
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, १ माघ । सुनसरीको प्रहरी चौकी अमडुवा, दुहबीले सुनसरीको बर्जु गाउँपालिका–४ हरबनी स्थितबाट बेवारिसे अवस्थामा रहेको ५ सय ५४ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको छ । पुस ३० गते विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका-४ स्थित बाँस झ्याङबाट ५ सय ५४ किलो लागू औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भइरहेको छ ।
कनकाई, १ माघ । झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा आमाछोराको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका– ८ की ४० वर्षीया सुष्मा राजवंशी उहाँका १८ महिनाका छोरा आरुति राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । घाइतेहरूको बिर्तासिटी र बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी…
बिर्तामोड, ३० पुस । झापाको अर्जुनधारा नगरपालिका-६ स्थित हिमाली एजुकेशन फाउण्डेसन माध्यमिक विद्यालयले १९ ओैं बार्षिक उत्सव मनाएको छ । फाउण्डेसनले आज विद्यालय परिसरमा विविध कार्यक्रमका साथ आफ्नो १९ औं वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले स्वागत नृत्य, स्वागत गान, वक्तित्व कला, नृत्य, गीत, कविता लगायतका प्रस्तुति दिएका थिए । विद्यालयका संस्थापक खड्गराज गिरीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख हरिबहादुर कुँवरको प्रमुख आतिथ्यमा हराएको थियो । प्रमुख अतिथि कुँवरले विद्यार्थीले दिएको प्रस्तुतिले नै विद्यालयको शैक्षिक गुणस्तर उच्च रहेको देखाएको बताउनुभयो । “विद्यालयमा क्रमश: कक्षा वृद्धि भइरहेकाले पनि विद्यालयप्रति अभिभावकको विश्वास बढेको…
कनकाई, ३० पुस । झापाको कनकाई नगरपालिका–४ कोटिहोम माई पुलस्थित पूर्व–पश्चिम राजमार्गमा माघ २९ गते साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। साँझ करिब ८:३० बजे तत्काल नम्बर नखुलेको सेतो कारले विपरीत दिशाबाट आउँदै गरेको BAAB 6126 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कनकाई–४ निवासी ३५ वर्षीय कमल पराजुली गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बि.एण्ड सी. अस्पताल, बिर्तामोड लगिएको थियो। तर, २१:२० बजे चिकित्सकले मृत घोषणा गरेका छन्। ठक्कर दिने सवारी साधन भने दुर्घटनापछि फरार रहेको र हाल खोजतलास तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
झापा, २७ पुस । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगञ्ज नगरपालिका-६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको साथबाट १ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका-४ का अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधी ७०० क्यापसुल सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।
विराटनगर, २७ पुस । मोरङको विराटनगर महानगरपालिका-१७ स्थितबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पुस २६ गते इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी रोडबाट विराटनगर तर्फ आउदै गरेको BR38AP 9049 नम्बरको मोटरसाईकल चालक भारत अररियाका २० वर्षिय सेठु कुमार , मोटरसाईकलमा सवार १९ वर्षिय राजकुमार साह र २० वर्षिय रोशन कुमारको साथबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेको सबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।
छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी फिल्मले भन्छ’ दयाहाङले भने– ‘यो इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू र फिल्म केन्द्रित छ ।’ झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’ मा धेरै कुरा रहेको उनको भनाइ छ । ‘झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो फिल्म छानेको हुँ’, उनले भने– ‘कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौँ । तर, यो प्यासनले हेर्ने फिल्म हो यो ।’ यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म माघ १ गतेबाट…
झापा २६ पुस । झापाको मेची नगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान मेची नगर नगरपालिका–७, प्यारीभित्ता बसपार्क क्षेत्रमा बिग्रिएर थन्क्याइएको को। १ ख। ७८३९ नम्बरको बसभित्र सुतिरहेको अवस्थामा अन्दाजी ४० वर्षीय तम्बु भनिने मागीखाने पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तम्बुको वतन र थर खुल्न नसकेको र आवश्यक कानुनी प्रक्रिया पुर्याएर शव पोस्टमाटमका लागि भद्रपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो । स्थानीयले चिसोको कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।
बिष्णुप्रसाद पोखरेलदमक, २६ पुस । झापाको दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो करिब ३ बजेको समयमा दमक नगरपालिका–५ लालीगुँरास टोलमा सुमन लिम्बूको ५ वर्षीया छोरी प्यारोन लिम्बू घरअगाडि बाटोमा खेलिरहेका बेला सिटी सफारी प्रयोग गरी एक समूहले कानमा लगाएको सुनको रिङ नेलकटरले काटेर लुटी फरार भएको प्रहरीले सूचना पाएपछि खोजतलास तिब्र बनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तत्काल प्रहरी खटिएपछि ४ बजे दमक–६ वडा कार्यालय अगाडिबाट सिटी सफारीसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत कलकत्ताका स्थायी बासिन्दा हाल दमक…
बिर्तामोड, २४ पुस । बिर्तामोडस्थित विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले ‘पठन संस्कृति वर्ष २०२६’ अभियानलाई सफल बनाउने उद्देश्यसहित संस्थाको कार्यालयमा मिनी लाइब्रेरी स्थापना गरेको छ । संस्थाका कर्मचारी तथा शेयर सदस्यहरुका लागि मिनी लाइब्रेरी प्रभावकारी हुने बताउँदै संस्थाका अध्यक्ष नवीन खरेलले झापामा पहिलोपटक सहकारीलाई यस अभियान जोड्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । मिनी लाइब्रेरीको उद्घाटन गर्नुहुँदै वीरता रिडर्सका संयोजक तथा लेखक तीर्थ सिग्देलले भन्नुभयो, ‘पढाइले चेतनाको विकाससँगै कार्यक्षमता र सोचको दायरालाई फराकिलो बनाउँछ, त्यसैले सहकारीको सदस्य शिक्षा कार्यक्रममा पठन संस्कृतिलाई जोड्न सके त्यो अझ प्रभावकारी हुनेछ ।’ वीरता रिडर्सका सहसंयोजक तथा इशा बुक्स सेन्टर बिर्तामोडका सञ्चालक केशव मैनालीले यो अभियानमा जोडिन…