झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ असोज । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन् । भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग कार्यान्वयनबारे छलफल गरिन् । उनका अनुसार तीनै शीर्ष नेताले कार्यान्वयनमा ठूलो सहयोग गर्ने पूर्ण आश्वासन दिएका छन्। ओली र देउवा एमसीसी पूर्ण कार्यान्वयनमा पक्षमा छन्। तर, सरकारको बागडोर सम्हालेका दाहालप्रति भने अमेरिका अझै विश्वस्त देखिँदैन। किनकि, एमसीसीका सबालमा दाहाल आफैंले बेलाबेलामा सार्वजनिक रूपमा प्रश्न उठाउने गरेका छन्। त्यसमाथि उनको पार्टी नेकपा (माओवादी केन्द्र) मा एमसीसीप्रति त्यति सकारात्मक माहोल छैन। माओवादी उच्च नेता र कार्यकर्ताले यसलाई हिन्द महासागर…

Read More

झापा, १९ असोज । युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने गरी सरकारी टोली रोमानियातर्फ प्रस्थान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीको नेतृत्वमा श्रमसचिव केवलप्रसाद भण्डारीसहित पाँच सदस्यीय टोली बुधबार रोमानिया प्रस्थान गरेको हो । श्रममन्त्री भण्डारी नेतृत्वको टोलीले असोज १९ गते शुक्रबार रोमानियासँग श्रम समझदारी (एमओयु) गर्ने छ भने असोज २३ गते मङ्गलबार जर्मनीसँग श्रम समझदारी (एमओयु) गरिने छ । श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबिच श्रम समझदारीमा हस्ताक्षर हुने छ । जर्मनीसँग भने त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालका तर्फबाट श्रम मन्त्रालयका प्रतिनिधिबिच श्रम समझदारी हुने श्रम मन्त्रालयले जनाएको छ…

Read More

झापा, १९ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो । नोटको आकार र रंग हालको नोट जस्तै छ । नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ । नोटको दायाँतर्फ लालीगुरासँस र बायाँतिर सगरमाथाको चित्र रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । यस्तै गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

Read More

झापा, १९ असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक…

Read More

बिर्तामोड, १८ असोज । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीको समाजवादी मोर्चाले झापामा सन्देशसभा गर्ने भएको छ । असोज २४ गते बिर्तामोडको सिटी सेन्टरमा सन्देशसभा आयोजना गरिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । सन्देशसभामा समाजवादी मोर्चा कसरी अगाडी बढ्दैछ भन्ने जानकारी गराउनुका साथै झापाको मोर्चा घोषणा गर्ने नेताहरुले बताए । नेपालमा पछिल्लो समय विकास भएका घटनाक्रमको बारेमा झापाली जनतालाई जानकारी दिने र मुलुकलाई निकास दिने सम्बन्धमा सन्देश दिने उद्धेश्यले सन्देशसभा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीका मेची इञ्चार्ज सुमन सीले जानकारी दिए । सम्पूर्ण अग्रगमन चाहने वामपन्थी र लोकतन्त्रवादीहरु एक भएर पश्चगमन र प्रतिगमनकारीहरुको…

Read More

मानेभञ्याङ (भारत), १८ असोज । जर्जियन एफसी कालेम्पोङ ७ औ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । १२ गोलको थ्रिलर म्याचमा डिएसए हाउडा कोलकत्तालाई ७–५ गोल अन्तरले हराउँदै कालेम्पोङले अन्तिम ८ मा स्थान बनाएको हो । खेलका सुरुवाती अग्रता कालेम्पोङले बनाएको थियो । ७ औ मिनेटमा कुन्जमान थापाले पहिलो गोल गरेका थिए । ४ मिनेट नवित्दै उनले व्यक्तिगत दोश्रो गोल गरे । २३ औ मिनेटमा बसन्त राईले गोल गरेपछि कालेम्पोङले अग्रता ३–० बनाएको थियो । ३२ औ मिनेटमा कोलकत्ताका मिथुन शाहले गोल गर्दै अन्तर ३–१ मा झारे । ४५ औ मिनेटमा कालेम्पोङका सिलास लेप्चाले गोल गरे । २ मिनेट नवित्दै…

Read More

के लगातार हाई आउनु गम्भीर रोगको संकेत पनि हुनसक्छ ?सामान्य त हाई आउँदा हामी निन्द्रा नपुगेको वा अल्छि लागेको भनेर बुझ्ने गर्छौँ । तर हाई आउने कारण त्यत्तिमै सिमित रहेनछ । अनुसन्धानकर्ताहरुले कतिपय अवस्थामा हाई आउनुले गम्भीर स्वास्थ्य समस्याको संकेत गर्ने समेत बताएका छन् । उनीहरु भन्छन्, ‘हाई आउनुको सम्वन्ध मस्तिस्क, मुटु फोक्सोमा हुने समस्या सहित अन्य विभिन्न रोगको संकेत पनि हुनसक्छ ।’ आखिर के कारणले आउने रहेछ त बढी हाई ? आउनुस् एक पटक थाह पाउने कोसिस गरौँ । १. मुटुमा समस्या ः धेरै हाई आउने व्यक्तिलाई मुटुमा समस्या हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गराउन…

Read More

काठमाडौं, १८ असोज । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका ७ सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ। भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो। हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। चालू आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए। भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताए। बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ। सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो। विसं…

Read More

एजेन्सी, १८ असोज ।भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि अहिलेसम्म १४ जनाको ज्यान गएको छ । बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना बेपत्ता भएका छन् । पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सयौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् । बेपत्ताको खोजी र उद्धारका काम भैरहेको खोज र उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सिक्किम राज्य सरकारले हिजो बिहान ताल फुटेर टिस्टा नदीमा ठूलो बाढी आएपछि विभिन्न भागमा तीन हजारभन्दा धेरै पर्यटकहरू फसेका जनाएको छ । भवन र गाडीमा पनि क्षति पुगेको छ । भारतीय प्रधानमन्त्री…

Read More

हान्झाउ,१८ असोज । १९ औँ एसियाली खेलकुदको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा आज बिहीवार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले ३ वटा राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलो पटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाए । यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा जम्मामा ३०० केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापकसमेत रहेका नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् । विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको…

Read More