झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २३ कात्तिक । झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । दशैंको सम्मुखमा विभिन्न किराना तथा मासु पसलहरुमा अनुगमन गरेको भद्रपुर नगरपालिकाले तिहार नजिकिँदै जाँदा मुख्य रुपमा मिठाइका परिकारहरु बनाइने होटलहरुको अनुगमन गरेको छ । उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा लगातार दुई दिन गरिएको अनुगमनका क्रममा धेरै होटलहरुबाट बासी मिठाइहरु बरामद गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए । केही होटलहरुले सरसफाइमा पनि ध्यान नदिएको पाइएकोले अनुगमन टोलीले सचेत गराएको उनले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुवासचन्द्र वस्ती, गुणस्तर तथा…

Read More

झापा, २३ कात्तिक । झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुद्धशान्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।

Read More

झापा, २३ कात्तिक । गाँजाका सेवनको अनेकौँ लाभ हुन्छ भनेर हामीले बेला बेलामा सुनिरहेका छौँ । तर गाँजा सेवनलाई बानी नै बनाउनु भने जोखिमरहित नभएको नयाँ अध्ययनले देखाएको छ । नियमित रूपमा गाँजाको सेवनले हर्ट अट्याक र हर्ट स्ट्रोक जस्ता मुटुसम्बन्धी समस्याहरुको जोखिम ह्वात्तै बढाउने अमेरिकन हर्ट एशोसियशनले गरेको एउटा अध्ययनले देखाएको छ । अध्ययनको नतिजा अनुसार गाँजा सेवन यसअघि हामीले सुनेको वा आशंका गरेकोभन्दा पनि धेरै चिन्ताकारी छ । खासगरी नियमित रूपमा सेवन गरिरहेकाहरु र दीर्घ स्वास्थ्य समस्या भएकाहरुका लागि । एउटा अध्ययनमा बाल्टिमोरस्थित मेडस्टार हेल्थले १ लाख ५६ हजार ९९९ जनाको डेटा हेरेको थियो । यस क्रममा कहिले…

Read More

बिर्तामोड, २३ कात्तिक । रतुवामाई बृक्षरोपण आयोजनाको जंगलभित्र एक पुरुषको शव फेला परेको छ । शिवसताक्षी–११स्थित झिलझिले सताक्षीधाम सडकको पाँच मिटर पश्चिममा शव फेला परेको हो । पान्डा जुत्ता लगाएको, नजिकै भिभो मोबाइल भएको, नजिकै फेला परेको व्यागमा गाँजा र रक्सी भेटिएको प्रहरीले जनाएको छ । करिव ५ दिनअघि ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

Read More

पछिल्लो समय युवायुवतीहरूमा हृदयघात हुने क्रम बढेको छ । यसैका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । सामाजिक सञ्जालहरूमा हृदयघातका कारण आफन्त साथीभाइको मृत्यु भन्दै श्रद्धाञ्जलीका पोस्टहरू बढेको महसुस तपाईँ हामीले गरिनै रहेका छौं । कोरोना भाइरसको संक्रमणले हाम्रो शरीरमा ल्याएको उथलपुथल लगायत अन्य कारणले युवा पुस्तामा हृदयघात बढेकोतर्फ एकथरीले औँल्याइरहेका छन् । नाच्दानाच्दै वा व्यायाम गरिरहेका बेलामा समेत मृत्यु भइरहेका खबर आइरहेका छन् । नवरात्रीका बेलामा भारतको गर्बा कार्यक्रममा हृदयघातका कारण ३० जनाको मृत्यु भएको घटना ताजै छ । सो घटनामा मर्नेमध्ये धेरैको उमेर १३ देखि २५ वर्ष बीचको थियो । व्यायामका क्रममा कार्डियाक एरेष्टकै कारण युवा सेलिब्रेटीहरुको…

Read More

झापा, २३ कात्तिक । झापाको बुद्धशान्तिमा आजदेखि प्रथम वडास्तरीय नकआउट भलिबल प्रतियोगिता हुँदैछ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बुद्धशान्ति गाउँपालिका वडा नम्बर–३ खेलकुद विकास समितिको आयोजना र बुद्धशान्ति गाउँपालिकाकोे मुख्य प्रायोजनमा कात्तिक २३ गते देखि २५ गते सम्म वडा स्तरीय भलिबल प्रतियोगिता हुने लागेको हो । खेल बुद्धशान्ति–३ स्थित पेट्रोलपम्प अघिको खुल्ला मैदानमा हुने जनाइएको छ । बुद्धशान्तिका ७ वटा टिम सहभागी हुने उक्त प्रतियोगिताको विजेता टिमलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेतालाई १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र दिइने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का खेलकुद विकास समितिका संयोजक…

Read More

झापा, २३ कात्तिक । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुईरतीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिए । आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ…

Read More

झापा, २३ कात्तिक । जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र ९सिस्मोमिटर० जडान गरिएको छ । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ । हालसम्म ४६६ भन्दा बढी पराकम्पन गएका छन् । पराकम्पनको वास्तविक तथ्य लिने गरी यन्त्र जडान गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले बताए । उहाँका अनुसार अहिलेसम्म देशका विभिन्न स्थानमा रहेका ४२ वटा यन्त्रबाट भूकम्पको तथ्य सङ्कलन गरेर केन्द्रले भूकम्प गएको सूचना दिने गरेको छ । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प जाने क्रम जारी रहेको बेला यहाँको थप जानकारी तथ्यपरक…

Read More

झापा, २३ कात्तिक । पच्चिस मन्त्रालय र ती मातहतका निकायलाई हेर्ने गरी प्रतिनिधि सभाका समितिको कार्यक्षेत्र तोकिएको छ। स्वार्थ बाझिने समितिमा सांसद बस्न नमिल्ने गरी नियम बनाइएको छ। तर यो नियमको पालना गरिएको भने पाइँदैन। सांसदहरू स्वार्थ बाझिने समितिहरूको सदस्य भएको देखिन्छ। २०७४ सालमा भएको निर्वाचनपछि गठित विभिन्न समितिमध्ये विकास समितिमा ठेकेदार सांसदको बाहुल्य थियो। २०७२ सालमा संविधान जारी गरेपछि संविधानसभा व्यवस्थापिका संसद्मा रूपान्तरण भयो। रूपान्तरित संसद्को अर्थ समितिमा बैंक तथा वित्तीय संस्थामा समेत संलग्नता भएका सांसद सदस्य थिए। अर्थ समितिले बैंक तथा वित्तीय संस्था एकीकरण गर्न बनेको विधेयक ९बाफिया० पारित गरेर प्रतिनिधिसभामा पठाएपछि त्यसको विरोध व्यापक विरोध भयो। विरोध…

Read More