
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् । उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय का सन्दर्भमा आएको जिज्ञासासहितको पत्रको जवाफ दिँदै निर्णय कार्यान्वयन गर्न सहयोग गरिदिन आग्रह गरिएको बताए। कात्तिक २७ गते मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्राधिकरणलाई पत्र लेख्दै टिकटकले आफ्नो प्ल्याटफर्ममाथि प्रतिबन्ध गरिएको विषयमा जिज्ञासा राखेको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ…
झापा, २ मंसिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४९२ युवा श्रमका लागि युएई पुगेका छन् । यसमा ७ हजार १५ महिला र ३० हजार ४७७ पुरुष छन् । वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्यांकले देखाएको छ । यस तथ्यांकमा श्रम स्वीकृति नलिएका महिलाको गणना छैन । दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ । घरेलु…
भद्रपुर, १ मंसिर । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल ९झापा लिग० को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ । यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई हप्ताभन्दा लामो समयसम्म चल्ने प्रतियोगिताको नाम ुओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगु हुने भएको छ । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिगसँग जोडिन पाउँदा आफूलाई गौरव लागेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । भद्रपुरको पुरानो शाखलाई फर्काउन फुटबलले भूमिका खेल्ने आफूले विश्वास लिएको पोखरेलको भनाइ छ । त्यसका लागि प्रतियोगितालाई सहयोग…
बिर्तामोड, १ मङ्सिर । झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । रिजालका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्ष तथा झापा जिल्ला वाल सञ्जालका सचिव समेत हुन् । उनले…
बिर्तामोड, १ मंसिर । झापाको कचनकवलमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । आज बिहान ८ः३० बजे कचनकवल–३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । आगलागीबाट २ लाख ४० हजार नगद, एउटा मोटरसाइकल, २ तोला सुन, खाद्यान्न , लत्ताकपडा लगायत जलेर नष्ट भएको अध्यक्ष राजवंशीले बताए ।स्थानीयवासी र भद्रपुर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भई सो आगलागी भएको जनाइएको छ । यस्तै, हिजो दिउँसो २ः३० बजे झापा गाउँपालिका– २ सडकवाडीमा राम हेमरमको एक तले कच्ची घरमा बिजुली सर्ट भई आगलागी…
बिर्तामोड, १ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक २९ औं वर्षमा प्रवेश गरेको छ । बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले सफलता पूर्वक २८ औं बर्ष पूरा गरेको हो । श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीमा वर्गीकृत समाचारपत्र हो । २९औं बर्ष प्रवेशको क्षणमा पूर्वाञ्चलले आफ्ना समस्त पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी मित्रहरु, शुभिचन्तक लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । ‘सञ्चार माध्यमको मुख्य आयस्रोत विज्ञापन हो । कोभिडपछि विज्ञापन बजार खुम्चिएको छ । भएका विज्ञापन पनि इन्टरनेटका माध्यमतर्फ केन्द्रित छन् । नेपाली छापा माध्यम संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ’, पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले भने, ‘नेपाली…
झापा, १ मंसिर । झापाको गौरादहबाट प्रहरीले १५ जना जुवाडेलाईै पक्राउ गरेको छ । शुक्रबार बिहान झापाको गौरादह नगरपालिका–३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले सोही नगरपालिका ४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई पक्राउ गरेको छ भने उनीहरूका साथबाट नगद १ लाख ३५ हजार ९ सय २० रुपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।
कनकाई, १ मंसिर । झापाको कनकाई नदीको पूर्वी किनारमा गरिँदै आएको छठ पुजा विगतका बर्षझै यस बर्ष पनि विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइने भएको छ । कनकाई छठ सेवा समाजको आयोजनामा यस बर्षको छठ पुजा पनि विभिन्न सांस्कृतिक कार्यक्रमका बीच सम्पन्न गरिने समाजका अध्यक्ष विजय शर्माले जानकारी दिनुभयो । कार्यक्रम सफल पार्न छ्ठ सेवा समाजका बरिस्ठ उपाध्यक्ष मुना शाहको संयोजनमा १९ सदस्यीय मुल आयोजक समिति साथै सात वटा उपसमिति समेत बनाएको छ । सबै समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको समाजका महासचिव रविन गुप्ताले जानकारी दिनुभयो । आयोजकले पूजाका लागि नदी किनारमा ७० वटा घाट निर्माण गर्ने र ती…
झापा, १ मंसिर । मधेसका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थालिने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्…
झापा, २९ कात्तिक । तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मंगलबार काठमाडौँबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सातजना र सङ्खुवासभाबाट सात जना गरी ९० जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले साढे पाँच लाख रुपैयाँ नगद पनि बरामद गरेको छ। काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दङ्गालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दङ्गालसमेत आठ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार आठ सय ३५ र एक बुक ताससहित पक्राउ गरेको हो। यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१…