखुलेका १९ वटा रहेको…