
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ कात्तिक । नेपाली कांग्रेस महासमिति सदस्यको निर्वाचन यही कात्तिक २२ गते शुरु हुने भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न जिल्ला कार्य समितिको विस्तारित बैठकले २२ गते महासमिति सदस्यको निर्वाचन प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो । झापाका पाँचवटै क्षेत्रबाट ११÷११ जना गरी ५५ जना महासमिति सदस्य उक्त निर्वाचनबाट निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्र–क्षेत्रमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृत तय गरिएको छ । नेपाली कांग्रेसको विधान बमोजिम झापाका पाँचवटै क्षेत्रमा २ महिलासहित ७ जना खुल्ला, खसआर्यमा १ महिला १ खुल्ला एवं आदिबासी÷जनजातिबाट १ महिला १ खुल्लासहित ११ जना निर्वाचित हुनेछन् । २२ गते…
बिर्तामोड, १८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ररमेश लेखकले गठबन्धन दललाई असफल बनाउन प्रतिपक्षीहरु सक्रिय रहेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लेखकले यस्तो धारणा राख्नुभएको हो ।‘कोशी प्रदेशको राजनीतिले गठबन्धन असफल बनाउन प्रतिपक्षी दल सक्रिय रहेको स्पष्ट पार्छ’–प्रतिनिधिसभाका सांसद समेत रहनुभएका लेखकले भन्नुभयो–‘प्रदेश राजनीतिले प्रतिनिधिसभा पनि जुनसुकै बेला विगठन हुन सक्ने देखाउँछ ।त्यसप्रति गठबन्धन दल सचेत हुन जरुरी छ ।’ ७ दशकको अवधिमा पाँचवटा संविधान असफल हुनु राजनीतिक अस्थिरताको उदाहरण हो भन्नुहुँदै नेता लेखकले अहिलेको संविधान असफल भए देश गम्भिर संकटमा फस्ने टिप्पणी गर्नुभयो । स्थानीय सरकार बाहेक…
बिर्तामोड, १७ कात्तिक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण भेला सम्पन्न भएको छ । संस्थाले साधारणसभा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग र पत्रकार सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रधानाङ्गलाई एक लाख एक हजार रूपैयाँ राशिको राष्ट्रिय व्यक्तित्व पुरस्कार र न्यौपानेलाई २५ हजार रुपैयाँको सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कृत व्यक्तित्व प्रधानाङ्ग नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घका पूर्व अध्यक्ष र पत्रकार न्यौपाने एभीन्यूजका झापा सम्वाददाता तथा साझा अनलाइन न्यूज डटकमका सम्पादक हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, संस्थाका…
झापा, १८ कात्तिक । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले झापाबाट एकजना युवकलाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१५ स्थित भिन्डी बस्ने २१ वर्षीय सुकलाल हास्दालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो घरमा गएर युवकले बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोप छ । बलात्कार गरेको सुराक पाएपछि प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
ताप्लेजुङ, १८ कात्तिक । ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् । यहाँ केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुशी हुने र आफूले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा दर्शनको याम मानिने (बडादशैँ, रामनवमी) का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे । अहिले यो चलन क्रमशः घट्दै गएको…
झापा, १८ कात्तिक । झापाको झापा गाउँपालिकाबाट प्रहरीले नक्कली नेपाली नोटसहित छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । भारतीय नम्बरको २ वटा मोटरसाइकलमा नेपाल आएका उनीहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद…
झापा, १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ। भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो ।
झापा, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ लागेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् । प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।
झापा, १८ कात्तिक । गए राति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म प्राप्त जानकारी अनुसार भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जनाए । भूकम्पका कारण नलगाड नगरपालिका र भेरी नगरपालिकास्थित खलङ्गा बजारमा धेरै क्षति पुगेको जनाइएको छ । भूकम्पका कारण ५५ जना घाइते भएको र घाइतेको संख्या निरन्तर बढिरहेको डिएसपी रोकाले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ ।…
बिर्तामोड, १७ कात्तिक । झापाको अर्जुनधाराबाट प्रहरीले हात्तीको बंगारा जस्तो देखिने वस्तु लुकाएर राखेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–७ का ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र सोही ठाउँका ५० वर्षीय शावा लिम्बूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले विश्वकर्माको घरमा खोजबिन गर्दा हात्तीको बंगारा जस्तो वस्तु लुकाएर राखेको अवस्थामा फेला पारेको थियो । उक्त वस्तु लिम्बूको घरबाट ल्याएर राखेको विश्वकर्माले प्रहरी सामु बयान दिएपछि लिम्बूलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले हात्तीको बंगाराजस्तो देखिने वस्तुको ७ इञ्च लम्बाई र १२ इन्च गोलाईको १…