
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, ३० असोज । प्रजापति सामाजिक क्लबको आयोजना तथा कनकाई नगरपालिका, कनकाई वडा नम्बर १ र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा भएको कनकाई नगरपालिका वडास्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ ले चुमेको छ । बडादशैँ तथा तिहारको अवसर पारेर झापाको कनकाई–१ स्थित प्रजापति सामुदायिक वनको खेल मैदानमा भएको फाइनल खेलमा वडा नं. ३ लाई पराजित गर्दै वडा न १ ले उपाधि उचालेको हो । फाइनल खेल अवधिभरमा ३ नम्वर वडाका तर्फबाट आदित्य बानियाले शुरुवाती गोल गरे भने जवाफी गोल १ नम्वर वडाका रमेश उप्रेतीले गर्दै खेल १–१ गोलको बराबरी भएपछि ट्राइब्रेकरमा धकेल्यिको थियो । प्रतियोगितामा प्रथम हुने…
बिर्तामोड, ३० असोज । बिर्तामोड–१० चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड २ विरुद्ध ५–० गोल अन्तरको फाराकिलो जित निकाल्दै बिर्तामोड–१० फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड–१० का लागि ह्याट्रिक गर्ने सौरव लिम्बू आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । आयोजकको तर्फबाट नगद १५ सय र युवा व्यवसायी दिपेन चौधरीको तर्फबाट १ हजार गरेर उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । बिर्तामोड–१० ले अब कात्तिक २ गते हुने फाइनल…
झापा, ३० असोज । ६८ औ प्रहरी दिवस २०८० को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकी प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट एक जना ट्राफिक प्रहरी कर्मचारीलाई ६८ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका प्रहरी सहायक हवल्दार भट्टराईले सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी ट्राफिक जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेको र इटहरी उप–महानगरपालिकासँग समन्वय गरी फोटो भिडियो संकलनका लागि १ थान क्यामेरा समेत उपलब्ध गराउन…
बिर्तामोड, ३० असोज । पछिल्लो समय झापामा मोबाइल चोरीका घटनामा बृद्धि भएको छ । चोरी गर्ने गिरोहले बिर्तामोडसहित विभिन्न क्षेत्रमा मोबाइल चोरी गर्ने गरेको स्थानीयले बताए । इलाका प्रहरी कार्यालय अनारमनीमा मोबाइल चोरीका घटनाका उजुरी पर्ने क्रम बढेको छ । २०८० असार १ गतेबाट भदौ ३१ गतेसम्ममा ४५ वटा मोबाइल चोरी भएको उजुरी दर्ताा भएका छन् ।त्यस्तै सोही अवधिमा ४९ वटा मोबाइल हराएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । तीन महिनाको अवधिमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको तथा १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले बराामद गरेको सात र फेला पारेको ११ थान…
झापा, ३० असोज । नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई एक लाख २५ हजार घुसरकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । उहाँका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो ।भद्रपुर नगरपालिका–७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको…
झापा, ३० असोज । दशैंको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं…
झापा, ३० असोज । दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ । सोमबार कृषि तथा पशुपन्छीमन्त्री वेदुराम भुसालले किसानसँग खरिद गरिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएपछि मूल्य घटाएको स्पष्ट पारे । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले संस्थानका उत्पादनमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिएको उल्लेख गरे । अब संस्थानका उत्पादनमा दुधमा प्रतिपाउच दुई रुपियाँ छुट भएको छ । ९७ रुपियाँमा साबिक मूल्य कायम भएकामा अब…
झापा, ३० असोज । नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवहरुकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टचार रोकिन सकेका छैनन् । विभिन्न अध्ययनले नीतिगत भ्रष्टाचारमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै बढी मिलिमतो हुने देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदनहरुमा समेत नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम उच्च रहेको र त्यसमा राजनीतिक नेतृत्व मुख्य रुपमा दोषी हुने उल्लेख गर्दै आएको छ । पछिल्ला समयमा सार्वजनिक भएका ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै मिलिमतोमा अनियमितता र भ्रष्टाचार भएको पुष्टि हुँदै आएको छ । सो प्रकरणमा दोषी देखिएका…
झापा, ३० असोज । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई ३७ वर्षीया बुहारीले कलेजो दान गरेकी थिइन् । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहिद प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिए । पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा। शिल्भाकुमार नागानाथम आएका छन् । उक्त केन्द्रमा २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि छिमेकी राष्ट्र भारतका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा निरन्तरता पाउँदै आएको छ ।…
झापा, ३० असोज । धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि २७ वर्षीया ती महिलाको अवस्था चिन्ताजनक बनेको छ। विदेशमा भोग्नुपरेको यातनाका कारण उनी हातै नचल्ने अवस्थामा छिन् । पारिवारिक जिम्मेवारी निभाउनुपर्ने भएपछि उनी बिदेसिएकी थिइन्। कुवेत हिँडे पनि एजेन्टको जालझेललेउनी ओमान पुगिन्। कक्षा ८ सम्म पढेकी उनी एक छोराकी आमा हुन्। पतिको साथ नपाएपछि कमाइका लागि बिदेसिनुपर्ने बाध्यता उनीमाथि आइलाग्यो। काठमाडौंमा भेटिएका तर पहिला चिनजान नभएका एजेन्टले उनलाई भिजिट भिसामा ओमान पु¥याएका थिए। ओमान…