
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ तथा हानि पु¥याइ भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । सचिव अधिकारीविरुद्ध १ करोड ३१ लाख ६० हजार बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी–नगराई भुक्तानीसम्बन्धी टिप्पणी सदर गरी सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरेको पाइएको छ । त्यस्तै…
झापा, २० कात्तिक । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय ९केयु० ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको सडकमा कुदाउन सकिन्छ भन्ने नमुना देखाउन हाइड्रोजन कार भित्र्याएको बताए । उहाँले हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा स्थापित गर्न सरकारले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । विश्वविद्यालयका उपप्राध्यापक तथा विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा। विराजसिं थापाले विश्वविद्यालयले शनिबार भित्र्याएको हाइड्रोजन कार नेपालको पहिलो हाइड्रोजन कार भएको दाबी गरे । “नेपालमा हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ भनेर…
झापा, २० कात्तिक । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अबदेखि हरेक…
झापा, १९ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर २२ गते काठमाडौंमा गर्न लागेको जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले जाजरकोट भूकम्पका कारण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । “भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,” उनले भने । माओवादीले तीनमहिने पार्टी रूपान्तरण अभियानअन्तर्गत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यस्तै, बैठकले जाजरकोट भूकम्पका कारण अभियानअन्तगर्त चियापान, शुभकामना आदानप्रदान कार्यक्रम पनि नगर्ने निर्णय गरेको छ । संगठनात्मक कार्यक्रम भने जारी राखिने उनले बताए ।
भद्रपुर, १९ कात्तिक । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को प्रारम्भिक साधारण सभाले नारायणप्रसाद चौलागाइको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि सहकारी संस्थाको एकीकरणपछि भएको प्रथम साधारण सभाले उपाध्यक्षमा भूमादेवी घिमिरे, सचिव निर्माणकुमार नेपाल, सहसचिव चुरेन्द्र कठायत र कोषध्यक्षमा केशवप्रसाद कोइरालालाई निर्विरोध चयन गरेको हो । त्यसैगरी, सदस्यहरूमा क्रमशः रामजी दाहाल, रामप्रसाद अधिकारी, लालबहादुर चाहार, नर्वदादेवी न्यौपाने, दुर्गा अधिकारी चयन भएका छन् भने लेखा समितिको संयोजकमा देवीप्रसाद दाहाल तथा सदस्यहरूमा क्रमशः हरिप्रसाद गौतम र कुलप्रसाद भट्टराई चयन भएका छन् । सहकारीका संयोजक देवीप्रसाद दाहालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख…
झापा, १९ कात्तिक । सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको…
हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। १. एन्टिअक्सिडेन्टको स्रोत : मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। एन्टिअक्सिडेन्टले हामीलाई विभिन्न रोगहरूबाट बचाउँछ। २. पेट स्वस्थ बनाउँछ : मेवाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले आन्द्राको चाललाई नियमित गर्दछ र शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ। जसो कारण पेट सफा हुन्छ र कब्जियत पनि हुँदैन। यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ। ३. तौल घटाउन मद्दत गर्दछ : मेवा दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छन्। जसकारण हाम्रो शरीरबाट…
बिर्तामोड, १९ कात्तिक । झापाको बिर्तामोड नगरपालिकामा आज सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा नगरभित्र भए÷गरेका काम कारबाहीको विषयमा सबैलाई जानकारी प्रदान गराउन र सबै नागरिकलाई सुसूचित गराउन सूचनाको हक सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सूचनाको हक प्रयोग र त्यसको फाइदाका विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रमका सहभागीले सहज रुपमा अझैं पनि सूचना पाउन नसक्ने अवस्था रहेको बताएका थिए । जिल्ला स्थित सरकारी कार्यालयमा सूचना अधिकृत भए पनि उनीहरुले आवश्यक सूचना नदिने गरेको सहभागीले गुनासो गरेका थिए । त्यस्तै, उनीहरुले सूचना अधिकृत भए पनि…
#संस्मरण_कथा– १. –शालिक भट्टराई ‘अन्तरे’ विद्यालय तहको शिक्षा पार गर्ने बित्तिकै लोकसेवा उत्तीर्ण गरी खरदारस्तर नायब प्राविधिक सहायक अर्थात् जेटीओ पदमा मैले स्थायी नियुक्ति पाएँ । तर, म उत्तिसारो प्रफुल्ल भइन । कारण, मैले नोकरी गर्दै उच्च शिक्षा लिन चाहेको थिएँ । त्यसताका कलेज नै नभएको जिल्लामा मेरो जागिर भयो । कृषि कार्यालयमा हाजिर भएको दोस्रो दिनमा नै मलाई गाउँतिर खटाइयो । जेटीओको नोकरी, फिल्ड जानुपर्ने नै पथ्र्यो । सोलुखुम्बु जिल्लाको केरुङ्ग र गोराखानी दुई वटा गाउँ पञ्चायत मेरो कार्यक्षेत्र भयो । त्यसपछि मैले केरुङ्ग गाउँमा डेरा जमाएँ । संसारको सर्वोच्च शिखर सगरमाथा र त्यस खुम्बु क्षेत्रको सुन्दर प्राकृतिक छटाले…
झापा, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो । यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो । यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन् । नेपाल र ओमान दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ पनि हो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै…