
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ मंसिर । सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ । नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा मात्र सीमित भएको गुनासो बढ्दै गएको समयमा गत कार्तिक २७ गते सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारको माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो । नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर मात्र नपुगेकोले यसलाई सरकारी दस्तावेजमा पनि अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको जिकिर गर्दै सरकारले सो निर्णयले नेपाल संवत्लाई सबैको साझा राष्ट्रिय मान्यताको अनुभूति दिलाउने दिशामा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त…
झापा, ३ मंसिर । नेपाल चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा तेस्रो भएको छ । जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो भएको हो । आइतबार हङकङमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल तेस्रो हुँदै सिरिजको यात्रा सकाएको छ । नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो ।
झापा, ३ मंसिर । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । रासस
जाजरकोट, २ मंसिर । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा…
भद्रपुर, २ मंसिर । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ ।आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगिरथ आले मामाले बताए । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो ।…
भद्रपुर, २ मंसिर । भद्रपुर नगरपालिकाको ८ नम्बर वडाअध्यक्ष गौरव सुब्बा ‘मनोज’लाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता हाङमा सुब्बाको ९३ वर्षको उमेर आज शनिबार अपराह्न २ बजे स्थानीय किरात कोलनीस्थित निजी निवासमा निधन भएको हो । उहाँको परिवारमा ३ छोरा–बुहारीहरू अरुण–अंशु, डिकबहादुर–मञ्जु राई सुब्बा र मनोज–मञ्जु लिङ्देन सुब्बास ३ छोरीहरु कमला, तुलसा र शान्ती तथा ४ नाति–१ नातिनी छन् । उहाँहरुका पिता क्याप्टेन बीरहाङ्ग लिम्बूको गत २०७१ सालको असोज २७ गते नै निधन भइसकेको छ । ब्रह्मलीन हाङ्माको पार्थिव शरीरको अन्त्येष्टि मंसीर ३ गते, आइतबार बिहान १० बजे विश्रान्ति घाट देउनिया खोलामा गरिने पारिवारिक स्रोतले जनाएको छ ।
झापा, २ मंसिर । हङकङमा जारी महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको हो । चार देश सम्मिलित लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधिका लागि खेल्ने छन् ।
झापा, २ मंसिर । नेपाली युवतीलाई ओमान पु¥याएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । गत कात्तिक १० गते यूएईको सारजाह हुँदै ओमन पुगेकी महिलालाई एजेन्टले नै बलात्कार गरेको घटना सार्बजनिक भएको हो । घरेलु कामदारमा जान सरकारले बन्द गरेको भए पनि उनलाई नक्कली कागजातको सहारामा दलालले संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै ओमान पु¥याएको पाइएको बताइएको छ । ओमन पु¥याए लगत्तै उनलाई धनकुटा स्थायी ठेगाना भएका नवीनले बलात्कार गरेका थिए । बलात्कारमा सम्लग्न नवीनलाई पक्राउ गरेको र पीडित महिलाको उद्धार भएसंँगै घटना बाहिर आएको हो ।
झापा, २ मंसिर । छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् । शुक्रबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्दैनन् । यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)…
मोरङ, २ मंसिर । जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको उनले बताए । विशेष गरी…