
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ असोज । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका…
भद्रपुर, २२ असाेज । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले झापाको मानव अधिकारको वर्तमान अवस्थाको बारेमा सरोकारवालासित छलफल गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा मानव अधिकार अन्र्तगत खाद्य सुरक्षा तथा जातीय विभेदको वर्तमान अवस्था बारे सर्वपक्षीय छलफल सम्पन्न गरिएको हो । आयोगको कोशी प्रदेश प्रमुख पवनकुमार भट्टले सहजीकरण गरेको कार्यक्रममा अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, झापा वारका अध्यक्ष नारायणप्रसाद भट्टराई, अधिवक्ता कविता बाँस्तोला, अधिकारकर्मी विष्णुप्रसाद खरेल, दिपक दास, रणदीप हजाम, सोमनाथ पोर्तेल लगायतले धारणा राख्दै राज्यले वर्तमान कानुनलाई समय अनुकुल परिमार्जन गर्न नसकेकै कारण मानव अधिकार हनन्मा राज्य नै कारक बनिरहेको भन्दै पिडकलाई संरक्षण गर्ने…
भद्रपुर, २२ असोज । झापाको भद्रपुर–७ स्थित एमरेल्ड एकाडमीमा वडा दशैं २०८० को अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । एमरेल्ड एकाडमी कक्षा १२ को आयोजनामा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका प्रिन्सिपल दिगम्बरराज अधिकारीले शैक्षिक गतिविधि प्रस्तुत गर्दै बालमैत्री वातावरणमा उत्कृष्ट शिक्षण सेवा प्रवाह गरिरहेको प्रष्ट पारेको कार्यक्रममा कक्षा १२ की छात्रा दीक्षा गुरूङले स्वागत गरेकी थिइन् भने शिक्षक वेदप्रकाश घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । विद्यालयका पूर्व विद्यार्थी आरोग्य तिम्सेना लगायतले धारणा राख्दै एमरेल्ड एकाडमीले भद्रपुरमा रहेर झापाको गुणस्तरीय शिक्षणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।…
झापा, २२ असोज । झापाको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाबाट आइतबार प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । हिजो बेलुका भद्रपुर–५ स्थित मेचीपुलमा भारतबाट नेपालतर्फ आउदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकललाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला झापा बिर्तामोड नगरपालिका–३ का १९ वर्षीय अनुज राजबंशीले लगाएको अण्डरवेयर भित्र लुकाई छिपाई ल्याउँदै गरेको १ ग्राम २३० मिलिग्राम ब्राउनसुगर फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६…
झापा, २२ असोज । यस वर्षको मनसुन आइतबारदेखि दिन नेपालको कर्णाली प्रदेशको अधिकांश भू-भाग तथा लुम्बिनी प्रदेशको पश्चिम भू(भागबाट पनि बाहिरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन गत असोज १९ गते नै बाहिरिएको थियो । हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
झापा, २२ असोज । सरकारले इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै, त्यहाँ मृत्यु भएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको छ । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरूको दुःखद निधन भएको र मृतकको नामको सूची छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा…
झापा, २२ असोज । झापाको झापा गाउँपालिका र मेचीनगर नगरपालिकाबाट आइतबार प्रहरीले सामान बरामद गरेको छ । झापा–५ राजवंशी टोलस्थित प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ४० केजी चिनी, ८ लिटर खाने तेल र २५ केजी माछा समेत गरी १० हजार ९५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएको चिनी र खाने तेल आवश्यक कार्वाहीको लागी भन्सार बुझाउने तयारी भइरहेको र माछा सोही स्थानमा नष्ट गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको २५…
झापा, २२ असोज । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षणरन्यूनीकरण गर्न तथा सेवाप्रदायकको नेटवर्कबाट हुने कलको मापन गर्न प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको टेलिकम्युनिकेसन्स ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामोक्स० ले व्यक्ति व्यक्तिबिच फोनकल रेकर्ड नगर्ने नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्ट पारेको छ । पछिल्लो समय विवादित बनेको टेरामोक्सको प्राविधिक पक्षबारे जानकारी गराउन आइतबार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा टेरामोक्सले दूरसञ्चार क्षेत्रको घट्दो आम्दानीको कारण पत्ता लगाउन सहयोग गर्ने र सेवाको गुणस्तर बढाउन सहयोग पुर्याउने दाबी गरिएको हो । टेरामोक्स जडानको जिम्मेवारी पाएको लेबनानको भेराइज सोलुसन्सका प्राविधिकसमेत रहेका मोहम्मद हर्बले यो प्रणाली व्यक्तिको कुराकानी रेकर्ड गर्ने गरी निर्माण नगरिएको बताए । “सेवाप्रदायकबाट…
मानेभञ्ज्याङ (भारत), २२ असोज । सातौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो । पहिलो खेलमा चाँदले ४–२ गोल अन्तरले अन्तिम ४ मा स्थान बनाएको छ । प्रतियोगितामा सुरुवाती अग्रता जर्जियनले बनाएको थियो । कुन्जमान थापाले तेश्रो मिनेटमा नै गोल गरेका थिए । २३ औ मिनेटमा सिद्धान्त क्षेत्रीले खेल बराबरीमा ल्याए । खेलको ४८ औ मिनेटमा कुन्जमानले व्यक्तिगत दोश्रो गोल गर्दै जर्जियनलाई अग्रता दिलाए । विरेन प्रधानले ५५ र भाइचुङ राईले ६५ औ मिनेटमा गोल गरेपछि…
झापा, २२ असोज । यक्सो समाज नेपालको आज बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष काजिमान यक्सो (टाङहिम्बा)को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । २०७९ चैत २७ गते गठित तदर्थ समितिले संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा गत साउन ११ गते यक्सो समाज नेपाल नामको संस्था दर्ता गरेको हो । सो पछि आज वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन आयोजना गरिएको अध्यक्ष काजिमानद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । नेपाल तथा विश्वका अन्य मुलुकहरुमा विभिन्न पेसा व्यवसाय गरी बसोबास रहेका यक्सो वंशको उत्थान एवम् सामाजिक पहिचान स्थापित गर्न यक्सो समाज नेपालको स्थापना गरिएको जनाइएको…