
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ कात्तिक । झापाको अर्जुनधारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीस्थित सडकमा लु.१ च ६८६३ नम्बरको गाडी र मे.५ प ४४८५ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय यम भट्टराई र स्कुटरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय रोसन मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल भद्रपुर हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कनकाई, ५ कात्तिक । झापाको कनकाई स्थित कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको कनकाई सन्थाल मेला सम्पन्न गरेको छ । सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उद्देश्यले साथ दशैंको अवसरमा प्रतिष्ठानले हरेक वर्ष दशैंको फुलपातिको दिन प्रतियोगात्मक सन्थाल मेला सचालन गर्दै आएको छ । कनकाई—३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न बृहत ‘कनकाई सन्थाल मेला’ को प्रतियोगितात्मक नृत्यमा आदाबासी सन्थाल समूह सुगाबथान पहिलो, कोरोबारी जियोड झरना सन्थाल समूह गौरीगञ्ज दोस्रो, जितीय जियोड झरना सन्थाल समूह राजगड—७ तेस्रो, जनमघुटु सन्थाल समूह मदरगाछ चौथो र बिहानी सन्थाल युवा क्लब, कनकाई–७ पाँचौ भएका छन् । प्रतियोगितामा विजेताहरुले क्रमशः पहिलो पुरस्कार नगद ३२ हजार, द्वितीय…
इलाम, ४ कात्तिक । दशैंको छुट्टिमा घुम्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पूर्व क्षेत्रकै सबैभन्दा घुम्न लायक स्थान ह्याप्पी ड्रिम्स चेप्टीलाई बेहुलीजस्तै सिंगारिएको छ । बडादशैं तथा तिहार छठजस्ता नेपालीहरुको मुख्य चाडमा लामो बिदा हुने र बिदाको सदुपयोग गर्नका लागि घर आएको बेला र समयको सदुपयोग गर्नका लागि घुम्नका लागि जाने नेपाली तथा विदशीहरुका लागि समेत उचित गन्तव्य स्थलका रुपमा रहँदै आएको यस ह्याप्पी ड्रिम्स चेप्टीलाई थप व्यवस्थित र बेहुलीझैँ सिँगारिएको छ । झापा र इलामको सिमामा रहेको माई नगरपालिका–२ चेप्टीमा रहेको यस पर्यटकीय स्थलमा हाल दैनिक हजारौंको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन् ।…
झापा, ५ कात्तिक । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मत रूपमा शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने…
झापा, ५ कात्तिक । इजरायलमा मारिएकामध्ये ४ जनाको शव आज काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू नेपाल पठाइएको हो । पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको रहेको छ। ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ। शव लिनका लागि आज बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने कार्यतालिका छ।
मोरङ, ४ कात्तिक । मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो राती साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको द्यच् ण्ट एब् ज्ञघटद्द नम्बरको स्कारपियो गाडीलाई शंका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोली समेत फेला पारेको हो । गाडीमा गोलीसहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा–७ का २७ वर्षीय रविन्द्रकुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा–७…
झापा, ४ कात्तिक । कोशी प्रदेश प्रहरी कार्यालय विराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना–२०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको छ । जिल्लाको सुरक्षा व्यवस्थालाई मजवुद बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाड पर्व हर्ष र उल्लासका साथ मनाउने वातावरण सृजना गर्न, बैङ्क तथा बितिय संघ संस्थाहरुमा हुने कारोवार सुरक्षित बनाउन, बिभिन्न गन्तब्य सम्म जाने यात्रुहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाड पर्व सुरक्षा योजना तयार…
झापा, ४ कात्तिक । सामाजमा चर्चा कमाउन र आफूलाई अब्बल देखाउन धेरै मानिस भड्किला काम गर्छन्। तडकभडक गरेरै भएपनि समाजमा स्थापित बन्ने सोख अधिकको हुन्छ। त्यसका लागि कोही लाखौँं दान गर्छन्, कोही त्यही अनुपातमा चन्दा दिन्छन् । वा अरु कुनै भड्किला गतिविधि। समाजमा त्यस्ता स्थापित मानिस पनि छन्, जो हेर्दा सामान्य काम गर्छन् र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल छन्। ती मध्येका एक हुन्, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा। शर्मा पुरानै कर्म गर्छन्, तर नवीन ढंगले। शर्मा सामान्य काम गरेर भावनात्मक रूपमा सबैको समीपमा पुग्न चाहान्छन्। उनी हरदम दीनदुखीका सच्चा सहयोगी बन्न रुचाउँछन्। शर्माले यसपटकको दशैँको सुरुवात नै नवीन…
बिर्तामोड, ४ कात्तिक । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुई कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाको माइन्यूट प्रमाणीकरण भेलाको अवसर पारेर उत्कृष्ट कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार पाँचवटा सेवा केन्द्रमध्ये धुलावारी सेवा केन्द्र उत्कृष्ट भएको छ । सदस्य सेवा केन्द्र शनिश्चरेमा कार्यरत बजार सहायक टीका भट्टराई र सदस्य सेवा केन्द्र चैतुवारीमा कार्यरत बजार सहायक लक्ष्मण राजवंशी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका हुन् । उत्कृष्ट कर्मचारीलाई अध्यक्ष न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली…
झापा, ४ कात्तिक । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान…