झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ मंसिर । प्याब्सन बिर्तामोडको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १३ र १४ गते हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले हरेक बर्ष जस्तै यस बर्ष पनि सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । बिर्तामोड भरिका ४८ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा रचनात्मक रुपमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष उत्तम खनालले जानकारी दिए । हरेक बिद्यालयले संस्थागत रुपमा विभिन्न कार्यक्रम गर्दै आएपनी सामुहिक रुपमा विद्यार्थी केन्द्रित कार्यक्रम प्याब्सनकै नेतृत्वमा हुने गरेकाले सबैलाई सहभागी हुन उनले आग्रह समेत गरेका छन् । उमेर र समूह अनुसार नृत्य ,गायनमा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने बताईएको छ…

Read More

भद्रपुर, ८ मंसिर । झापामा छरुवा धान खेतीको परीक्षण खेती सफल भएको छ । झापाको कनकाईमा साढेतीन बिघा क्षेत्रफलमा गरिएको छरुवा धान खेतीको परीक्षण सफल भएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उत्पादनमा लागत घटाउने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धान खेती गरेको थियो । प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्ट बताउनुहुन्छ । “यो प्रविधिबाट धान खेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ”, उहाँले भन्नुभयो, “यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ ।” छरुवा धान खेतीमा मुख्य समस्याका रुपमा झार रहेको छ…

Read More

झापा, ८ मंसिर । झापाको मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ । मेचीनगर–१२ स्थित पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा यही मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको हो । आज मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महापुराणबारे आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिनुभयो । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्नुहुने उहाँले जानकारी दिनुभयो । मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले यो…

Read More

बिर्तामोड, ८ मंसिर । झापाको गौरादहमा आगलागी हुँदा डेढ लाखको क्षति भएको छ । बिहीबार गौरादह–२ का मुक्तिप्रसाद मिश्रको इट्टाको वाल र टिनको छानो भएको गोठ घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा उक्त आगलागीबाट एक गाइ जली घाइते भएको, एक बाछी जलि मृत्यु भएको र गोठको काठपात समेत जलि १ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो गौरादहको नगरपालिकाको दमकल, कमल गापाको दमकल, इप्रका गौरादहबाट खटिएको प्रसनिको टोली र स्थानिय मानिसको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Read More

कनकाई, ८ मंसिर । झापा दमक नगरपालिका–७ हाटखोलाबाट नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–७ का ४१ वर्षीय कर्ण राई (घर धनी), सोही स्थानका ४८ वर्षीय रत्नबहादुर विश्वकर्मा, सुनसरी बहाक्षेत्र–५ का ४५ वर्षीय सुरेशकुमार बिष्ट, धरान–१३ का ४१ वर्षीय रबीकुमार राई, धरान–१४ का ४७ वर्षीय कृष्णप्रसाद पाठक, मोरङ विराटनगर–१ का ५५ वर्षीय हरी पाण्डे, बराहक्षेत्र–५ का ४० वर्षीय उत्तम मगर, धरान–१६ का ४० वर्षीय प्रदिप गिरी, .धरान–१८ का ३४ वर्षीय किशन घिमिरे, इटहरी–१८ का २९ वर्षीय नरेश चौधरी र धरानका ३० वर्षीय करणबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई दमक–७ हाटखोलास्थित कर्ण…

Read More

जाजरकोट, ८ मंसिर । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका…

Read More

झापा, ८ मंसिर । अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र लयमा फर्किएको दाबी गरिरहँदा आर्थिक सूचकले भने दबाब कायमै रहेको देखाएका छन्। अर्थतन्त्रका बाह्य सूचकमा सुधार भए पनि आयात, निर्यातसहित समग्र वैदेशिक व्यापारमा संकुचन आएको छ। चालु आर्थिक वर्षको चार महिनामा कुल वैदेशिक व्यापारमा २४ अर्ब ३९ करोड रूपैयाँले कमी आएको छ। त्यस्तै आयात करिब २० अर्ब रूपैयाँले घटेको छ। कतिपयले यसलाई मन्दीको संकेत पनि भनेका छन्। विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आगमनमा वृद्धि, शोधनान्तरमा सुधार, कर्जा प्रवाह बढेर सुधारको संकेत देखिए पनि वैदेशिक व्यापार घट्नु चिन्ताको विषय भएको आर्थिक क्षेत्रका जानकारले बताएका छन्। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को…

Read More

झापा, ८ मंसिर । चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले त्यो प्रस्ताव कार्यान्वयनमा आएपछि नर्सिङ र पारामेडिक्स जनशक्ति पुग्ने बताए । उनले हाल नेपालमा अध्ययन गर्न नपाउँदा नेपाली विद्यार्थी विदेश जाने क्रम बढेको भन्दै नेपालमा नै एक सय शय्या भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स तथा तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमबिबिएस पढाइने बताए । उनले यसो गर्दा नेपाललाई…

Read More

झापा, ८ मंसिर । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट ९८७ हजार रुपैयाँ० तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । मलेसियन इमिग्रेसनमा आफैँ उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने सकिने दूतावासले जनाएको छ । दूतावासका अनुसार इमिग्रेसनमा जरिमाना तिरी चेक आउट मेमो लिएर आफंैले टिकटकको व्यवस्था गरेर नेपाल फर्किनुपर्ने छ । मलेसियामा कम्पनी छाडेर अन्यत्र कम्पनीमा गैरकानुनी रूपमा काम गर्ने क्रम बढेपछि दूतावासले कम्पनी छाडेर नभाग्न अनुरोध गरेको छ । मलेसियाको कानुनअनुसार…

Read More

झापा, ८ मंसिर । नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

Read More